तामाङ चौतारी समूहको भाषाबिद अमृत योन्जनसँगको कुराकानी


तामाङ चौतारी समूहले तामाङ भाषा,कला, संस्क्रितीसँग प्रत्यक्ष सरोकार राख्ने सवालहरुलाई सम्बन्धित क्षेत्रमा बिज्ञ प्राप्त ब्यक्तित्वहरुहरुसँग प्रत्यक्ष जोड्ने प्रयास गर्दै आएको छ र गर्दै जानेछन् । सोही क्रममा हामीले तामाङ भाषा सम्बन्धी आएका बिभिन्न जिज्ञासाहरुलाई सम्बोधन हुने गरी भाषाबिद अमृत योन्जनसँग छलफल चलाएका थियौँ । तामाङ भाषामा बिभिन्न खाले बिबाद देखिन्छ । जस्तो पूर्वको तामाङले बोल्ने शब्दलवज र पश्चिमको तामाङले बोल्ने शब्दलवजमा धेरै भिन्नता पाईन्छ । कुन ठाउँको भाषा चाँही तामाङको अधिकारिक भाषाको रुपमा तामाङ भाषा भनेर लिन सकिन्छ र तामाङ भाषामा एकरुपता ल्याउन के कसरी भूमिका खेल्न सकिन्छ ? भन्ने सवालहरु बोकेर हामी भाषाबिद अमृत योन्जनको निवासस्थान गएर बुझ्ने प्रयास गरेका थियौ ।

तामाङ चौतारी समूह:कसैले काभ्रेको तेमालबाट तामाङ भाषाको राम्रो बिकास भएको भनेर भनिने गरिन्छ । तर होइन धादिङको तामाङले बोलिने भाषा पनि आधिकारिक हुन् भनेर भन्छन् । कुन ठाउँको भाषा वास्तवमा तामाङहरुको वास्तविक भाषा वा अधिकारिक तामाङ भाषाको रुपमा लिन सक्छौ ?


भाषाबिद अमृत योजन: भाषाको महत्व के हुन्छ भने भाषाले संस्कृतिलाई बोकेको हुन्छ । संस्कृतिको उपहार मानिन्छ । भाषा बिनाको संस्क्रिती सम्भब हुन्न हुँदैन भन्छ । उदाहरणको लागि "त्यो" शब्दलाई अंग्रेजिमा That शब्दले सम्बोधन गर्ने गरिन्छ । तामाङमा भने प्रशस्त शब्दहरु छन् "तोजा", "मजा", "केजा", "ओजा" । तोजा म्हिसे गोजा बासी खाजी भन्यो भने तामाङहरु तलपट्टी कुद्छन् । मजा म्हिसे कटी बासी खाजी भन्यो भने माथितिर कुद्छन् । तर नेपाली भाषामा "त्यो मान्छेले लौरो लिएर आयो भने" नेपालीहरु कतातिर कुद्छन् भन्ने थाहा हुन्न । किनभने कतातिरबाट आयो भन्ने थाहा छैन । अर्को भाषा उदाहरणको लागि "जुका" नेपाली शब्दलाई तामाङ भाषामा "म्ली" अथवा "तिबाइ\ताङ्बात" शब्दहरु प्रयोग गर्छन् । "म्ली" भन्ने बितिक्कै तामाङहरुले नाकमा पस्ने जुका र तिबाई भन्ने बितिक्कै माथि लेकको जुका भन्ने बुझिन्छ । तर नेपाली भाषामा कुन जुका कुन जुका थाहा हुन्न ।

भाषा संस्क्रिती र स्थानिय ज्ञानको Indigenous Knowledge को बहाब भएको हुनाले यो ठाउँको भाषा ठीक, यो ठाउँको भाषा बेठिक भनेर भन्न सकिन्न । भाषा बिज्ञानको विद्यार्थिले यो चाँही भाषा हो, यो चाँही भाषिका हो भनेर भन्न मिल्दैन । सबै भाषा आफ्नो ठाउँमा समान  हुन्छ । बरु के भन्न सक्छौ भने Regional Variation को आधारमा यो पूर्वको, यो पश्चिमको, यो तेमालको भाषा भनेर भन्न सक्छौ । तर यो ठाउँको भाषा ठीक भनेर भन्न मिल्दैन ।  यसले गर्दा त्यहाँ भएको Knowledge System खत्तम हुन्छ । भाषा Height अनुसार प्रयोग गर्नुपर्ने हुन्छ । लेकमा प्रयोग गर्ने शब्दहरु लेकमा पाएका जिवजन्तु, बिरुवालाई नाम दिन प्रयोग हुने गर्छन् । लेक नभएका ठाउँहरुमा अर्कै भाषा प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले सबैको भाषा उतिक्कै महत्वपूर्ण  छ ।

अहिले संघात्मक राज्यको कुरा उठिरहेको छ । स्थानिय तहको कुरा उठिरहदा कुनै ठाउँको भाषालाई मानार्थ भनेर भन्न मिल्दैन । भाषा र भाषिका कस्तो रहेछ भने, Power मा हुनेहरुकोलाई भाषा र Powerless हरुको भाषिका भन्ने रहेछ । जस्तो लामो समयसम्म बिकास गरेर ल्यायो भानुभक्तले अन्तमा हेमराजले दरबारमा बसेर व्याकरण लेखेर हेमराजको भाषा प्रयोग गरियो । त्यसकारण भाषा भनेको Power हो । अनि भाषिका भनेको Powerless हो । भोली त्यही Powerless मान्छे Power मा पुगेपछी त्यही त्यो भाषा, भाषा हुन्छ । त्यसैले हुनसक्छ अहिले पूर्वको तामाङहरु Power मा हौला तर भोली रसुवाको तामाङ पनि Power मा पुग्न सक्छन् । त्यत्तिखेर उनिहरुले आफ्नो भाषालाई आधिकारीक बनाउने भनेर भन्छन् । त्यसैले स्थानिय भाषाको संरक्षण गर्ने भनेको स्थानिय रुपमा महत्व दिएर गर्नुपर्छ ।

जहाँसम्म मानक भाषा वा Standard भाषा निर्माणको सवाल छ, उनिहरुलाई टेक्नोलोजिकल शब्दहरु, प्रशासनिक भाषा, शिक्षामा प्रयोग गरिने भाषामा के लाई के भन्ने उल्लेख गर्न सकिन्छ । जस्तो परिक्षालाई के भन्ने, प्रश्नपत्रलाई के भन्ने, बेन्च टेबल कुर्सिलाई के भन्ने, सामान्य बोल्चालमा बोलिने घाँस, दाउरालाई के भन्ने शब्दहरु भयो भने सजिलो हुन्छ । हामिसँग जिवजन्तुसँग बोल्ने भाषा छ । यस्ता शब्दहरुलाई हामी बनाउन सक्छौ । राजनैतिक भाषाहरुलाई बनाउन सक्छौ । मोबाइल, टिभी लाई के भन्ने भनेर हामीसँग शब्द छैन । त्यसलाई यसो भनौ भनेर मान्यता दिएर बनाउन सक्छौ ।

तामाङ चौतारी समूह:देशको राजनीति एक संघियतातर्फ जाँदै छ । भोली केही गरेर ताम्सालिङ प्राप्त भो भने आधिकारीक रुपमा तामाङको लागि Standard तामाङ भाषाको पनि कुरा उठ्न सकिन्छ नि ?

भाषाबिद अमृत योन्जन:के लाई के भन्ने भनेर पढेको मान्छेबाट वा प्रशासानीक क्षेत्रमा काम गर्ने मान्छेहरुबाट शब्दहरु बनाउन सकिन्छ । त्यो चाँही Registered Standard Language हुन्छ । तर Local जुन Knowledge छ, त्यसलाई बिगारेर मेरो, उसको र हाम्रो भन्न मिल्दैन । त्यसको लागि प्रशासनलाई के भन्ने ? शिक्षालाई के भन्ने ? सिडियो लाई के भन्ने ? यस्तायस्ता प्रशासानीक भाषालाई चाँही Common रुपमा बिकास गर्नुपर्छ । जुन Standard हुन्छन् ।

अर्को के पनि गर्न सकिन्छ भने प्राबि तहसम्म स्थानिय रुपमा बोलिने भाषालाई नै प्रयोग गर्न सकिन्छ । निमाबि तहमा पुगेपछी अली ठुलो क्षेत्रफलमा प्रयोग गर्ने भाषाको मानक भएर आउछ । हाइ स्कूल भएपछी जो जो ठाउँको विद्यार्थीहरु आउछन् सबैको भाषा प्रयोगमा आउने गर्छन्, त्यही शब्दहरुलाई प्रयोगमा ल्याउने पर्ने हुन्छ । क्याम्पसमा पुगेपछ्ही कत्ती क्षेत्रफल त्यसले समाबेश गर्न सकिन्छ, क्रमबद्ध रुपमा बिकास गर्नुपर्छ । एकै चोटि भने यो सम्भब हुन्न ।

काठमाडौंमा बस्ने तामाङहरुले शब्दहरु बनाउदै लाद्दै गयो भने त्यो जुगौ जुग नटिक्न सक्छ । सबैको, सबै क्षेत्रको सहभागीतामा शब्द निर्माण गर्नुपर्ने देखिन्छ । यसरी मानक भाषाको बिकास गरौ ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।