Tamang Pariwar+Tamang Chautari Get together
विगत स्थापना कालदेखी आजसम्मको स्थितीमा आइपुग्दा तामाङ चौतरी समूहले सम्झनै पर्ने कार्यक्रमहरुलाई अघि सार्दै आईरहेका छन् । बिभिन्न आफ्नै खाले समस्याहरुको कारनहरुले गर्दा, समय ठीक ४ बजेदेखी भनिएतापनि कार्यक्रममा उपस्थिती सम्पूर्ण रुपमा भने ५ बजेसम्ममा भैसकेको थियो ।त्यसै क्रममा एक पृथक भनिएको भेटघाटले पृथकताको साथमा नै भेटघाट कार्यक्रमलाई सम्पन्न गरेको छ । तामाङ परिवार र तामाङ चौतारी समूहको भेटमा तामाङ युवा गायक–गायिकाहरुको समेत सहभागिता रहेको थियो । कलाकारहरुमा सन्तोष लामा(नेपाली तारा–२), आशुसेन लामा(साउथ एशियन स्टार), सशिकला मोक्तान(चर्चित तामाङ गायिका), अशोक तामाङ(तामाङ गायक) लगायत अन्य समाजसेवी वुद्धिजीविहरुको सहभागिता, राष्ट्रिय स्तरको खेलाडी र तामाङ चौतारी समूहको करिव ४० सदस्यहरुको उपस्थितिले एक किसिमको माहोल नै वनेको थियो ।
औपचारिक रुपमा कार्यक्रम परिचयबाट सुरु भएको थियो । जसमा तामाङ परिवारको तर्फबाट सोनाम तामाङले आफ्नो परिचय सहित भेटघाट कार्यक्रम राख्नुको कारणबारे उपस्थित सवैलाई जानकार गराउनुभएको थियो । उहाँको भनाईअनुसार, “यदी इतिहासलाई पल्टाउने हो भने हामी तामाङरु एक सोझा इमान्दार र मेहेनती जातको रुपमा चिनिन्छौं ।” तामाङहरुको स्थिति र अवस्थाको बारेमा थप्दै भन्नुभो, “हामी तामाङहरुमा एक खाले poor mentality छ । कसरी भन्नुहुन्छ भने, केही ब्यक्तिहरु जसले अरुको दाजोमा बढी शिक्षा लिएका हुन्छन् र तिनीहरुले आफूलाई तामाङ हुँ भनेर भन्न हिच्किचाउछन् । जवकी बुझ्ने भनाउदाहरुले नै आफू तामाङ हुँ भनेर गर्व गर्न सक्दैनन् र आफूलाई तामाङ भन्दा छुट्टै भनेर अरुसामु देखाउछन् भने कसरी तामाङ समाजको विकास हुन्छ ?” विभिन्न महत्वपुर्ण सवालहरुलाई राख्दै यी समस्याहरुको समाधानको तत्काल अपरिहार्यता छ आफ्ना विचारहरुलाई अगाडि सार्नुभो ।
त्यसैगरी तामाङ चौतारी समूहका मित्रहरुले तामाङ चौतारीको विगत र हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । विश्वभर रहेको करीब ९० हरुबाट तामाङहरुलाई एकै थलोमा ल्याउन सफल भएका छौ तामाङ चौतारी । सामाजिक क्षेत्रमा निस्वार्थ लाग्ने हामी तामाङ चौतारीका साथीहरुको साथ र सहयोगले नै आजको स्थितिसम्म पनि तामाङ चौतारीले प्रगतिको ठुलै फड्को मारेको छ । तामाङ चौतारी बोर्ड मेम्बरहरुका अनुसार, चुनौतिहरु धेरै छन, ती चुनौतिहरुको सामाना गर्दै अगाडि बढ्न सक्यौ भने हामीले आटेका कार्यहरु सहज् र सहज् रुपमा सम्पन्न हुनेछन् । र साथ भने अपरिहार्य छ सम्पूर्ण शुभचिन्तकहरुको ।
कार्यक्रमको औचित्य के कस्तो रह्यो त?
हामीले कार्यक्रमको नाम केही प्रिथक बनाउनेछौ भन्ने कुरालाई मनन गर्दै यो भेटघाटलाई एक प्रिथक नै बनाएका थियौ । तामाङ समाज भित्रको केही तिक्तता अनि त्यही तिक्तताहरुलाई निर्मुल पार्न बिशेष गरी युवा शक्ती जुट्नुपर्ने सन्देश त्यस कार्यक्रमको निर्स्कर्शको रुपमा लिन सकिन्छौ । बिभिन्न क्षेत्रमा हामी कार्यरत भएपनि तामाङ हरुको सन्दर्भमा एक ढिक्का बन्नु पर्छ ।
के कस्ता सवालहरुलाई सम्बोधन गरियो त ?
हुन त यो कार्यक्रमलाई छलफल मुखी र तामाङ समसामायिक बिषयहरुमा केन्द्रित रहने भनिएतापनि यसले केही थप मोड लिएको थियो । एक जना तामाङ, सिन्धुली निवासी सुन्दर लामालाई क्यान्सर भएर अस्पतालको बेडमा लडिरहेका छन्,लाई सहयोग गर्न त्यहा छलफल चलाइएको थियो । यसबारे थप जानकारी दिदै सुजन लामा(महासचिब तामाङ चौतारी)ले भन्नु भो,"एक तामाङको पीडामा अर्को तामाङको मन दुख्नु पर्छ । सहयोग चाहेको बेला तपाईं हाम्रो सानो सहयोग पनि कसैको लागि ठुलै उपलब्धी हुन्छ भने सहयोगको लागि किन हात नबढाउने त !क्यान्सरको सुरुवात अवस्था हो । यदी हामीले तत्काल उनको लागि सहयोग गर्न सके उनको जिवन उद्धार गरेको ठहरनेछौ । हामी सम्पूर्णलाई सहयोगको लागि अनुरोध गर्छौ ।"
माहोलले एक खाले गम्भिरताको मोड लिएको थियो । त्यसै क्रममा तामाङ परिवार, बेल्जियमको तर्फबाट नगद रु १०,०००/-, बिना तामाङ, सन्तोष लामा, सशिकला मोक्तान, आशुसेन लामा र अन्य ब्यक्तिहरुले आफ्नो ब्यक्तिगत रुपमा नगद तामाङ चौतारीका उपाध्यक्ष चन्डिकलाल घिसिङलाई हस्तान्तरन गर्नुभएको थियो । र चाडै बैङ्क खाता खोली तामाङ चौतारी र फेसबूकको भित्ताहरुमा सहयोग दाताहरुलाई जानकार गराउने छन् भनी कार्यक्रम समापन भएको थियो ।

0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !