With your love and care, forget every pain
Let me download beautiful moments again !!
Let me download beautiful moments again !!
Look into my eyes, you will find yourself in
Pass into my heart, you will find yourself in
For our purely love, sound more a bargain
Let me download beautiful moments again !!
Pass into my heart, you will find yourself in
For our purely love, sound more a bargain
Let me download beautiful moments again !!
Love the way you are, want you to be same
Every second, heart beats with your name
Fully entertained all my heart and brain
Let me download beautiful moments again !!
Every second, heart beats with your name
Fully entertained all my heart and brain
Let me download beautiful moments again !!
Thanks to God, gifted me the angel like you
Luckey me ended up with princess like you
I have no files to register nor any complain
Let me download beautiful moments again !!
Luckey me ended up with princess like you
I have no files to register nor any complain
Let me download beautiful moments again !!
With your love and care forget, every pain
Let me download beautiful moments again !!
Let me download beautiful moments again !!
May 1, 2020
चौरासी नाघेकाहरु
उमेरले डाँडा काटेकाहरु
हाम्रो देशमा
युवाहरुभन्दा झन् "जवान युवा" भै चम्किएका छन् ।
उमेरले डाँडा काटेकाहरु
हाम्रो देशमा
युवाहरुभन्दा झन् "जवान युवा" भै चम्किएका छन् ।
काला मन भएका काला मान्छेहरुले
हाम्रा नदिनाला लुटे
सग्लो तराई सर्लक्कै लुटे
नक्कली लुम्बिनी बनाएर लुम्बिनी लुटे
अब बुद्ध लुट्ने तयारीमा जुट्दै छ ।
हाम्रा नदिनाला लुटे
सग्लो तराई सर्लक्कै लुटे
नक्कली लुम्बिनी बनाएर लुम्बिनी लुटे
अब बुद्ध लुट्ने तयारीमा जुट्दै छ ।
Life was wild before
you were on my quest
My heart says you
are only always the best
Heart started to beat for unknown reasons
Heart started to beat for unknown reasons
It says to LOVE
YOU all and every seasons……………..!!
Eyes when
received you the first
I could recover
from all the worst
warmest love grown before never
Best of feeling for the first time ever........................!!
warmest love grown before never
Best of feeling for the first time ever........................!!
I’m dealt with
the very duty
To praise you
for your beauty
Surely reason, my craze is YOU
Surely reason, my craze is YOU
That’s why my
amaze is YOU……………….!!
Joys and pain
squeeze me with exchanged role
Uncertainty pushing else than to reach the dole
Uncertainty pushing else than to reach the dole
I will say it
with no more late
You only can be
of my best mate......................!!
Conspirator
wants our love to fade to seam
Feelings are playing with world of dream
Feelings are playing with world of dream
Unhealed wounds
unbearably attack on sudden
Their gossips
and your silence create the burden……………….!!
Love is now perfectly
about to gloom
Like the roses
beautifully bloom
Feels as if
victory on longest race
Smiles whenever
chose your face.............................!!
You know what my heart says
You are the best mate always
I will you
bring you joys of world class
You will have
no more pains to pass…………………..!!
Illusions grow up with no place and lands
If I have a
trusty mate YOU to hold my hands
DO YOU TRUST
ME? If answer is in the YES
I will find the
best world for our love on the rest…………………………!!
Unpronounced
and unexpressed feeling
What happens is
yet another thrilling
Physical attachment
pleases for the instance
Lets build bridge of love to clear the distance……………..!!
Lets build bridge of love to clear the distance……………..!!
Composed
by:Manik Lal Ghising Tamang
२५५७
औं बुद्ध जयन्तिकै दिन बुद्धको मुर्ती सुर्खेतको प्रहरी चौकिमा ढालेको
खबरले मर्माहित तुल्याएको छ । जहाँ बुद्ध जन्मियो, त्यही बुद्धको सम्मान
हुन्न भने हामीले नेपालको नेपाली हुँ भनेर गर्ब गर्ने शायद सुहाउन्न होला ।
गर्ब गर्नुको गर्ब पनि हुन्न होला ।
छि तिमी लाचारीहरु
बुद्धलाई लात मार्ने अत्याचारीहरु
जहाँ बुद्ध जन्मे, बिस्वले नेपाललाई चिने
हो बुद्धको देश भनी नेपाललाई चिने
तर खै बुद्धको सम्मान गरेको
किन यस्तो निक्रिस्ट अपमान गरेको
छि तिमी लाचारी दुस्टहरु
धिक्कार छ
अझै तिमीले नेपाली भनेर गर्ब गर्छौ होला
तर बेकार छ
धिक्कार छ
छि तिमी लाचारिहरु ।।
छि तिमी लाचारीहरु
बुद्धलाई लात मार्ने अत्याचारीहरु
जहाँ बुद्ध जन्मे, बिस्वले नेपाललाई चिने
हो बुद्धको देश भनी नेपाललाई चिने
तर खै बुद्धको सम्मान गरेको
किन यस्तो निक्रिस्ट अपमान गरेको
छि तिमी लाचारी दुस्टहरु
धिक्कार छ
अझै तिमीले नेपाली भनेर गर्ब गर्छौ होला
तर बेकार छ
धिक्कार छ
छि तिमी लाचारिहरु ।।
चौरासी ब्यन्जन पकाउछन्
खान्छन् र भूँडी अघाउछन्
भोकाएका भूँडीहरुको सानो गफ हाँक्छन्
क्षनिक चिन्ता बिलाउँछ, अर्को दाउ ताक्छन्.............।।
कुर्सी भो प्यारो तिनलाई सिंहदरबारको
चासो छैन, चिन्ता शून्य जन-घरबारको
ठड्याइदिन्छ जनतालाई सपनाको महल
उभ्याइदिन्छ आशामात्र, केही हुन्न पहल ..............।।
पार्न, पर्न दिन हुन्नथ्यो' हात भ्रस्टको
लथालिङ्ग, भताभुङ्ग बेहाल राष्ट्रको
सुक्छन् र लुक्छन् बिकासका योजनाहरु
खोक्रो देशमा बन्छन् नेताका खजानाहरु..............।।
कुर्सीसत्ता नेपालको भारतबाटै चल्छ
सिमानाका बाँधहरु सिमानामै ढल्छ
बैध यहाँ भए पनि अबैध हुनुपर्छ
आफ्नो भूमिमा अरुको कैद हुनुपर्छ.................।।
खान्छन् र भूँडी अघाउछन्
भोकाएका भूँडीहरुको सानो गफ हाँक्छन्
क्षनिक चिन्ता बिलाउँछ, अर्को दाउ ताक्छन्.............।।
कुर्सी भो प्यारो तिनलाई सिंहदरबारको
चासो छैन, चिन्ता शून्य जन-घरबारको
ठड्याइदिन्छ जनतालाई सपनाको महल
उभ्याइदिन्छ आशामात्र, केही हुन्न पहल ..............।।
पार्न, पर्न दिन हुन्नथ्यो' हात भ्रस्टको
लथालिङ्ग, भताभुङ्ग बेहाल राष्ट्रको
सुक्छन् र लुक्छन् बिकासका योजनाहरु
खोक्रो देशमा बन्छन् नेताका खजानाहरु..............।।
कुर्सीसत्ता नेपालको भारतबाटै चल्छ
सिमानाका बाँधहरु सिमानामै ढल्छ
बैध यहाँ भए पनि अबैध हुनुपर्छ
आफ्नो भूमिमा अरुको कैद हुनुपर्छ.................।।
राष्ट्रको लागि एकपटक फेरी लड्छु
अन्याय मिट्न अहोरात्र खट्छु
हो बढ्छु अनि खुबै डट्छु
भौतिक शरीरको अभिमान होइन
उच्चो सम्मानको स्वाभिमान चाहिएको छ
हो त्यसर्थ समानताको लागि एकपटक फेरी लड्छु........।
मेरो भौतिक अनुपास्थितिमा
भन्ने होलान्- लड्दालड्दै गयो
भन्ने होलान्- बढ्दाबढ्दै गयो
पर्बाह छैन
अनि चासो छैन
बुनिने रङ्गिन प्रतिकृयामा
बश मलाई चासो छ त
ती भोकाएका पेटले खान खोज्ने मनहरुको
ती एक छाकको लागि शरीर खियाउनेहरुको
र
ती हातमा बाध्यताले ठेला कमाउनेहरुको
हो त्यसर्थ समानताको लागि एकपटक फेरी लड्छु...........।
साहुको ऋन
ब्याजमा स्याज, स्याजमा प्याज जोड्दा
ऋनले थिचेर उठ्नै नसकेको घरबार
सपनाभित्रको त्यो लथालिङ्ग दरबार
निरन्तर सधैं कामको नोकर
अनि
यसैको बन्धकी जीवन
त्यही जीवनबाट छुटकारा पाउन
परदेशको सपना देख्नेहरु
रेगिस्तानमा पसिनासँग श्रम साट्नेहरु
मनलाई सकिनसकी दु:खसँगै बाध्नेहरु
साथी सङ्गिनीलाई चटक्कै छाडी
गरुङ्गो मन लिएर जानुपर्दाको पीडा
कत्ती गाह्रो हुदो हुन्
सास बिनाको लास आउँदा
आमाको मुटु कत्ती दुख्दो हुन्
अनि आशु कत्ती बग्दो हुन्...........!!
ब्याजमा स्याज, स्याजमा प्याज जोड्दा
ऋनले थिचेर उठ्नै नसकेको घरबार
सपनाभित्रको त्यो लथालिङ्ग दरबार
निरन्तर सधैं कामको नोकर
अनि
यसैको बन्धकी जीवन
त्यही जीवनबाट छुटकारा पाउन
परदेशको सपना देख्नेहरु
रेगिस्तानमा पसिनासँग श्रम साट्नेहरु
मनलाई सकिनसकी दु:खसँगै बाध्नेहरु
साथी सङ्गिनीलाई चटक्कै छाडी
गरुङ्गो मन लिएर जानुपर्दाको पीडा
कत्ती गाह्रो हुदो हुन्
सास बिनाको लास आउँदा
आमाको मुटु कत्ती दुख्दो हुन्
अनि आशु कत्ती बग्दो हुन्...........!!
सड्यन्त्र भ्रस्टचार मेरै आँखा सामु गरिरहन्छौ
जनतालाई दु:ख दिईदिई दिनकै मारिरहन्छौ
फेरी पनि केही नबोल भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नबोल भन्छौ, त्यही कुरा बोलिरहन्छु ।।
छाप्रो-झुपडिमा बस्नेहरुको दर्दनाक अवस्था हेरिरहन्छौ
केही बोल्न थाले, जबर्जस्ती लात मारी मुख बन्द गर्छौ
ती गरीब-दीन दुखिहरुको पीडा नलेख भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नलेख भन्छौ, त्यही कुरा लेखिरहन्छु ।।
शान्तिको प्यासले तिर्खाएर छट्पटिएका छन्
देश अझै सङ्कट र दलदलमा लटपटिएका छन्
ती वास्तविक चित्रलाई नकोर भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नकोर भन्छौ, त्यही कुरा कोरिरहन्छु ।।
जनतालाई दु:ख दिईदिई दिनकै मारिरहन्छौ
फेरी पनि केही नबोल भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नबोल भन्छौ, त्यही कुरा बोलिरहन्छु ।।
छाप्रो-झुपडिमा बस्नेहरुको दर्दनाक अवस्था हेरिरहन्छौ
केही बोल्न थाले, जबर्जस्ती लात मारी मुख बन्द गर्छौ
ती गरीब-दीन दुखिहरुको पीडा नलेख भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नलेख भन्छौ, त्यही कुरा लेखिरहन्छु ।।
शान्तिको प्यासले तिर्खाएर छट्पटिएका छन्
देश अझै सङ्कट र दलदलमा लटपटिएका छन्
ती वास्तविक चित्रलाई नकोर भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नकोर भन्छौ, त्यही कुरा कोरिरहन्छु ।।
तिमीलाई लाली जोवन चढेजस्तो लाग्थ्यो
मभित्र पनि बैशको मात बढेजस्तो लाग्थ्यो
तिमीले पहिलो नजर फ्याँक्दाखेरी
मेरो अन्तै नजर घुमिरहे
शायद यस्तै होला, यस्तै गर्दै थेँ होला
तर
नजर तिमीमा अड्केपछी
तिम्रो नजर र मेरो नजर मिलेपछी
भावसागरमा चुर्लुम्म डुबिसकेछु
प्रेम दर्शाउन मायाको आडमा उभिसकेछु ..................!!
तिमीलाई नियालेँ बेस्सरी
रुप त फुर्सद मै भगवानले बनाइदिएजस्तो
त्यसैमा हर कला सजाइदिएजस्तो
आहा!
परी भनेर सम्बोधन गर्ने तिमी नै पो हौ कि..............!!
कालो लामो केश
खेलिरहन पाएजस्तो
निधार उस्तै टक्क मिलेको
हेरिरहन पाएजस्तो
गाजलु ती ठुल्ठुला आँखा
जुधाइ रहन पाएजस्तो
पुक्क परेका गाला अनि पिपलपाते ओठ
चुमि रहन पाएजस्तो
चिटिक्क ठीक्क सजिएको नाक
जिस्किएर समाइरहन पाएजस्तो
हो
पाएजस्तो लाग्थो..................!!
तिमीले नजर साट्थ्यौ
त्यसमा माया भरी फर्काइदिन्थेँ
म नजर साट्थेँ
तिम्ले त्यसमा हृदय राखी पठाइ दिन्थ्यौ
मेरो माया के सँग परेछ?
मनमा तत्कालको जिज्ञासा
तिम्रो रुपले भरिपूर्ण शरीर या भावनासँग?
जवाफ खोज्दा जवाफ पाइहाले
आकर्शन रुपबाट
माया दिलबाट .....................!!
अनुमती पाए
त्यै बेला एक चिम्टी सिन्दुर मेरै नामको भरिदिउँ लाग्थ्यो
न्यानो अङ्गालो जीवन भर साटिदिउँ लाग्थ्यो
तर
तर त्यहाँ पहल भएन/थिएन
शायद तिमीलाई पनि मलाई जस्तै समाजको चिन्ता थियो
अपरिचित सँग बोल्न, रमाउन र खुशी कमाउन अप्ठ्यारो थियो
फेरी हामीले धेरै साट्यौ
नजर साट्यौ
नजरसँगै दिल साट्यौ
दिलसँगै माया साट्यौ
मायामा अत्रिप्त भान साट्यौ ................!!
मभित्र पनि बैशको मात बढेजस्तो लाग्थ्यो
तिमीले पहिलो नजर फ्याँक्दाखेरी
मेरो अन्तै नजर घुमिरहे
शायद यस्तै होला, यस्तै गर्दै थेँ होला
तर
नजर तिमीमा अड्केपछी
तिम्रो नजर र मेरो नजर मिलेपछी
भावसागरमा चुर्लुम्म डुबिसकेछु
प्रेम दर्शाउन मायाको आडमा उभिसकेछु ..................!!
तिमीलाई नियालेँ बेस्सरी
रुप त फुर्सद मै भगवानले बनाइदिएजस्तो
त्यसैमा हर कला सजाइदिएजस्तो
आहा!
परी भनेर सम्बोधन गर्ने तिमी नै पो हौ कि..............!!
कालो लामो केश
खेलिरहन पाएजस्तो
निधार उस्तै टक्क मिलेको
हेरिरहन पाएजस्तो
गाजलु ती ठुल्ठुला आँखा
जुधाइ रहन पाएजस्तो
पुक्क परेका गाला अनि पिपलपाते ओठ
चुमि रहन पाएजस्तो
चिटिक्क ठीक्क सजिएको नाक
जिस्किएर समाइरहन पाएजस्तो
हो
पाएजस्तो लाग्थो..................!!
तिमीले नजर साट्थ्यौ
त्यसमा माया भरी फर्काइदिन्थेँ
म नजर साट्थेँ
तिम्ले त्यसमा हृदय राखी पठाइ दिन्थ्यौ
मेरो माया के सँग परेछ?
मनमा तत्कालको जिज्ञासा
तिम्रो रुपले भरिपूर्ण शरीर या भावनासँग?
जवाफ खोज्दा जवाफ पाइहाले
आकर्शन रुपबाट
माया दिलबाट .....................!!
अनुमती पाए
त्यै बेला एक चिम्टी सिन्दुर मेरै नामको भरिदिउँ लाग्थ्यो
न्यानो अङ्गालो जीवन भर साटिदिउँ लाग्थ्यो
तर
तर त्यहाँ पहल भएन/थिएन
शायद तिमीलाई पनि मलाई जस्तै समाजको चिन्ता थियो
अपरिचित सँग बोल्न, रमाउन र खुशी कमाउन अप्ठ्यारो थियो
फेरी हामीले धेरै साट्यौ
नजर साट्यौ
नजरसँगै दिल साट्यौ
दिलसँगै माया साट्यौ
मायामा अत्रिप्त भान साट्यौ ................!!
कुराइयो र कुरियो पनि
भुलाइयो र भुलियो पनि
कुराई र भुलाई पछीको परिणाम सुन्य
अर्थात
सुन्यताभित्र लुक्या' रै'छ परिनाम सुन्य
चुनाव जिताए
नेता बनाए
रहेछ भ्रस्ट
राष्ट्र नै नस्ट..........!
भुलाइयो र भुलियो पनि
कुराई र भुलाई पछीको परिणाम सुन्य
अर्थात
सुन्यताभित्र लुक्या' रै'छ परिनाम सुन्य
चुनाव जिताए
नेता बनाए
रहेछ भ्रस्ट
राष्ट्र नै नस्ट..........!
उनी राम्री थिई
साच्चै राम्री थिई
सौन्दर्य पनि सबैको उनी एक्लैलाई खन्याइदिएजस्तो
भगवानले फुर्सदमै मेहेनत गरी उनैलाई बनाइदिएजस्तो
रुपकी धनी
मनकी गुनी
सुबासिली
साच्चै राम्री थिई........||
साच्चै राम्री थिई
सौन्दर्य पनि सबैको उनी एक्लैलाई खन्याइदिएजस्तो
भगवानले फुर्सदमै मेहेनत गरी उनैलाई बनाइदिएजस्तो
रुपकी धनी
मनकी गुनी
सुबासिली
साच्चै राम्री थिई........||
सकियो म्याद
थपियो फेरि
सकियो थपियो
थपिएर सकियो
समाधान थपिएन
आउछ भनी जनतालाई
आश आशमै पर्खाइदिए
४ बर्षको उपलब्धीलाई
सुन्यतामा फर्काइदिए ............||
चार बर्षम्म आरोपसँगै प्रत्यारोप चलिरह्यो
सहमती र असहमतिको भिडन्त परिरह्यो
जनताको आशा निराशामै ढलिरह्यो
एमालेको ढिपी
कङ्रेशको यथास्थितीता
माओवादीको उग्रता
अरु साना पार्टी त्यस्तै अडान
संबिधान नबन्दा निरश जनता
उन्नाइस दिनको उल्लास पुरियो
करोडौ खर्च गरेको चुनाव तुहियो
संबिधान नै नबनाई
संबिधान सभा बिघटन
ब्यर्थैको छ्यासछ्यास्ती संगठन............||
थपियो फेरि
सकियो थपियो
थपिएर सकियो
समाधान थपिएन
आउछ भनी जनतालाई
आश आशमै पर्खाइदिए
४ बर्षको उपलब्धीलाई
सुन्यतामा फर्काइदिए ............||
चार बर्षम्म आरोपसँगै प्रत्यारोप चलिरह्यो
सहमती र असहमतिको भिडन्त परिरह्यो
जनताको आशा निराशामै ढलिरह्यो
एमालेको ढिपी
कङ्रेशको यथास्थितीता
माओवादीको उग्रता
अरु साना पार्टी त्यस्तै अडान
संबिधान नबन्दा निरश जनता
उन्नाइस दिनको उल्लास पुरियो
करोडौ खर्च गरेको चुनाव तुहियो
संबिधान नै नबनाई
संबिधान सभा बिघटन
ब्यर्थैको छ्यासछ्यास्ती संगठन............||
जुनेली रात
तिमीमा चढेको यौवनको मात
छिटपुट जुनको किरणमा
हेर्न मन लाग्यो
मुलायम स्पर्शमा अधर चुम्दै
अङ्गालोमा बेर्न मन लाग्यो .........||
तिमीमा चढेको यौवनको मात
छिटपुट जुनको किरणमा
हेर्न मन लाग्यो
मुलायम स्पर्शमा अधर चुम्दै
अङ्गालोमा बेर्न मन लाग्यो .........||

तारिफ गर्दा लाजले लजाइरहूँ जस्तो
कत्ती मिठा शब्द प्रस्तुती
श्रवनिय त्यो मिठो बोलिमा ......!!
नयाँ नम्बर
उठाइहाल्न आँट नआएको स्थिती
हैन हैन
उठाई दिउँ न त
न नयाँ ठाउँबाट मलाई सम्झेर
मेरो बोली सुन्न नै फोन गरेको थियो कि कतै
टिर्र तीन घन्टी बज्दासम्म
रिसिभ बटन नथिच्दैमा
यस्तै यस्तै कौतुहल
शान्ता मनभरी कोलाहाल ..........!!!
अँ
उठाएँ
"मणिक जि फ्याफुल्ला, सञ्चै हुनुहुन्छ?"
कत्ती सहज सोधाई थिए
जवाफ सहज चिनेकै जस्तो हुर्याइदिएँ
नसुनेको तर सुनेको भान मनमा
परिचय सोध्न आतुर मनमा
"सुरेशमान रुम्बा"
अनि त के चाह्या थियो र मलाई पनि
दिक्क लाग्दो दिनमा
अन्त्य शुभ हुने भो सोचेर गफ दिन म नि कम्त आतुर थिइनँ .........!!
सम्झिल्याएँ बिगत र बिगतमा साटिएका गफसफ
अपरिचित स्वरमा परीचित मित्र
उत्साहित र उमङ्गित मन
खुशी साट्यौ
माया बाड्यौ
दु:ख ढाट्यौ
यस्तै यस्तै अन्य गर्यौ
लगभग घण्टा सुइले एक फन्को मारिसक्दा पनि
मलाई गफैमा फन्को मार्न पुग्दै थिएन
चित् नबुझाई झ्याप्पै राखियौ .....!!
नेताहरुले भत्ता पचाउन
पाएको छ राम्रै काम
त्यही मौकामा कमाउन
पाएको छ राम्रै दाम ।।
जनताको श्रमलाई सोशी
खान पाएको छ माम
बुद्धिमा राम्रै बिर्को लागी
भएको छ दिमाग जाम ।।
भ्रस्टहरुको नामलिस्टमा
थप्न सफल अर्को नाम
कहिले झुल्किएला खोइ
यिनिहरुको बुद्धिमा घाम !?
मायाको सुन्दर कोशेली
सबैसँग बाड्न पाइयोस्
मनको दुःखाई पीडाहरु
मनैसँग साट्न पाइयोस् ।
फक्रेका गुराँस जस्तै
फुलेर बाँच्न पाइयोस्
डाँफे–मयुर चरीजस्तै
खुलेर नाच्न पाइयोस् ।
किसानले आफ्नो खेत
जोत्न, खन्न पाइयोस्
स्वाभिमानको साथमा
नेपाली भन्न पाइयोस् ।
सारा हामी नेपालीलाई
एकतामा उन्न पाइयोस्
गरिबले पनि महलको
सपना बुन्न पाइयोस् ।
गरिबको रित्तो हातमा
ऋणको भारी थमाईदिन्छ दशैं
ऋणको भारी विसाउन बल्ल खोज्दा
समय रफ्तारले मगाईदिन्छ अर्को दशै
अनि
ऋणमाथि अर्को रिक्तता विसाइदिन्छ दशैं
मित्रताको सुमधुर सम्बन्धमा
तिक्तताको फाँटो कमाईदिन्छ दशैं................।।
रङ्गीविरङ्गी संसार देख्दा
कति मन भुलाउदो हुन्
तर
रङ्गीविरङ्गी संसारसँग साट्न
कहाँ पर्याप्त नगद छ र
त्यसैले पो भन्दा हुन् गरिबले
दशैं नै हो कि यो मेरो दशा फर्किआएको................।।
ऋणको भारी थमाईदिन्छ दशैं
ऋणको भारी विसाउन बल्ल खोज्दा
समय रफ्तारले मगाईदिन्छ अर्को दशै
अनि
ऋणमाथि अर्को रिक्तता विसाइदिन्छ दशैं
मित्रताको सुमधुर सम्बन्धमा
तिक्तताको फाँटो कमाईदिन्छ दशैं................।।
रङ्गीविरङ्गी संसार देख्दा
कति मन भुलाउदो हुन्
तर
रङ्गीविरङ्गी संसारसँग साट्न
कहाँ पर्याप्त नगद छ र
त्यसैले पो भन्दा हुन् गरिबले
दशैं नै हो कि यो मेरो दशा फर्किआएको................।।
टेलिभिजनको पर्दामा जब छोरोलाई सम्झिदै आशुका थोपाहरु टिल्पिलाउथे, अनि मन सर्लक्कै पीडामा ओर्लेको पत्तो भएन । जसको लागि आफ्नो सिङ्गो सपनाहरु बन्धकमा राखे, तर सहारा दिने छोरो पराय स्त्रिको काखमा लुट्पुटिएर आफ्नो कर्तब्यलाई बिर्सिदिए ।। ब्यङ्ग्य ती छोराहरुलाई अनि सम्मान उच्च, आमाहरुलाई अनि यसरी पोखाउन चाहे:
साँच्चै गल्ती भएकै हो
जानेरै गल्ती गरेकै हो
आफ्नोभन्दा छोरोको सपना प्राथमिकतामा राखेथे होला
दु:ख सहदै-खप्दै-छोप्दै छातीमै सधैं टाँसेर राखेथे होला
हो त्यही छातीमा लाती हानिदिए
यसो गर्दा कत्ती मुटु दुख्दो हुन्
महसुस कहिल्यै गरेनन्
गर्न नि कहिल्यै जानेनन्
केवन उनले जाने त पीडाको तीर रोप्न...........।।
आफ्नै मुटुको टुक्रा ठानी सम्हाल्थे होला
उनको लागि आफु दु:खमा ओराल्थे होला
सिङ्गो सपना सजाउथे होला
मिठो हासोसँगै रमाउथे होला
तर
आमाको फरिया तान्दै हिंड्ने छोरो हलक्कै बढीसकेछ
उनमा त उन्माद बैशको नशा नै सर्लक्कै चढिसकेछ
अनि जवानी आईमाईको फरिया तान्दै पछी लाग्दा
कत्ती मुटु दुख्दो हुन्
महसुस कहिल्यै गरेनन्
गर्न नि कहिल्यै जानेनन्
केवन उनले जाने त पीडाको तीर रोप्न...........।।
यस्तो थाहा पाउदो हुन् त, गर्भमै तुहाउथे होला
अहिले चुहाउने आशु त्यतिखेरै चुहाउथे होला
टुहुरोको नाम दिनबाट बचाउदै
बन्धक सपनाहरुलाई सजाउदै
अरु पुरुषको साथ रोज्न मानेन
त्यही ठुलो शायद गल्ती उनको
सपनाहरु ब्यर्थमा सजाइ ब्यर्थमा टुट्दा
कत्ती मुटु दुख्दो हुन्
महसुस कहिल्यै गरेनन्
गर्न नि कहिल्यै जानेनन्
केवन उनले जाने त पीडाको तीर रोप्न...........।।