New Year Eve:

सिमसिमे पानी चिसो पुसमाघको बेलैमा, शरीरलाई न्यानोपनको आभास दिलाउन कसको पो रहर लाग्दैन र ? नयाँ बर्ष प्रारम्भ हुनुपुर्वको एक दिन अगाडिको रात “New Year Eve”  लाई विदेशीमित्रहरुसँगै विताए । अंग्रेजी वर्ष नमनाउने भन्ने सोच ममा हावी भएपनि अरुको खुशीको लागि यसो मनाइदिऊ कि भनेर भौतिक शरीरको उपस्थिती जनाइहाले ।

घडीले सात बजाईसकेको थियो, सिमसिम पानी, त्यत्तिखेर मेरो शरीरमाथी पातलो शर्ट, त्यसमाथि स्वीटर र कोटले हावा नछिर्नेगरी ढकाइएको थियो । खास त्यही रात जर्मनहरुसँगको  फ्यामिली डिनर थियो । अर्कोतिर त्यही समय केही नेपाली साथीहरु र चाइनिज साथीहरुले नयाँ वर्षको पूर्वसन्ध्यामा रमाइलो गनुपर्छ है भनेर अर्को प्लान तेस्र्याइएको थियो । यता जाउ उता छुट्ने, उता जाउ यता छुट्ने । एकैछिनको बसाईपछि “मेरो साथीहरुले बोलायो म जानुप¥यो” भनेर जर्मनहरुसँग विदा मागे ।

छुटाइसँगै केही नेपाली साथीहरु र चाइनिज साथीहरुसँग एक जापानिज क्याफेतिर छि¥यौं । नयाँ वर्षको पुर्वसन्ध्यामा भीडभाड हुनु अस्वभाविक भने थिएन । दश जनाको ग्रुप दश सिटमा टक्क बसेपछि सबैको आ–आफ्नै गफ हकाई सुरु हुन थाल्यो । लजाईलजाई थोरै बोल्ने मेरो स्वभावले ती चाइनिजहरुको नजर घरीघरी मै तिर ठोक्किन आउथ्यो ।

मेन्यु ल्यायो, जापानिज भाषामा लेखिएको थियो (त्यसको मुनी ईंगलिशमा पनि केवल खानेकुराको नाम लेखिएको थियो) । स्न्याक्स अर्डर गर्न प्रत्येकको हातमा पुग्यो ।  मैले पनि अन्दाजको भरमा एक खानाका नाम दिई हाले । केही समयपछि अर्डर बमोजिमको स्न्याक्सहरु आए, पहिले मैले अर्डर गरेकै नामको खाना टक्क टेबुलमा राखे ।  यसो हेर्छु, “कोरियन साग र केही अमीलो–गुलियो डल्लोहरुले चिटिक्क सजाइएको प्लेट” । हेहेहेहेह परेन फसाद,,,अनि आफैंदेखी बेस्सरी मनभित्रै दबाएर हाँसे । जे जस्तो आएपनि सबैसँग शेयर गरेर खानुपर्छ है, सँगै खादा माया गाढा अनि मज्जा छुट्टै आउछ भनेर मैले सबैले सुन्ने गरी प्रस्ताव राखे । मेरो कुरालाई सबैले सहर्श स्वीकारे, म पनि खुश अरु पनि खुश हेहेहेहे ।

पल्लो पट्टि छेवैमा सारङ्गी लिएर एक जना छिमेकी दाई बसिराख्नुभको थियो । सारङ्गी दाईको मिठो सारङ्गीको धुन, अनि धुनको साथमा निस्केको त्यो भाकालाई नवुझे नि मस्त आनन्द लुटिरहेका थिए । केही गीतहरुलाई मैले गाउदै गर्दा अर्थ बुझाएको थिए, अनि त झन् त्यसको रस छुट्टै । एकताका सुनसान भो माहोल, त्यत्तिखेर सारङ्गीबाट पाँच मिनेटको बैरागी धुन बज्यो । अचानक एक चाइनिज साथीको आखाबाट अनायासै आशु झ¥यो । सुनाउदै थियो, “घरको याद आयो सारै” ।

खाना लिदै गीत गाउदै नेपाली भाकाहरुलाई फलाक्दै थियौ हामी । नेपाली लोकभाकामा कम्मर मर्काको देखेर लोभ लाग्यो सायद, जानीनजानी नक्कल गर्न आफ्नो शरीरलाई मर्काईरहन्थे । माहोल आफै नाचगानतिर मोडिएला जस्तो भो ।

म हेरिरहेथे दर्शक बनेर अनि ब्यङ्गको पेलान आइहाल्यो “दर्शक त जो पनि हुन्छन् तर खेलको मज्जा लुट्नु छ भने खेलाडी बन्नु पर्छ तबमात्र खेल भित्रको वास्तविकता थाहा पाइन्छ” । त्यत्ति ब्यङ्गको झटारो भुइमा झर्न नपाउदै नचाउन हात तानेर नचाउन प्रयास गरे, म पनि रमाइलो गर्न भनेर नै गाको मान्छे सामान्य कम्मर मर्काई हाले ।

खाना लिने क्रममा कतै “स्मार्ट ब्वाइ” त कतै “ह्यान्डसम ब्वाई” भनेर सम्वोधन मै तिर फर्केर गरेको देख्दा लजाईलजाई खानेकुराहरुलाई हात लाईदिन्थे । मुसुमुसु मन्द मुस्कानको जवाफ दिदा अर्को जिस्क्याईको कडा प्रहार हुन्थ्यो त्यतै । कहिले मुस्कानलाई मेरो क्यामेरा भित्र थुनेर राख्छु भनी आँखै तिरमिराउने फ्लाश पठाईदिन्थे ।

रात विस्तारै छिपिदै थियो, चिसोको वहाव त्यस्तै । त्यसबाट बच्न एक फूल भोड्का फोडिहाल्यो, र वियरका विर्को खोल्दासम्म मनले टाप दिनुपर्ला जस्तो छ भनेर अर्कै संसारभित्र एक्लै एक्लै भुलिरहेको थिए । रोटेशन गर्ने क्रममा वियरको ग्लास र वियर मेरै सामु टुप्लुक्क आइपुग्यो । नछोऊ सबैले लिईसकेको छोऊ जीवनमा त्यस्तो कहिल्यै नलिएको, बडा धर्मसंकट । वियरलाई एकैछिन् नियालिरहे, त्यतिकैमा एकजजना चाइनिज साथीको जवाफ आयो, “पैसा तिनुपर्दैन, आज मै सबैको लागि तिरिहाल्छु नि” ।

यस्तो भन्नुको पछाडि मैले विभिन्न कारणहरु खोज्ने प्रयास गरे । साची कत्ति फरक नेपाली र विदेशीहरुको सिस्टम । नेपालीहरु खाईसकेपछि कुरा गर्छन् र पैसा तिर्छन् मेलमिलापमा, तर विदेशीहरु पहिला खानेकुराको हिसाव राख्छन् अनि मात्र खान्छन् ।

रमाइलो माहोल त्यसमा पनि सबैजना मस्त वियरको चुस्कीमा रमाउदै गर्दा म चाहि तातो पानी निरन्तर पिईरहेको थिए । त्यही गर्ने क्रममा १५ जनाको इटलीयनहरुको एकै चोटि ह्वार्र प्रवेशले खचाखचताको वातावरण सिर्जना भएको थियो । अर्कोतिर साथीहरुको नयाँ वर्षको म्यासेजले मेरो मोवाईलको इन्बक्स टन्न भरिदा “सेम टू यू” भन्ने म्यासेजलाई केवल कपी गरेर सेन्ड गर्नुपर्ने अवस्था थियो ।

इटलीयनहरुको छुट्टै ब्यान्ड रहेछ, विभिन्न अंगे्रजी गीतहरु र गीतारबाट निरन्तर ठुलो ध्वनी निस्कदा सारङ्गी र मादललाई विस्थापित गरेझै लागेको थियो । अब कम्पिटिशन नेपाली र इटलियन म्यूजिकको । हामीबीच हुनुहुन्थ्यो बाध्यबादन तथा कलाकार “रोविन राना” । परिचय दिने क्रममा संगीत क्षेत्रमा निकै अनुभव बटुलिसकेका हस्ती, सन् २००० भन्दा पहिले ४ वटा सिडीहरु वजारमा ल्याईसक्नु भाको रहेछ । “अन्तराष्ट्रिय लोक म्युजिक फेस्टिवल हुँदा नेपालको प्रतिनिधित्व गर्दै सिंगापोर, स्कटल्यान्ड, अमेरिका समेत पुग्न भ्याउनुभएको रहेछ ।”

एकातिर नेपाली म्युजिक अर्कोतिर इटलियन, मानौं त्यहाँ ठुलै सांगितिक प्रतिस्पर्धा नै भइरहेको जस्तो । विस्तारै सारङ्गी र मादलको आवाजले सबैको ध्यान खिच्न थालियो, अनि नेपाली सहकर्मी साथीहरुको डान्स,,पछि त पुरै माहोल नै खडा गर्न सक्षम् भयौं । ती इटलियनहरुपनि विसतारै झुम्न थाले, अनि हाउभाउलाई नेपाली भाकामा ढाल्न खोज्दा नजान्दाको दृश्य हेर्नुको मज्जा छुट्टै ।

घडीले रातको ११ हानिसकेछ, तर फर्किने सुरसार भने देख्न पाइन्न थियो । “म चाहि लाग्छु अब भनेर विदा माग्न खोज्दा उल्टै गाली पाए”  । १२ नबजेसम्म जान नदिने कुरा भो,,,यसो बाहिर चिहाउछु सिमसिम पानी पर्दै भित्र तातो रमाइलोको आनन्द छुट्टै ।

अन्तिममा डिनर लिने काम भो, अनि एक खाले सुन्यता आफै सिर्जना भो । ग्रुप फोटोसेसन, र विभिन्न स्न्यापहरु क्यामेराभित्र कैद गरियो । सबैसँग नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने काम गरियो । तर छुट्टिदा खेरी भने कताकता मनभित्र अप्ठ्यारो महसुस हुदै थियो । कुरा के भने नि हजुर, “छुट्टिनु अघि गाला जोडेर किस खानुपर्ने अरे ।” लाज लागिराखेको मन भित्रभित्रै तर हुलमुलमा के नै हुन्छ र भनेर यसो ठिग्रिङ्ग उभिदिए । अघि रमाइलो गर्दै नाचेका एक इटलियन मैतिर फर्केर किस खादा नयाँ अनुभूति गरे । अनि त दोश्रो तेश्रो पटकको क्रममा त सामान्य नै पो महसुस गरे ।

अन्तराष्ट्रिय नयाँ वर्षलाई अन्तराष्ट्रिय रुपमै पो मनाएको अनुभव बटुले ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।