मन्त्री खान हत्तारोमा सिंहदरबार पस्छन्

विपक्षीलाई टुक्राउन राम्रै कम्मर कस्छन्
मन्त्री खान हत्तारोमा सिंहदरबार पस्छन्

हसुर्न मात्र पाए भने, अलकत्रै निल्छन्
लत लाग्दा कुलतमा, नराम्ररी फस्छन्

कन्तविजोग देखाउदै, नानाथरि गर्छन्
जीउभरी जोगीले झै खरानी पो घस्छन्

कुर्सीलाई कहिलेकाही दिक्क लाग्दो हुन्
फालेपनि लिसो झैं फेरि टाँसेरै बस्छन्

श्रम सोस्दै जनताको त्यसैले पेट भर्छन्
पाल्नेलाई गोमन सर्पले झैं पो डस्छन्

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।