हासिरहेको मेरो मन नचाहेर पनि रुनु परेको छ

हासिरहेको मेरो मन नचाहेर पनि रुनु परेको छ
आज शिर ठाडो गर्न नसकी त्यसै झुक्नु परेको छ !!

लाग्छ शान्तिप्रेमी नेपाली बलेर अब खरानी हुन्छ
आँखाबाट झरिएका आशुले बिझ्ने सिरानी हुन्छ !!

ऊराठलाग्दा दिनहरुले आज बेस्सरी घेर्न थालेको छ
घाइते यो शरीरलाई अर्को बेदनाले बेर्न थालेको छ !!

आफ्नै भुमिमा पराईले कब्जा जमाउदा, लुक्नु परेको छ
स्वाभिमानमा धक्का पर्दा, आज त्यसइ झुक्नु परेको छ !!

कैयौ पटक हामी रोइरहेका छौ, रोदनको यहाँ कतै अर्थ छैन
कैयौ पटक हामी मरिरहेका छौ,बाच्नुको यहाँ कुनै अर्थ छैन !!


हलो छोडि सुनौलो बिहानी चिहाउदै बिदेश छिरेका थिए
निर्दयी मृत्‍यु त्यहापनि पछयाऊदै  सँगसंगै हिंडेका थिए !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।