Truly nice gift from Prabina Gole(Namuna).........

मेरो मन मिल्ने साथी प्रबिना गोले(नमूना)ले बिशेष जन्मदिनको लागि बिशेष कबिता र बिशेष डिजाइन गरेको यो सिर्जना । आभारी रहनेछु सधैं ...........


जन्मदिनको शुभकामना!!
समय
बामे सर्दैन
दुधे वालकको गतिमा
...न त घसि्रन्छ
कछुवाको चालमा नै
यो त वायुपंखी घोडाको
वेगमा दौडने गर्छ
विभिन्न चुनौतीसंग जुध्दै
अधीर गतिमा
यदि समयको स्पर्शलाई नै
जीवनको ठूलो प्रगति ठानेर
परिवर्तनको दिशामा वदल्ने
सहास गर्न सकिएन भने
समयको वदलावसंगै
आफैं वदलिने भ्रममा
चैनको निद्रामा सुतियो भने
समय सगरमाथाको चुली पुग्दा
वंगालको खाडीतिर नै
कावा खाइरहनेछ
लक्ष्य चुम्ने यात्रा ।
आकांक्षाका भारीहरु धेरै छन्
गन्तव्यमा पुर्‍याउनुपर्ने
मनभरिका सपनाहरु अनगिन्ती छन्
यथार्थमा बदल्नुपर्ने
समयको पावन्दीसंगै
पुरा गर्नुछ जिम्मेवारीहरु
यदि आजको भोली

भोलीको पर्सीलाई साचियो भने
ति जिम्मेवारीहरु थुपि्रदै जादा
बज्र वनेर वजि्रनेछ आफैंमाथि
त्यतिवेला,
सपना र आकांक्षाहरु
कुरिरहनेछ गन्तव्य पुग्ने आशमा
तर
समय धेरै टाढा पुगिसकेको हुनेछ
कहिल्यै
अनि कहिल्यै नभेट्ने गरि ।
जिन्दगीको यात्रारत रथसंगै
निरन्तरतामा घटिरहेको छ
अंकीत समयका सिमाहरु
त्यही रफ्तारमा वढिरहेका छन्
अपेक्षाकृत चाहनाहरु
यदि जीवित अवधी
लम्विएको खुशीको उन्मादमा
कर्तव्यलाई खोकिलामा थन्क्याएर
अट्टाहास मात्रै गर्ने हो भने
भलै,
अरुको लागि त सकिएन
आफ्नै लागि पनि
केही गर्न नसक्ने हो भने
आखिर के नै फरक भयो र ?
जिउनुमा अनि मर्नुमा
के नै अर्थ रहृयो र ?
विना उपलव्धीको जन्मदिन
मनाउनु र नमनाउनुमा ।
त्यसैले,
जिन्दगीका जिजिविषाहरुलाई
सदावहार वनाई राख्न
चुनौतीका पत्रेचट्टानहरु फोर्दै
गोरेटोहरु खन्नुपर्छ
गन्तव्य चुम्नुपर्छ
संघर्षशील जीवनका
हुरि-वतास र हिमपातहरु नाघ्दै
वुनेका सोच, उनेका सपनाहरु
सफलतामा वदल्न
निरन्तर अघि वढिरहनु
कामना जन्मदिनको
शुभ-कामना जन्मदिनको !!


सफलताको शिखर चढ्नु शुभकामना जन्मदिनको
लक्ष्यमा सदा अघि वढ्नु शुभकामना जन्मदिनको

अव्यवस्था र विसंगतीले जरा गाडेको यो समाजमा
...अन्यायको विरुद्दमा लड्नु शुभकामना जन्मदिनको

आज एउटा कुरा गर्ने भोली अर्को हुने दुनियाामा
सधैं सही निर्णयमा अड्नु शुभकामना जन्मदिनको

संकटमा नै हुने गर्छ अग्निपरिक्षा यो जिन्दगीको
अप्ठ्यारोमा पछि नहट्नु शुभकामना जन्मदिनको

कहिले यता कहिले उता मन डुलाई हुन्न विकास
सतिसाल झैं भएर गड्नु शुभकामना जन्मदिनको

पल पलमा जीत मिलोस् शुभकामना जन्मदिनको
सधैं सवैसंग मित मिलोस् शुभकामना जन्मदिनका

फलोस् वलुलोस् भन्ने भावना हराएको दुनियामा
गुरास झैं आशा फुलोस् शुभकामना जन्मदिनको !!!!

,

2 comments

aaaaaaaaaaaaahaaaaaaaaaaaaaa manik aale, tapaiko janma din ko ABSAR maa haamro prabinaa aangale lekhnu bhaako gajal ani kabitaa padhera ta ma laai pani Po JINDAGI MAA kehi garne utsaaha mileu.saRAI KHUSHI LAAGEU.

हो नि ज्योजो । निकै राम्रो कामना गर्नु भाको छ । मलाई यी शब्दहरुले सधैं राम्रो काम गर्नको लागि झक्झक्याइ नै रहने छन ।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।