बिशेष धन्यवाद बिशेष उपहारको लागि ।

मेरा अत्यन्तै आत्मिय मित्र सुरेशमान रुम्बाबाट मेरो जन्मदिनमा प्राप्त यो सुन्दर उपहारबाट म निकै प्रभाबित भएँ । लाखौं लाख धन्यवाद सुन्दर बिशेष कोशेली बिशेष दिनमा बिशेष रुपमा पठाउनुभएकोमा ।  

Sureshman Rumba Tamang
यि सुन्दर मुहारमा,हाँसो छरोस सधैंभरी ।
ति अन्तर हृदयमा,खुशी भरोस सधैंभरी ।

संघर्षका पाइलाहरु,सफलता चुमिरहदा।
दशा अनी ग्रहहरु,आफै मरोस सधैंभरी।

कती ठाउँ चिप्लिएर,धेरै पटक लडेपनी।
सहासी ति गोडाहरु,अघी सरोस सधैंभरी।

जीवनका प्रयास हरु,सबै जित बनी दिन।
कुबिचारी सत्रु सबै,थला परोस सधैं भरी।
जन्म दिनको शुभकामना स्वरुप मन भित्रै देखिको २ शब्द यहाँलाई।स्विकार्नुस ल...

2 comments

थुजेछे मणिक जी।
'यहाँको बिशेष दिन को जानकारी पाउदा।मन मस्तिस्कमा उत्पन्न अन्तर भावलाई शब्दहरुमा दर्शाउने थोरै प्रयत्न गरेको थिए।जस्लाई यहाँले एती गहिरो रुप्मा लिनु भई। आफ्नो सुन्दर फुलबारिमा समेत सजाउनु भएकोमा हृदय देखिनै धन्यवाद यहाँलाई।यहाँ जस्तो बौद्धिक ब्यक्तित्व सँग मित्रताको साईनो जोड्न पाउनुमानै अती खुशी छु।पक्कै पनि हाम्रो आत्मियता जीवन्त सम्मा रहिरहने नै छ।
यहाँको सम्पूर्ण पल शुभ रहोस पुन:कामना।
ल्हासो फ्याफुल्ला..!

मेरो बिशेष दिनमा यहाँको यी बिशेष शब्दहरु मेरा लागि साच्चिकै धेरै महत्व राख्दै थियो । त्यसैले मैले खुशी ब्यक्त गर्न क्रममा यसलाई मनबाट त ग्रहन गरिलिएँ तर सम्झनाको लागि यहाँ पनि सजाएर राखेँ । यहाँसँगको यो नाता अबस्य पनि यसरी नै सुन्दर रुपमा चलिरहनेछन् । यहाँको ब्यक्तित्वबाट म अत्यन्तै प्रभाबित हुने गर्छु । लासो थुजेछे ।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।