तामाङ सहायता समाज(ल्होज्याङ)ले धुम्वाराहीको शंखपार्कमा सम्पन्न गरेको कार्यक्रम एक झलक:

ल्होछारको विशेष स्वागतको लागि विभिन्न संघसंस्थाको आआफ्नै खाले कार्यक्रम गरिएका छन् र गर्ने तयारीमा जुटेका छन् । त्यसमध्ये यही माघ १५ गते तामाङ सहायता समाज(ल्होज्याङ)ले धुम्वाराहीको शंखपार्कमा ल्होछार एक भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहभागिता उल्लेख्य रुपमा भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले ल्होछारको आबश्यकता र मनाइनुको पछिको कारणहरु बरे आआफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम के कस्तो रह्यो भन्ने र मेरो ब्यक्तिगत अनुभवका कुराहरु यहाँ राख्न चाहन्छु ।

केही दिन अगाडि मात्र समी सिसले “ल्होछारको कार्यक्रम छ आउनुपर्छ है ब्रो” भनेर निम्तो दिनुभएको थियो । म पनि एक खाले सहभागि हुनुपर्छ भन्ने मनमा अठोट लिएर बसेको थिँए । फेरी त्यही दिन मामको घेवा परेर दाजुको घर प्रस्थान, अनि पसलबाट म निस्किदा सुन्यता छाउने निश्चित थियो । मोवाइलको घन्टी टिर्र बज्यो, समी सिसको पो रहेछ । “अनि ब्रो निस्कनु भो त ?” प्रश्न मैमाथि तेर्सियो । अकमकिदै भने, “आज फुर्सद हुन्न होला सिस त्यही भएर हजुरहरु रमाइलो गर्नु है त...................।” फोन राख्ने वितिकै फेरी विनी आङाको फोन आयो “आउने होइन त ज्योज्यो ?” हेर्नुपर्छ भनेर जवाफ फर्काए । अनि अरु कुराहरु भने फोनको क्यारक्यार आवाजले गर्दा अन्दाजको भरमा यो भनेको हुनुपर्छ भनेर जवाफ दिन्थे ।

समी सिस र मन्जु सोल्टिनी भने १ बजे राजकुमार जीलाई लिएर हिडिसक्नुभएछ । घडीले १.३० हानिसकेछ तर बेफुर्सदीको डोरीले बाँधि नै राखेको थियो । निम्तो ११ वजेको तर घडीले १.३० हानिसक्दा मन चुलबुलचुलबुल गरिरहेको थियो र एक खाले पीडाबोध गरिराखेको थिए । २ बज्दा फुर्सद बल्ल होला जस्तो भो अनि भ्याइन्छ कि भनेर विनी आङालाई फोन हानिहाले “आउनु न ज्योज्यो” भनेर भन्दा हत्तपत्त ड्रेस फेरेर हिडिहाले ।

गोपीकृष्ण हलपुलको छेउबाट हिड्दै पुगे गेटको छेवैमा पुगे । एकजना भरखरै हलक्कै बढेकी गहना अनि सुन्दर पहिरणमा सजिएकी नानु मैतिर लम्किदै आई । हेहेहेहे त्यो नानु त कोही नभएर बिनी आङा नै पो रहेछ । अनि विनी आङालाई केही बेर जिस्क्याइ दिए । सुरज सुम्वा “बेलाबखत फेसबुकमा गजल तथा अन्य साहित्यिक रचना प्रस्तुत गर्ने मित्र” पनि आउनुभएको जानकारी पाए विनी आङाबाट । फोटो र शब्दहरुको पोखाइबाट परिचित बनेका हामी, प्रत्यक्ष भेट्ने रहर थियो । यसो अगाडि बढ्दै गर्दा देखिएको अनुहार चिन्न मुस्किल कतिपनि परेन । “ओ हो हजुर त फोटोमा भन्दा लाइभमा पो ह्यान्डसम हुनुहुदो रहेछ” लाइभ कमेन्ट्स प्रहार गरिहाले ।

यसो मोडे, खाना खानको लागि लस्कर लागिसकेको अवस्था थियो । मलाई भने खानाको धुनभन्दा पनि धेरै दिनदेखी सम्पर्कवाहिर रहेका मित्रहरुसँग गफ ठट्टा गर्न मुड चलिरहेको थियो । सामुन्ने सुजन ब्रो ठिग्रिङ्ग ब्यङ्ग पेलानसँगै “दर्शन हजुर, सञ्चै हुनुहुन्छ हैन त । के गर्नु वरिष्ठ मान्छेहरुको त दर्शन पाउन नै गाह्रो ।” जवाफ हासोको दिए हेहेह । छेउमै कल्पना नाना, मौसमी र कल्पना नानाकै फोटोकपि गरेर राखेको जस्तो “शान्ता सिस” त्यही मौकामा खुशी साट्न भ्याइहाले ।

अनि खुबै बडेमानकै ज्यान भएजस्तो गरी कुर्सी नै रिजर्भ गरी बसीराख्नुभएको थियो, राजकुमार जी, समी सिस र मन्जु सोल्टिनी । नमस्कार गरे लगत्तै समी सिस र राजकुमार जीले कुर्सी छाडेर बस्न अनुरोध गर्नु भो । दुई कुर्सी एकैपटक खाली हुदा कता बसु कता, दोधारमै पो परेको थिए हेहेहे । यसो बस्न मात्र के लागेको थियो फोटोसेसन पो सुरु, अनि सबै साथीहरु आआफ्नै पोज दिन तयार थिए । सबैलाई नियाल्दा आफ्नो पनि राम्रै आओस् भनेर कतै नमिलेको छ कि भनेर आफैलाई नियाल्थे । क्यमेरा भटाभट निस्किन थाल्यो, यता हेरु कि उता हेरु दोधारैमा पो पर्थे ।

कताकता भोक लागेको आभास मनभित्र सबैको । लाइनमा बस्दा त्यही उभेर बसेजस्तो, अनि निकै बेरपछि बल्ल पालो आयो । पस्किन थाले धमाधम त्यहीबेला भित्र पटि भने तामाङ सेलोमा सँगीत गुन्जीरहेको थियो । यसो खाना पस्के, अगाडि हेर्छु त दालको भाडा रित्तै । अब दालविनाको खाना कसरी पो खाने भनेर मनभित्र कौतुहलता मच्चिरहेको थियो त्यही बेला सुजन ब्रोको शब्द निस्किहाल्यो “के हो भाई दाल विना कसरी खाना खाने ? हेनुपर्दैन?” थर्काइको त्यो बोलि सुन्दा म चाहि मुसुमुसु हासिरहे । चिकेन रोष्ट मेरो पालामा तीन पीस मात्र बाकी सबै मैले नै हालिदिदा पछाडि बस्नेहरु वाल्ल हेहेहे ।

पस्किसकेपछि आफ्नै साथीहरु भाको समुहतिर लागे । यसो रोष्ट खान खोज्दा सर्किएर झन्डै बर्वाद । पानी खादा फुर्र गरेको भए कल्पना नाना र मन्जु सोल्टिनीको भागमा पुरै पो पर्ने । धन्न त्यस्तो अप्रिय भने केही भएन हेहेहे । केही साथीहरु खाईसकेका थिए भने केही साथीहरुको बाकी थियो । खाईसकेपछि भने यसो वरीपरिको दृश्य नियालिरहेको थिए । अगाडि करिब २ मिटर सामून्ने ५–६ जना भर्खर १९–२० वर्ष समूहका तन्नेरीहरु फोटोसेसनमा ब्यस्त थिए । अचानक एक जनासँग नजर जुधिहाल्यो हेहेहे अनि लजाएर फोटो नखिची अर्कै ठाउतिर पो लागे ।

भोजन ग्रहनसँगै हामी म्युजिकको मस्तीमा रमाउन स्टेजको सामुन्ने छुट्टै समूह बनाएर उभिएका थियौं । बुढाबुढीहरुकोभन्दा पनि तन्नेरतन्नेरीहरुको जमात धेरै थियो त्यहाँ । सागर एस् वाइवा स्टेज पुगेर “म्हेन्दोला माया” गीत गाउदा सुरुमा केही हच्किएको जस्तो भान भाको थियो । पछि सबै नाच्न थालेपछि कहाँ बाकी छाडेर खुलेर नाच्नलाई ? त्यही भीडमा मेरो कम्मर मर्केको पतै पो भएन हेहेहे ।

कल्पना नाना मज्जाले नाचेको देख्दा म दङ्गदास पो भए । अनि म्युजिकको तालमा मिलाएर हल्लाइएको मन्जु सोल्टिनीको डान्स पनि कमको थिएन । सुजन ब्रो लाग्थ्यो छुट्टै खाले प्रतिभाशाली डान्सर नै जस्तो । मौसमी कहिले कल्पना नानाको हात समाई नाच्थे त कहिले मन्जु सोल्टिनी सँग । अनि समी सिस भने कहिलेकाही लजाएजस्तो गरी नाच्न छिर्थे । विनी आङाको त नाच नै सुन्दर नि । अनि शान्ता आङा पनि कम नाच्नेमा पर्नुहुन्थ्यो । राजकुमार जीको हात समाई केही बेर त फनफनी पो घुमाइदिए मैले त हेहेहे ।

तामाङ सेलो, हिन्दी तथा अग्रेजी फास्ट नम्बरहरुको मिक्स थियो । म पनि आफनै सुरमा थिए । त्यही क्रममा दुइजना त्यस्तै २८–२९ वर्ष जतिको दुई तन्नेरीहरु हामीले बनाएको घेरा तोड्दै नाच्न थाले । लाग्थ्यो डान्सको त तिनीहरु एस्ताद नै हुन् जस्तो । सुजन ब्रोलाई कम्पिटिसनको लागि पठाएको पसिनै पसिनाले निथ्रूक्क विचरा । मैले जित्छु भनेर कम्मर केहीबेर त मर्काए तर जित्न सके त मरिजानु हेहेह । अनि आफ्नै सुरमा । अर्को छेउमा समी सिस भिडियो रेकर्डिङमै ब्यस्त देखिन्थे । यसो हेर्दा हिमाल पारिको भोटबाट भर्खर झरेको श्यार्पिनी जस्ती ।

अंधेरीले ढपक्क छोप्न लागिसकेको थियो । त्यसैले त्यो रमाइलो माहोललाई विर्षेर घरतिर लाग्नुपर्ने हाम्रो बाध्यता थियो । अरु साथीहरुलाई छोडेर म चाहिँ विनी आङाको स्कूटीमा सर्रर हेहेहेहेहेहे..........

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।