बाँदरको कामको चर्चा जताततै हुन थालेका छन्

अचानोको पीडा कति हुन्छ भनेर
खुकुरीलाई कहाँ नै पो थाहा हुन्छ र
पीर ब्यथा कति हुन्छ मनमा भनेर
पीडा दिनेलाई कहाँ पो थाहा हुन्छ र !!


राम्रो काम गर्नेको खुट्टा तानेका छन्
बाँदरको चर्चा जताततै हुन थालेका छन्
आफ्नो सुन्दर घर बनाउने त कुरै छाडौ
अरु घरलाई बिगार्ने खेलमा तल्लिन छन् !!


तानातान, काटाकाट्को भयानक खेलमा
कैयौ यहाँ अलपत्रको पात्र बनेका छन्
हत्या र हिङ्साको यो डरलाग्दो चक्रब्यूमा
आफ्नै प्रिय-आफन्तजन फसेका छन् !!


पीडा सहन नसकी नेपाल आमा रोइरहेछ
सड्यन्त्रको जालो अझै बिछ्याउन खोज्दैछ
एक अर्का बिचको द्वन्द मौलाउदै जादा
पीडाले कैयौ मनहरु छट्पटाइरहेछन् !!

मणिकलाल घिसिङ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।