कत्ती टुक्र्याउनु अझै बिचरा मुटुलाई

तिमीबाट धोका पाएर नै पिएको हुँ
धोका पाउदा इख त्यसैले लिएको हुँ

कत्ती टुक्र्याउनु अझै बिचरा मुटुलाई
छियाछिया मुटु त्यसैले सिएको हुँ

तिमीले यसरी नमुना पात्र बनाईदिदा
म मात्रको सानो संसारमा जिएको हुँ

बाचा पुरा गर्न नसक्ने कसम खायौ
साथ टुट्दा अर्कैलाई बास दिएको हुँ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।