नपोखाउ भन्दा झन मनबाट टड्काउछौ किन

चट्टानको बिचमै लगेर हलो अड्काउछौ किन
कोमल मेरो मुटुको मायालाई चड्काउछौ किन

मुटुको धडकन हिंड्ने बाटो तिमीले बन्दा गरेर
आदी यात्रा पार नगर्दै एक्लै तड्पाउछौ किन

पोल्टाभरिको बेदना आफ्नै सम्झी सुनाइदिए
त्यै बेदना दुनियाँलाई सुनाई भड्काउछौ किन

खन्याइदिए माया, त्यसैलाई पोखाइहिड्छौ
नपोखाउ भन्दा झन् मनबाट टड्काउछौ किन

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।