सुमित सोल्टाको मेरो लागि मनभित्रको कुरा

(करीब डेढ बर्षअघि सुमित सोल्टाले जनैपुर्णिमाको बिशेष अबसरको दिन पारेर मेरो लागि केही शब्दहरु लेख्नु भाको थियो,,जसलाई तामाङ चौतारीमा पोस्ट गरिएको थियो । अलिअली रमाइलो, अलिअली सत्य, अलिअली ब्यङ्ग्य मिसिएको यो रिमिक्स प्रस्तुती मन परेर यहाँहरु सामु पनि जस्ताको तस्तै पो राख्न चाहे ......)
अभिनास घिसिङको song लाई Remix हाल्देको अलि कति मात्रै हो नि फेरी बिशेष गरी यो मणिकलाई खासै मलाई आउँदैन तै पनि यो मेरो सानो प्रयास हो। मिलाएर पढ्नु है।

आज जनै पुर्णिमा म पाचै बजे उठ्या
५ बजे उठेर पशुपती गए
पशुपती गएर मैले हातमा डोरा लाए
ureeey ureeeey ureeeey

घरमा क्वाटी , क्वाटि खाया चौतारीमा आया
चौतारी खोल्दा, खोल्दा मैले मणिक सोल्टाको कमेन्ट पाया
कमेन्ट पढ्दा ,पढ्दा खेर मलाई अचम्म लाग्या
ureyyy ureyyyy ureyyyy ureyyyyy

मणिक सोल्टा साह्रै राम्रो भैसक्यो सबै सोल्टिनीको प्यारो,
सोल्टालाई देखेन भने हुन्छ सबैको मुहार अध्यारो
चौतारीको सितल छाया , मणिकको सबै प्रती रहिएको माया
देखेर म हुन्छु दंग मणिक नरहे हुन्छ चौतारी अपाङ्ग।

Anyway guys कस्तो लाग्यो ह।।।।हेहेहे मणिक सोल्टा लु मेरो कोशीसलाई यसो कमेन्ट गर्नु नभुल्नु नि । खासै मलाई आउँदैन यसो मणिक सोल्टाको blog पढेर ट्राइ मात्र गरेको है ओके कुनै गल्ती छ भने क्षमा गर्दिनु ...... बिक्रेको ठाउमा मिलाएर पढिदिनु .........


(अनि जवाफमा मेरो शब्दहरु थियो..........)
मेरै तारिफको लागि लागिपर्ने
सुमित सोल्टालाई हृदयदेखिको सलाम
प्रफुल्ल भो मेरो मन नाच्न थाले आज
तपाईंको यो प्रस्तुतिले मन छोयो आज !!

अब तारिफका केही शब्दहरु केवल मेरै प्यारो सुमित सोल्टाको लागि :-
तारिफ ब्यक्तित्वको गर्न मन लाग्यो :-
झ्वाट्ट हेर्दा छोउ छोउ लाग्ने ती अदभुत परेली
मदहोस् नहुने कमै होलान् गफका ती सुन्दर तरेली !!

कोकिलहरु कुहु कुहु भाकामा पखेटा फरफहराइ रहेछन्
सुन्दर भाकामा हजुरको शब्दहरु उच्चारण गर्दा रहेछन् !!

तारिफ अब हसाइको गर्न मन लाग्यो :-
हसाइमा जादु अनि लजाइमा झन् अर्को अदभुत शक्ती
सबै हुन्छन होला एक्चोटी त हजुरकै मुस्कानको भक्ती !!

मुसुक्क एक्चोटी मुस्कान दिदा, आनन्दले रमाउछ
दु:ख कस्ट सबै पार गरी सुखले आँफै अङ्गाल्छ !!

तारिफ अब लेखनको :-
कपी भनेर स्टाईल चोर्दा, उत्कृष्टतामा गनिए
आज सबैको मनमा नअस्ताउने एक प्रतिभा उभिए !!

उत्कृष्टताको पनि सिमा हुन्छन अबस्य
तर सबै सिमा पार गरी हामीसामु उभीए !!

अब अन्तिममा केही शब्दहरु समर्पित गर्न चाहन्छु :-
आजको दिन मेरो लागि शुभ सङ्केत रहेछ
सोल्टासोल्टा बिचको नाता अझ प्रघाड हुँदै गएछ !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।