राष्ट्रको लागि एकपटक फेरी लड्छु

राष्ट्रको लागि एकपटक फेरी लड्छु 
अन्याय मिट्न अहोरात्र खट्छु 
हो बढ्छु अनि खुबै डट्छु 
भौतिक शरीरको अभिमान होइन 
उच्चो सम्मानको  स्वाभिमान चाहिएको छ 
हो त्यसर्थ समानताको लागि एकपटक फेरी लड्छु........। 

मेरो भौतिक अनुपास्थितिमा 
भन्ने होलान्- लड्दालड्दै गयो 
भन्ने होलान्- बढ्दाबढ्दै गयो 
पर्बाह छैन 
अनि चासो छैन  
बुनिने रङ्गिन प्रतिकृयामा 
बश मलाई चासो छ त 
ती भोकाएका पेटले खान खोज्ने मनहरुको 
ती एक छाकको लागि शरीर खियाउनेहरुको 
र 
ती हातमा बाध्यताले ठेला कमाउनेहरुको 
हो त्यसर्थ समानताको लागि एकपटक फेरी लड्छु...........।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।