बिगतदेखी अहिलेसम्मको राजनीतिक गतिबिधिहरु:

कुरा गर्छन् सबैले "सहमतिबाट अगाडि बढ्नुपर्छ" भनेर । तर "सहमति" केवल बोलिमा मात्र सिमित हुन पुग्दा आजको स्थितिबाट मुलुक गुज्रिनुपरेको छ । बिशेष गरी तीन ठुला भनाउदा दलहरु आपसी मनमुटाब र बिचारको अमिल्दो राजनीतिक खेलमा अभ्यस्त भएकोले पनि जेठ चौध नाग्नै लागिसक्दा पनि अनिर्णयको बन्दी हुनुमा र संबिधान लेखन कार्य ढिलो हुनुमा । जनताहरुले निकै आशा गरे, तर अनायासै ती आशाहरु एकाएक निराशामा बदलिदिदा जनताहरुले आशा गर्न छाडिसकेका नै छन् ।

दोश कसको त यस्तो हुनुमा ?
आरोप प्रत्यारोप लाउने फोहोरी राजनीतिक खेल नेपाली राजनीतिमा देखिएको एक समस्या हो । सम्बोधन गर्नै पर्ने माग-सवालहरुमा आँखा बन्द गर्नु, पटक-पटक समय दिदा पनि त्यो समयलाई सदुपायो गर्न नसक्नु र गर्नै नचाहनु, आफ्नो स्वार्थको लागि हदैसम्म गिर्नु, केही गर्न खोज्नेलाई पछार्नु जस्ता आचरनहरु ब्याप्त भएकै कारण हामी आज यो दु:खलाई भोगिरहेका छौ । तीन दल, ए. नेकपा माओवादी, एमाले र कांग्रेश बिचको असमझदारि र मनमुटावले समस्या चुलिएका छन् । आपसको यिनिहरुको लडाईंको खेल बन्द नभएसम्म आशा गर्नु नेपाली जनताको लागि सुन्दर सपना देख्नु जस्तो मात्रै हुन्छ । जसलाई बिपनिमा अङ्गाल्न सकिन्न ।


माओवादी कत्ती जिम्मेवार:
देशको ठुलो पार्टिको हैसियतले भएपनी समस्या आउनुको मुख्य अङ्स माओवादीले लिनै पर्छ । नेपाली जनताले जानेर या नजानेर माओवादीलाई सबैभन्दा ठुलो पार्टिको रुपमा स्थापित गरे। आशा थियो जनताको अधिकारको सुनिश्चितताको लागि माओवादीले ठुलै परिवर्तन ल्याउनेछन् भनेर । तर जुन रुपमा जनतालाई ती सबै चिजहरुको प्रत्याभुत दिलाउनुपर्ने थियो त्यो गर्न चुकेकै हो । परिवर्तन नै गरेको छैन भनेर भन्न भने सकिन्न । अरु पार्टिहरुको किचलो र समस्या खडा गरिदिनाले आफुले तय गरेको बाटोलाई सहजै पार गर्न गाह्रो केही भएकै हो ।

कांग्रेश कत्ती जिम्मेवार:
आफुलाई प्रजातान्त्रिक पार्टी र जनताको पार्टी भनेर बिगतदेखी भन्दै आएतापनी पछिल्लो चरनको राजनीतिका कारण कांग्रेश जनताको आँखाबाट केही खस्केकै हो कि लाग्छ । न त अरुलाई गर्न दिन्छन्, न त आँफैले केही गर्छन्,को चरित्रलाई अबलम्बन गरेको पाईन्छ । भद्रभलादमी नेताहरु नभएका होइनन् तर ती भद्र बनाउदाहरुनै माओवादी र एमालेलाई दोश थोपर्ने र आफु चोखो बन्न खोज्ने प्रबित्तीलाई स्पस्ट आकलन गर्न सक्छौ । सहमती सहमति भनेर भन्छन् धेरै तर व्यबहारमा सुन्यता नै पाईन्छ ।

एमाले कत्ती जिम्मेवार:
तीन ठुला पार्टिहरुमा आफ्नो स्थान रहेकैले समस्या खडा हुनुमा केही हिस्सा आफुले पनि लिनै पर्ने हुन्छ । आफ्नै पार्टिभित्र केही असन्तुस्टिका बिचारहरु आउनले एक ढिक्का निर्णयमा बाध्न सकिराखेको छैन । कहिले आफ्नै पार्टिका अन्य ब्यक्तिले प्रधानमन्त्रिको राजिनामा चाहिन्छ भनेर दबाव खडा गर्छन् त कहिले अन्य दलहरुबाट असहमतिको आवजहरुलाई कानैमा ठोकाइदिन्छन । यसो हुँदा एमालेभित्र ठुलै मतबेद रहेको स्पस्ट मुल्याङ्कन गर्न सकिन्छ ।

के गर्नुपर्छ त यी ठुला पार्टिहरुले अब?
प्रश्न आँफैमा सरल र जटिल छन् । समस्या अरुलाई थोपर्ने होइन बरु आत्माआलोचना गरेर आफुलाई सुधार्ने दिन आएको छ । आचरनलाई स्वच्छ राख्दै अब नेपाली जनताको लागि खट्छु भन्ने भावना बोलिबाट मात्र होइन व्यबहारबाट पनि देखाउनु जरुरी छ । अन्तिम पटक जनताले माफि दिदै छन् भन्ने कुरालाई मनमा राख्दै साचिकै काम गर्ने हो भने नेपाली जनता क्षमाशिल पनि छन्, माफ पनि गर्नेछन् । शान्तिको प्रत्याभूत गर्नु-गराउनु यी ठुला पार्टिहरुले गर्नुपर्छ । गनितिय खेल अर्थात बहुमतिय खेल होइन सहमतिय खेलको राजनीतिलाई अङगाल्नु महानता र साचो निर्णय हुन सकिन्छ ।

के पछिल्लो चरनमा गरेका आन्दोलन उचित हो त ?
नेपाली जनताले धेरै आशा गरेका थिए संबिधान चाडै पाउनेछन् भनेर । तर त्यो सम्भव नहुँदा जनतामा निरश र आक्रोश दुबैले मनमा बास बसाउन थालिसकेका छन् । "ज्याला त लियौ, संबिधान देउ" यो नारा यसो हेर्दा राम्रै लाग्छ तर संबिधान भन्ने चिज एकै दिनमा लेखिने चिज भने होइन । बरु यसो भन्न सुहाउला "केही समय दिन्छौ हामीलाई राम्रो संबिधान देउ" ताकी कुनै खाले मतबेदहरु नभेटियोस् । धेरै कुराहरुलाई समेट्नुपर्दा समय लाग्छ नै । आज लेखियो भोली नै त्यो संबिधान फाल्नुपर्ने भो भने के अर्थ रहन्छ र ? त्यसैले हत्तारिनु पनि राम्रो होइन । हो हामीले समय दिएकै हौ, तर ती समयलाई ती नेताहरुले खेर फालेकै हुन् । तर असहमतिका धेरै बुदाहरुलाई सहमतिको बिन्दुमा ल्याउने प्रयास भएका छन् । माओवादीले पनि गोलिको राजनीतिलाई छाडेर सबैको सहमतिअनुसार नै नेपाली जनतामा शान्तिको राजनीति गर्न आएका छन् ।

सम्बोधन गर्नुपर्ने मुद्धाहरु:
संबिधान सभाको म्याद सकिनै लाग्दा बिभिन्न समुह, गुट, सङगठनहरुले आफ्नै खाले मागहरुलाई अगाडि सार्दै आन्दोलन गरेको कुरा हामीलाई अबगत नै छ । कत्ती मागहरु सम्बोधन गर्न सकिने खालका थिए भने कत्तिपय सम्बोधन गर्न तत्काल नसकिने खालका थिए । बन्द-हडताललाई सस्तो माग पुरा गर्ने उपाय सोचेका थिए आन्दोलन कारीहरुले तर त्यसको बिरुद्धमा केही आवाजहरु पनि नउठेका होइनन् ।

फेरी पेन हिन्दू राज्य चाहिन्छ र नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भनेर आन्दोलन गरे त कहिले छेत्रीहरुले आफुलाई जनजातिको सुचिमा राख्नुपर्छ भन्ने मागहरु तेर्स्याए । यी दुई बिषयहरु बास्तबमै तत्काल समाधान गर्ने खालका छैनन् । धर्मनिरपेक्ष राष्ट्र भैसकेको सन्दर्भमा फेरी पनि एक मात्र हिन्दू राष्ट्र घोषणा गर्नु एक भाडभैलो खडा गर्ने सस्तो चालबाजी मात्र मान्न सकिन्छ । अर्को छेत्रीहरुले आफुलाई के को आधारमा कसरी जनजातिको सुचिमा समाबेश गर्नुपर्छ भन्ने कुराको स्पस्ट जवाफ दिनै पर्छ । यसमा समाजशास्त्री,ईतिहासबिद र समाजका अगुवहरुको महत्वपूर्ण भूमिका रहनेछन र रहनुपर्छ पनि । सरकारले एक महिना भित्र समस्या समाधान गर्छु भनेर छेत्रीको आन्दोलनलाई शान्ता पार्न त खोजे तर आबेशमा आएर कुनै ठोस् निर्णय दिहाल्दा यसले भबिस्यमा ठुलै हलचल समेत निम्त्याउने प्रबल सम्भावना छ ।

जनजातिहरुले संघियताको आधारमा राज्य चाहिन्छ र आफ्नो अधिकार सुनिस्चित गर्नुपर्छ भनेर माग राखे, अनि राजतन्त्रको माग गर्दै अर्को प्रजातान्त्रिक पार्टी सडकमा छन् । यी बिषयहरु पनि आँफैमा एक गम्भिर बिषयहरु हुन् । जसलाई राम्रो सँग सम्बोधन नगर्नाले समाजमा ठुलै भाडाबैलोको स्थिती नआउँला भन्न सकिन्न । सँघियताको अपरिहार्यता किन र के को लागि भन्ने सवाललाई स्पस्ट रुपमा सम्बोधन गर्नु जरुरी छ । नत्र यसले निम्त्याउने त्यही जातिय दाङगा मात्र हुन् । संघिय राज्य प्रनालीलाई स्पस्ट सम्बोधन गर्नु-गराउनु जरुरी छ । राजातन्त्र ढलिसक्दा पनि फेरी राजा नै चाहिन्छ भनेर अर्को माग तेर्स्याउनु, तिनिहरुको लागि जायज नै होला तर नेपाली जनताको त्यो उन्नाइस दिने आन्दोलन र मर्मबिपरित हुनेछन् । यस्ता बिषयहरुलाई पनि संबिधानमा स्पस्ट णिर्धारण हुनु जरुरी छ । ताकी यस खाले आवाजहरु पछी नगुन्जियोस ।

अन्तमा:यदी जनताको मागहरुलाई सचो अर्थमा सम्बोधन गर्दै राजनीतिक निकास खोज्ने हो भने भोलिको दिन नेपाली जनताको लागि साचै सुनौलो दिन रहनेछन् । अनि जयजयकार नेपाली राजनेताहरुले पाउनेछन् । श्रेय पाउने वा श्राप पाउने, जिम्मा नेताहरुमै ।
मणिकलाल घिसिङ तामाङ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।