रामेछाप बेथान डहूमा ल्होछारको भब्य तयारी:

रेडियो नेपालको प्रसारण केन्द्र सिंहदरबारबाट प्रतेक बिहीवार १०:१५ बजे स्ह्याल्गार कार्यक्रम प्रसारित हुँदै आएको छ । यो बिहीवारको कार्यक्रममा बिभिन्न क्षेत्र संघसंस्थाका प्रतिनिधिहरुसँग कुन ठाउँमा के कसरी कार्यक्रम मनाउने तयारीमा छन् भनी रेडियो नेपालले बिभिन्न ब्यक्तित्वसँग प्रत्यक्ष कुराकानी गरेका थिए । ताम्सालिङ क्षेत्रका बिभिन्न जिल्लाहरुमा ल्होछार मनाउन बिभिन्न संघसंस्थाहरु लागि परेका छन् । यसै क्रममा रामेछाप बेथान ७ डहू मूल ल्होछार आयोजक समितीले पनि ल्होछार एक भब्यताका साथ मनाउने तयारी गरेका छन् । सोही क्रममा के कस्ता कार्यक्रमहरु गर्दै छन् ? र त्यहाँको ताजा बस्तुस्थिबारे "स्ह्याल्गार" ले रामेछाप बेथान ७ डहू मूल ल्होछार आयोजक समितीका संयोजक धनलाल घिसिङसँग गरिएको कुराकानी जस्ताको तस्तै:

स्ह्याल्गार कार्यक्रम:ल्होछार मूल आयोजक समाहरोह समिती रामेछाप बेथानले ल्होछार आयोजना गर्दै छन् बिभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ल्होछार मनाउने तयारीमा हुनुहुन्छ । यसको बारेमा स्पस्ट पारीदिनुस् न ।
धनलाल घिसिङ:यो पर्ब परापुर्ब कालदेखी मनाउदै आएको रहेछ । २८४८ औ डुक ल्हो लाई बिदाइ गर्दै २८४९ औ डुल ल्हो लाई स्वागत गर्न तयारी समिती तयार परेका थियौँ । तयारी समितिमा संयुक्त टोल सुधार समिती अथवा डहू बेथान मूल ल्होछार आयोजक समिती गठन गरेका थियौँ  । जसले २८ गते ल्होछारलाई भब्य रुपमा सांस्कृतिक कार्यक्रमसहित मनाउने छ ।

सो ल्होछार कार्यक्रममा ल्होछार के हो? ल्होछारको उत्पती कसरी भयो? ल्होछार कसरी मनाउने? कसरी २८४९ संबत भयो ? ल्होछार मनाउने बिधी के हो ? परम्परागत नियम के हो ? तामाङ सन्तान वा समुदायभित्र फुल्न आयो ल्होछार ? यी यावत बिषयहरुमा अझ स्पस्ट पार्ने कार्यक्रम हुँदै छन् ।

स्याल्गार कार्यक्रम: यसको तयारी के कस्तो अवस्थामा पुगियो ? त्यहाँ आउन चाहने पाहुनाहरुलाई के भन्न चाहनुहुन्छ ?  
धनलाल घिसिङ: हाम्रो यो ल्होछार लागि तयारीको करिब् करिब अन्तिम तयारीमा पुगेका छौ । अहिले सम्मको अवस्था चाँही एकदमै भब्य रुपमा अगाडि बढेको स्थिती छ । मूल आयोजकको समितिको तर्फबाट विश्वका सम्पूर्णलाई २८४९ औ डुल ल्होछारको शुभकामना । त्यसै गरी रेडियो नेपालको स्याल्गार कार्यक्रममा अतिथीको रुपमा मूल आयोजक समितिलाई बोलाउनुभएकोमा धेरै धेरै धन्यवाद ।

स्याल्गार कार्यक्रम: हामीले पाएको जानकारी अनुसार त्यहाँ बिभिन्न खाले तामाङ पोशाकहरु, खानाहरु प्रदर्शनी, ताम्बा बोन्बोहरुको दोहोरी कार्यक्रम लगायत अन्य कार्यक्रमहरु गर्ने तयारीमा हुनुहुन्छ रे । के कसरी यस्तो योजनाहरु तयार पार्नु भयो ?
धनलाल घिसिङ:त्यसको लागि मानबहादुर दोङ तामाङको संयोजकत्वमा सांस्कृतिक टिम गठन गरेर ताम्बा दोहोरी, तामाङ गीत दोहोरी, गान्बा गान्सुम सम्पूर्णलाई निमन्त्रना गर्दै तयारी गरेका हौ ।

स्याल्गार कार्यक्रम: यहाँहरुले त्यहाँ सम्मान गर्ने कार्यक्रम पनि राख्ने भनेर भन्नुभएको छ । कस्ता कस्ता ब्यक्ती र ब्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ?
धनलाल घिसिङ:यसपाली एस.एल.सी परिक्षामा उत्कृष्ट अङ्क ल्याएर पास हुने डहू माबिका विद्यार्थीहरुलाई सम्मान गर्दै प्रशंसापत्र दिने कार्यक्रम रहेको छ ।

स्याल्गार कार्यक्रम: अनि कसरी मनाउदै हुनुहुन्छ ल्होछार ?
धनलाल घिसिङ:टोल सुधार समितीको संयुक्त ल्होछार मनाउने कार्यक्रम भने केही दिन अघीदेखी नै थालेको छ । यसलाई पनि बिभिन्न चरणमा बाडेर हामीले तयारी गर्ने गर्छौ । गाउँभरिको बाटो, घर, टोल सफा गरिन्छ । २८४८ औ डुक ल्होलाई बिदाइ गर्न २८ गते बिहान १० बजेदेखी राती १२ बजेसम्म त्यहाँ कार्यक्रम हुने छ । कार्यक्रम पहिलो चरणमा स्वागत भाषन हुन्छ । दोश्रो चरणमा बुद्ध दर्शन के हो ? बुद्ध धर्म के हो ? हामी तामाङहरुको धर्मअनुसार के के गर्नुपर्छ ? भन्ने बारे प्रबचन अनिल घिसिङ बाट हुने छन् । त्यसैगरी ल्होछार के हो ? ल्होछार के कसरी मनाउनुपर्छ ? भन्ने बारे लामा घेदुङका केन्द्रिय अध्यक्ष दन्ढुप लामाबाट प्रबचन हुनेछन् ।

बिधिहरु भन्नाले कारसुम, ङ्हारसुम र सेरसुमको दुक्छे बनाउदै डुवा ह्रिडुक सेन्देन थाम्जे (आत्मा भएका सम्पूर्ण प्रानीहरु) को उद्धार होस् भनी सम्पूर्ण ल्होखोरहरु बनाउदै ल्होइगार (दुस्ट चिजहरु) लामाबाट फाल्ने छन् । त्यसै गरी बोन्बो, सांस्कृतिक टिमको प्रस्तुती रहनेछ । साथमा ताम्बा गान्बाहरुबाट शब्दबानी प्रस्तुत गरिनेछन् । यसरी भब्य रुपमा डहू बेथानले ल्होछारलाई मनाउने गरिन्छ र यसैलाई निरन्तरता दिने मूल आयोजक समितिको योजना छ ।

स्ह्याल्गार कार्यक्रम: सार्बजानिक रुपमा कार्यक्रम प्रस्तुतीहरुलाई अगाडि बढाउने योजनामा हुनुहुदो रहेछ । ल्होछार के कसरी भित्र्याइन्छ ? तर तामाङहरुले तामाङ  गोइलो(पोशाक) लाई यस्तै बिशेष समारोहमा मात्र लगाउने र अरुबेला खासै महत्व नदिने भन्ने गरिन्छ । रामेछाप बेथान डहूमा चाँही कस्तो स्थिती छ ? 

धनलाल घिसिङ:अत्यन्तै राम्रो प्रश्न गर्नुभयो । त्यसको लागि बिशेष धन्यवाद । रामेछाप बेथान टोल सुधार समितिले प्रतेक बर्ष ल्होछारलाई घरभित्र र सार्वजनिक, दुबै तरिकाले ल्होछार भित्राउने गर्दछन् । भन्नुपर्दा अहिले घिसिङ टोलमा २६ धुरी छन् । २९ गते २६ धुरिको भब्य संयुक्त भोज समाहरोह हुनेछन् । प्रतेक घरघरमा भोज हुने गर्छन् । दर्ज्यु, लुङ्दार लामा ल्याई शुद्धिकरण गरिन्छ । साङसेर्ग्याम् प्रतेक घरघरमा गरिन्छ । 

त्यसैगरी गङठाडो भन्ने ठाउँमा २१ धूरी, कलेट टोलमा ४६ धूरी, उधी फि ९ धूरी, च्याङ्बा खान्दा ८१ धूरीमा पनि आ-आफ्नै तरिकाले ल्होछारलाई २९ गते भब्य रुपमा भित्र्याउने छन् ।

मनाउने तरिका कस्तो छ भन्ने सन्दर्भमा भन्नुपर्दा कारसुम, ङ्हारसुम, सेरसुमको आधारमा मनाइन्छ । कारसुम भन्नाले दुध, दही र घिउ जुन सेतो हुन्छ । ङ्हारसुम भन्नाले तामा, पित्तल, सुन, फलाम पखालेर बनाइन्छ । सेरसुम भन्नाले घिउ, मह र चाकु बुझाउदछ । यी सामाग्रीहरु मिसाएर गहू र चामल भुट्ने गरिन्छ । हो त्यही भुटेर बनाइएको चिजलाई छेमार दुक्छे भनिन्छ । छेमार दुक्छे ल्होछारमा आउनुहुने आफ्ना प्रियजनलाई शुभकामना दिन पहिलो प्रसादको रुपमा बाडिन्छ ।

ल्होछारलाई बिधिवत रुपमा पाँच दिन मनाइन्छ । 
पहिलो दिन:आफ्नो घरमा दर्ज्यू राखेर लामाबाट सारसेर्ग्याम गर्छ । दर्ज्यू लुङदार चढाउछ ।
दोश्रो दिन:गुथुक भन्ने नौ थरिका गेडागुडीहरु मिसाइएको थुक्पा बनाएर खाने चलन छ । यो दिन मनमा रिस भएपनि देखाउनुहुन्न भनी हासखेलको बातावरण परिवारमा छाउछ ।
तेश्रो दिन:आफ्नो परिवार बसेर आफ्नो गच्छेअनुसार मिठो खाने र भएसम्मको राम्रो कपडाहरु लाउने चलन छ । मिठो बोली बचन साट्दै माया बाड्ने गरिन्छ ।
चौथो दिन:परिवारको सबैभनदा ज्येस्ठ ब्यक्तिबाट मोलम(आशिक) लिइन्छ । सो आशिकमा बर्षभरी फेरिएको ल्हो ले सुख शान्ती ल्याउन सकियोस भनी आशिक दिइन्छ ।
पाँचौ दिन:छोरिचेलीहरु माइत छाडेर पराइ घर गएका हुन्छन् । हो ती छोरीचेलीहरुलाई बोलाएर संयुक्त भोजको आयोजना गरिन्छ । अर्थात ज्वाँईहरु आफ्नो ससुराली घर जाने गरिन्छ । रामेछाप जिल्लाको बेथान डहूमा ल्होछार घरघरमा भित्रिएको २८३१ औ खि ल्हो देखी मनाउदै आएको छ ।

स्ह्याल्गार कार्यक्रम: यहाहरुको ल्होछार मनाउने तरिका बिशेष रहेको हामीले थाहा पायौ । यसलाई अझ राम्रो ब्यबस्थित सभ्य भब्य रुपमा मनाउन सकियोस भनी हाम्रो तर्फबाट कामना । अन्तमा जादाजादै रामेछाप बेथान डहूमा पाल्नुहुने सम्पूर्ण अतिथि, पाहुना तथा शुभचिन्तकहरु र अन्य ब्यक्तिहरुलाई के आव्हान गर्न चाहनुहुन्छ ?
धनलाल घिसिङ:रामेछाप बेथान डहू संयुक्त आयोजक समितिको तर्फबाट सम्पूर्ण पाहुनाहरुलाई यो २८४९ औ डुल ल्होको उपलक्षमा पाल्नुहुन अनुरोध गरिन्छ । रेडियो नेपालका यस कार्यक्रमका सम्पूर्ण टिमलाई पनि उपस्थितिको लागि अनुरोध गरिन्छ । र सम्पूर्ण ल्होछारप्रेमी, तामाङ रिमठिम उठाउन जोगाउन मनै देखी लाग्ने सम्पूर्णलाई २८४९ औ डुल ल्होछारको शुभकामना । लासो थुजेछे ।   

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।