फेसबूकमा एक मित्र भावना लामाको यो जिज्ञासामा दिएको जवाफ जस्ताको तस्तै:

  • भावना लामा ho yo kurata tapai hamile pani sochnu parni kura ho 1 patak sabaile sochnai par6 chhetri baunle sodh6 timi harukota daju baini kina bihe gareko vanera ho manik ji tyo mama ra angi jastai daju baini hun6 vani 6ora 6ori chai shriman srimati kasari hun6 ra tyo daju bainita afnai eutai ama buwako 6ora 6ori hainara kasari hun6 samdi samdini tesaile hataunus kura rachnus tamang chautarima
    • Manik Lal Ghising ::बिषयको उठान गरेपछि/भएपछी सम्बन्धित बिषयमा आएका जिज्ञासाहरुलाई सम्बोधन गरिनुपर्छ भन्ने नै हो । यहाँ को-सँग बिहे गर्नुहुन्छ/हुन्न ? भन्नेमा आजको बिषय केन्द्रित हुन पुगेकोले त्यसैमा केन्द्रित रहेर चर्चा गर्न चाहेँ ।

      तामाङ संस्कार सन्दर्भमा:::
      हामी अरु समुदाय भन्दा भिन्न छौं । त्यसैले हामीले हामीलाई छुट्टै समुदाय(तामाङ) भनेर आफ्नो पहिचान र संस्कारका कुरा गरिरहेका छौं । यदी हाम्रा संस्कार-संस्क्रिती अरुको जस्तै भएको भए हाम्रो हामीले "तामाङ" भनेर थप् परिचय खडा गर्नुपर्थेन । तामाङ हुन र बन्नको लागि निश्चित संस्कार, रिमठिमले हामीलाई बाधिएको छ । यो तामाङ सभ्यता बिकास सँगै निर्माण भएको कुरा हो । जसको बिरुद्ध स्वयम तामाङ लागिन्छ भने, तामाङले आफ्नै संस्कारमाथि अबहेलना गरेको वा तामाङ संस्कारलाई उपहास गरेको मानिन्छ ।

      तामाङ जातिमा थर प्रथा र विवाह सम्बन्धमा:
      मैले आफ्नो भनाइमा माथि नै स्पस्ट गरिसकेको छु, कुन सन्दर्भमा बिहेवारी चल्छ/चल्दैन भनेर । त्यसैको बिस्त्रित व्याख्या गर्न मन लाग्यो ताकि मेरा भनाइहरु यहाँको मन-मस्तिष्कमा प्रबाहित होस् भनी ।

      "थर प्रथा" तामाङको संस्कार जोगाउन/बचाउन लागु गरिएको प्रणाली हो । यसैको आधारमा हामी को सँग के सम्बन्धमा रहने भन्ने कुरा निर्धारण हुन्छ । म नेपाल वा विश्वको कुनै पनि कुनामा रहेपनि "कोही चेली घिसिङ थर" को पर्यो भने मैले उसँग स्थापित गर्ने सम्बन्ध सधैं मयुङ-बुरिङ(दाजु-बहिनी) को हो । पवित्रता सम्बन्धमा स्थापित यसरी हुन्छ । मैले घिसिङ र यसका स्वाँगे भाई(लो र घ्लान) को कुनै पनि चेलीलाई कुटुम्ब मानियो भने त्यो तामाङ संस्कारले गलत हो भनी भन्छ । किनभने तामाङ संस्कारलाई कुटुम्ब हो कि बिहेवारी नचल्ने प्रणाली "स्वाँगे भाई प्रथा" ले निर्धारण गर्छ । स्वाँगे भाई फेरी थरको आधारमा गरिन्छ । त्यसैले थर प्रथा तामाङ समाजलाई ब्यबस्थित बनाउन गरिएको एक गठन हो । त्यसैले स्वाँगे भाई भित्र बिहे चल्नु तामाङ संस्कार बिर्सनु हो, यसको बेवास्ता गर्नु हो । जसलाई तामाङ संस्कार संस्क्रितीको माया हुन्न भने तामाङ हुँ भनेर गर्ब गर्ने उसँग कुनै आधार हुन्न । किनभने उसलाई परिचय दिने भनेको त्यही संस्कार नै हो ।

      आस्याङ-आङिको छोराछोरीसँग किन चल्छ बिहेवारी भन्ने सन्दर्भमा:
      थर प्रथाको आधारमा जब स्वाँगे भाई निर्धारण गरियो, त्यसपछी कुटुम्ब को हो भन्ने निर्धारण भो । जसको छोरीलाई बिहे गर्न मिल्ने हो, सो केटा वा केटीको बुवाआमालाई आस्याङ-आङी नामले सम्बोधन गरियो । नेपालीमा भए दुई छुट्टाछुट्टै शब्दले सम्बोधन गरिन्छ । आस्याङ-मामा, फुपाजु अनि आङी-माइजु, फुपु ।

      यसको थप गहिराइमा प्रबेश गरौं है त । आङिलाई आस्याङले लगेपछी जोडीको रुपमा "आस्याङ-आङी" हुन्छ । आङिलाई बिहे गर्न मिल्ने भनेको आस्याङ हो(थर प्रथाअनुसार आस्याङ कुटुम्ब पर्ने नै हुन्छ, स्वागे भाईलाई आस्याङ कहिल्यै भनिन्न) ।

      अनि आस्याङ आङिको छोराछोरीसँग बिहे किन चल्छ भन्ने सन्दर्भमा भन्नुपर्दा । दोङ आस्याङले घिसिङ आङी लानु भो, अनि आस्याङ र आङिको छोरीले थर "दोङ" आस्याङको लिएर आउछ । दोङ र घिसिङ, स्वागे भाई प्रथाअनुसार कुटुम्ब पर्दछन् । जसमा बिहेवारी चल्छ । त्यसैले आस्याङको वा आङीको छोरी-चेली सँग बिहे गर्न मिल्छ भनेर भनिछ । अन्य समुदायले दाजु भाई मानिएतापनी तामाङ समाजमा थर प्रथा र स्वागे भाई प्रथाले गर्दा बिहे गर्न मिल्छ भन्ने हो ।
      आमाको थर र बुवाको थर एउटै भए किन चल्दैन भन्ने सन्दर्भमा:
      आमाको थर एउटै हुँदा वा बुवाको थर एउटै हुँदा बिहे गर्न मिल्दैन तामाङ समाजमा । कारण केही व्याख्यात्मक बिचारसहित राख्न चाहन्छु ।

      आमाको थर हुने अर्को चेली( तामाङ थर प्रनाली अनुसार जुनसुकै कुनामा रहेपनि एक थर भएपची दिदी बहिनी हुन्छ) आमाको दिदी या बहिनी हुन्छ । आस्याङको बहिनी अरु(असु) हुन्छ । आमाको बहिनि या दिदी सँग बिहे गर्ने ब्यक्तिलाई "अगु वा आपाग्रेन" ले सम्बोधन गरिन्छ । भन्नाले आफ्नो बुवाको दाजु वा भाई पर्ने हुँदा बिहेवारी चल्ने कुरा नै भएन । बुवाको थर फरक हुनसक्छ, तर आमाको साइनोबाट अशु सँग बिहे गर्ने श्रीमानलाई अगु सम्बोधन गरिन्छ । अगु-अरु(अशु)को छोरी चेली सधैं दिदिबहिनी पर्छ । यो त भयो आमाको थर एकै हुँदा बिहेवारी किन चल्दैन भन्ने सन्दर्भमा केही प्रसङ्गहरु ।

      अब बुवाको थर एकै भो भने किन चल्दैन भन्ने सन्दर्भमा कुरा गरौ । बुवाको थर एउटै भो भने, अर्को मान्छे बुवाको दाजु भाई पर्छ । दाजुभाइको छोराछोरी बिहे गर्न मिल्दैन । यो स्पस्ट तामाङ सस्कारले छुट्याएको चिज हुन् ।

      निश्कर्ष:
      तामाङ समाजलाई थर प्रथा र स्वागेभाइ प्रथाले बिहेवारी को सँग चल्छ चल्दैन निर्धारण गर्ने भएकोले यसको बारेमा सबै तामाङहरु जानकार हुनै पर्छ । नत्र त्यो तामाङले आफ्नो परिचय के हो थाहा हुन्न । जसलाई आफ्नो संस्कार के भन्ने थाहा छैन भने तामाङ हुँ भनेर दिने परिचय के हो उसँग, प्रश्न यहाँनेर छ है ।

7 comments

aabata bujyoki hamro bhawana bainile. good job......

मणिक लाल घिसिङज्युले सही कुरा लेख्नु भो । साचै हाम्रो तामाङ जातको स्वागेभाइ प्रथाले मजाले विहेबारी चल्छ यो कुनै नौलो कुरा हैन । छेत्री बाहुनले आस्याङ आङीको छोरा छोरोलाई दाजु भाई दिदी बहिनी को रुपमा हेरेको हुन्छ । तर हाम्रो म छैन किनकी हाम्रो आफ्नो स्वागे भाई को आधारमा चल्छ । यो सही चलन जस्तो लग्छ तर क्षेत्री बाहुनमा पनि केही नराम्रो चलन छ जस्तो फेरी हामीले हेर्दा लाग्छ । यो आफ्न आफ्नै चलन हो कोही कसैलाई नराम्रा नहोस । त्यो के हो भने जस्तै मेरो थर गलान जात तामाङ मैले पूर्व पश्चिम जहाको भए पनि चहे त्यो गोत्र मिलोस वा नमिलोस गलान भने पछी विहेबारी चल्दैन यती मात्र सिमित नभई कन आफ्नो स्वागे दाजुभाईमा पनि चल्दैन तर क्षेत्री बाहुनमा चही के छ भने जस्तै जात क्षेत्री थर खड्का यनिहरुको खड्का खड्का बिच नै विहेबारी चल्छ । यस्तो त तामाङ जातिमा त आफ्नै दाजु भाई दिदी बहिनीको साईनो पर्छ । यता उती यसो मुल्याङ्कन गर्द त हाम्रा ठीक जस्तो लाग्छ । जहको भए पनि आफ्नै थर भित्र त कदापी बिहेवारी चल्दैन । कति फरक तेसैले तामाङ दाजु भाई तथा दिदी बहिनीहरुले बुझ्नै पर्ने कुरा . थुजेछे

@All In One Visit::
यो जवाफपछी उनको जिज्ञासा पलाएन । शायद जवाफ चित्त बुझ्दो नै भो कि ?

लासो थुजेछे कल्यान जि यहाँलाई जवाफको लागि । हो हामी हाम्रो कला संस्कृतिमा बिसिश्ट छौ । हाम्रो संस्कार अरुको भन्दा फरक छ र हामी तामाङ भनेर परिचय दिन्छौँ । हो, अरु जातिको आफ्नै संस्कार संस्क्रिती छ, तिनीहरुलाई आफ्नो ठीक लाग्छ । किनभने त्यो संस्कारको रुपमा बिकसीत भैसकेको हुन्छ । संस्कारको रुपमा बिकास भएको चिजलाई सो समाजले स्विकार्न सजिलो पनि हुन्छ ।

हाम्रो समाजलाई स्वाँगे भाई प्रथा र थर प्रथाले ब्यबस्थित बनाएको छ । यसको पालना नगर्ने र तामाङ संस्कारलाई नै आफ्नो होइन भन्ने तामाङहरुलाई हामी के भन्न सक्छौ र ? अन्य साथीहरुको प्राप्त प्रतिकृयाहरु पनि पोस्ट गर्ने नै छु ।

nice article manki bro.

nice article manik bro.

निकै सह्रानीय कदम छ यहाँहरुको | भविश्यको दिनहरुमा तामांग चौतारी समुहको एउटा हिस्सा बन्ने धोको अनि पर्खाई छ |

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।