मेरो यो फोटो सँगको आत्मियता

कुरा छेउ बाट नै शुरु गर्न मन लाग्यो, 
दल जि
सहयोगि हातहरु
चौतारीको लागि बढाउनुहुन्छ
थोरै शब्दहरुको सम्योजनले
आफ्नो परिचय दिनुहुन्छ
भेटघाटमा उहालाइ पाउदा
नरमाउने मनहरु शायदै होला

चन्डिक दाइको कुरा के गरु,
प्रेरणा र हौसला दिने स्रोत नै उहा
अरु भन्दा जिउज्यानले पनि फरक,
टोलाउदै कसैलाई हेर्दै उहा

शिक्षा र शान्तिको सुन्दर मेलबाट
शिक्षाशान्तिको उदय भयो
चौतारीलाई शिक्षा र शान्ती फैलाउन
तत्पर मन एक जन्मियो

दीपेन्द्र जिको तारिफको
बयान गरेर कहाँ नै सकिन्छ र
जत्ती तारिफका शब्दहरु
कोरेपनी कम् नै भएजस्तो लाग्छ
तामाङहरुलाई एकताको सुत्रमा बाध्न
चौतारीको निर्माण गर्नु भयो
आज हामी एक अर्काको लागि
भावनाको संसारमा
रमाउने मौका पाएका छौ
मुख्य श्रेय जान्छ दीपेन्द्र जिलाई नै,
अनि साथीहरुलाई !!!!

अनि चादनी र दिचा नानु,
अप्सरा जस्तै रुपको खानि,
मौशमिको त कुरा नै के गरु
सबैको तारिफ पाउन
एक मुस्कान नै काफी
सुजनको मन नौनी जस्तो,
अलि तताइ दियो भने पग्लिहाल्ने
कहिलेकाही बरफ् जस्तो पनि लाग्छ,
तताइ दियो कि पग्लिहाल्ने !!

सुमित सोल्टा तिर
अली ढल्किन मन लाग्यो
गफगाफको दुनियाँको
अर्को राजा हम्रै सुमित सोल्टा
जस्तो सुकै परिस्थितीलाईलाई
रमाइलो मौशममा ढाल्ने
खुबी त साह्रै राम्रो,
खुबी मात्रा कहाँ हो र मान्छे नै साह्रै राम्रो !!

अमिता जिको लजाइ राम्रो,
साहित्यमा अझ निखारता
यस्तै रहेछ साहित्यकारहरु
साह्रै थोरै बोल्ने,
अरुको हृदयको भाकालाई
आफ्नै सम्झी कोर्ने !!

अब कुरा आउछ हाम्राइ सगुन वाइबा सोल्टिको
सुरुको भेटमा नै परिचय दिन लजाउने
तर परिचय भाईसके पछी अलि धेरै घुल्मिल हुने !!

चौतारीले अनि कसैले बिर्सन नै नसक्ने नाम हो
अशोक हिरो र RK जि
साथीहरु माझ आफ्नो गतिलो
अनि हसिलो अनुहार लियी सबैलाई प्रेरणा दिने
कसरी बिर्सन सकिन्छ र हाम्रा यी idol हरुलाई??

यी तारिफ मिनु जिको लागि
प्रतिभाशाली अनुहारहरुबिचको एक प्रतिभा
साच्चि आज कता कता फुल्न लागिरहेछ
सुमधुर स्वरको ती सुन्दर आवाजहरुबाट
एउटा नअस्ताउने तारा घाम बनी ऊदाइरहेछ !!

दीप ब्रोको कुरा बेग्लै,
सुरुसुरुमा साह्रै लजाउने
तर अहिले भने सबैलाई
आफ्नो जोशिलो गफले हसाउने
एक प्रतिभाशाली ब्यक्तित्व,
मैले तारीफ नगरि सुख नै छैन !!

मिनु जिको पछाडि बस्ने साथीको नाम चाँही के हो भन्दै हुनुहुन्थ्यो कुन्नी
फोटो खिचौ न संगै भन्दा समेत साह्रै लजाउने,
नयाँ भएर हो कि खोइ कुन्नी
मैले त अझै पनि चिन्न सकेको छैन,
मान्छे चिन्छु अनुहार चिन्छु
तर पनि अत्तोपत्तो छैन !!

अझै पनि लेख्न बाकि नै रहेछ
मेरो आफ्नै बारेमा
अनि प्यारी बहिनी बिनीको बारेमा
बिनी आङाको त कुरा नै के गरौ र खोइ,
मेरो साह्रै ख्याल राख्ने अनि सबैको प्यारी
थोरै शब्दहरु मात्र लेखेको छु,
चित्त नबुझे कसैलाई सुझाब दिन नभुल्नु
मेरो आफ्नो बारेमा त खासै केही छैन,
सबैको तारिफको लागि यो लेखेको छु !!


5 comments

daile ta chautari ko sathiharu sabaiko nature poemma express garnu vayechha. i have came to know some things abt them and main that i know ur new talent... keep it up dai ... do ur best

Thank you samten ji for your all words of encouragements....

I'm really happy to get all the words from you.... Hope will get your such frequent touch on wards....

वाव!वाव ब्रो अब ब्रोको कवित्वको बारेमा कसरी पो प्रश्न खडा गर्न सकिन्छ र ! मात्र एउटै अनुरोध प्लिज मेरो पनि यसैगरी सुन्दर कवितामा वर्णन गरिदिनुहुन्थ्यो कि? हा हा हा हा .....
बधाईछ ब्रो यसरी नै कदमहरु अघी बढी रहोस ज्याबाडान्बा!

अब ब्रोलाई मैले प्रत्य्क्ष भेटेको भए त पुरै तारिफ गरिदिन्थे नि । मेरो दुर्भाग्य नै भन्नुपर्ला ब्रोसँग मात्रा नभेट्नु । अबस्य पनि शब्दचित्रमा हजुरलाई आउँदा दिनहरुमा गर्नेछु ।

थुजेछे ब्रोको कमेन्टसको लागि .............

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।