कबिता:शान्तिको प्यासले तिर्खाएर छट्पटिएका छन्

सड्यन्त्र भ्रस्टचार मेरै आँखा सामु गरिरहन्छौ
जनतालाई दु:ख दिईदिई दिनकै मारिरहन्छौ
फेरी पनि केही नबोल भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नबोल भन्छौ, त्यही कुरा बोलिरहन्छु ।।

छाप्रो-झुपडिमा बस्नेहरुको दर्दनाक अवस्था हेरिरहन्छौ
केही बोल्न थाले, जबर्जस्ती लात मारी मुख बन्द गर्छौ
ती गरीब-दीन दुखिहरुको पीडा नलेख भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नलेख भन्छौ, त्यही कुरा लेखिरहन्छु ।।

शान्तिको प्यासले तिर्खाएर छट्पटिएका छन्
देश अझै सङ्कट र दलदलमा लटपटिएका छन्
ती वास्तविक चित्रलाई नकोर भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नकोर भन्छौ, त्यही कुरा कोरिरहन्छु ।।

1 comments

Thakur Man Tamang said::
सुन्दर कल्पना र भविष्यलाई नियालिरहन्छौ
त्यसैले क्रुरताको विरोधमा आवाज उठाइरहन्छौ
फेरी पनि हौसलाका यी कलम नउठाउ भन्छौ
तर मेरो मनले कहाँ मान्छ
जुन कुरा नउठाउ भन्छौ, त्यही कुरा उठाइरहन्छु ।।

देशको दुख अनि भोगिरहेको दुर्दशा देखिरहन्छौं
त्यसैले ती पिडा वनाई कविता लेखिरहन्छौ
फेरी पनि धन्यवाद नदेउ भन्छौं
तर मेरो मनले कहाँ मान्छ
जुन कुरा नभन भन्छौ, त्यही कुरा भनिरहन्छु ।।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।