बटुवा

मन लाग्दा दुनियाँले पिस्ने अदुवा भए म
गन्तब्य विनाको यात्रा गर्ने बटुवा भए म

कस्दै छु कम्मर अझैँ केही प्राप्तीको लागि
थकान पसिनाले गलिएको बटुवा भए म

बाटो देखाउदै अगाडि बढाउने कोही भएन
साथीविनाको मात्र एकलो बटुवा भए म

ठोक्किएको घाऊमा फेरी, अर्को चिरा पर्यो
पीडालाई साथमै बोकी हिंड्ने बटुवा भए म

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।