राजेन्द्र लामाको प्रस्तुती छारदिङ चाडै बजारमा

केही दिन अघि तामाङ चौतारी समूहले नव आशलाग्दा प्रतिभाशाली गायक राजेन्द्र लामासँग प्रत्यक्ष कुराकानी गरिएको थियो सानै उमेरदेखी गीत संगीतमा खुबै रमाउने गायक राजेन्द्र लामाले अन्ततःछारदिङनामक एल्बम बजारमा ल्याएको पछिल्लो समयमा तामाङ गीत संगीतमा थोरै धेरैले पाईला चालेको अवस्थामा गायक राजेन्द्र लामा पनि आफ्नो नयाँ एल्बम विल्कुल नयाँ स्वाद नयाँ पन नयाँ स्वरले परिचित हुन प्रयास गर्दै छन्
 
यस एल्बममा नयाँ प्रतिभाहरुलाई स्थान दिर्ईएको डुप्साङ लामा, पेमा लामा राजेन्द्र लामा स्वयंको शब्द रहेको यस एल्बममा संगीत विश्व दोङ शिखर मोक्तानले दिएका छन् स्वर स्वयं राजेन्द्र लामाको इन्दिरा गोले गुरुङको रहेको यसलाई श्री म्यूजिक प्रालिले बजारमा ल्याएको हो यसमा चार गीतहरुलाई समावेश गरिएको भने टुँडिखेलको बृहत ल्होछार कार्यक्रममा यसको विमोचन गरिने राजेन्द्र लामाले बताएका छन्

काभ्रे तिमाल चापाखोरी, धुल्खुमा जन्मेर निमावि स्तरको पढाई गाउँमा पुरा गर्दै काठमाडौं प्रवेश गरेका थिए पढाईको महत्व अत्यन्तै रहेको हुनाले उनले काठमाडौंको नन्दीरात्री माविमा रात्री अध्ययण गर्दै प्रवेशिका परिक्षा उत्तिर्ण गरेका थिए काठमाडौंको महंगी, त्यसैले आफूलाई आफैले बचाउन यही वातावरणमा घुलाउनभुलाउन पर्यटन ब्यबासायीलाई अँगालेका थिए

हामीसँगको कुराकानीमातामाङ गीत सगीत आफैमा एक उत्कृष्ट मानिन्छ त्यसैले यो उत्कृष्ट तामाङ गीत संगीतमा मैले पनि एक पाइला चालेको हुँ उनको भनाई थियोेसाहित्यको विभिन्न विधामध्ये गीत एउटा राम्रो विधा हो संगीतको धुनसँगै गुञ्जित स्वर शब्द सबैभन्दा चाडो प्रशारित हुने गर्दछन् तामाङ गीतसंगीतको माध्यमबाट तामाङ संस्कार संस्कृतिलाई संरक्षण, संवद्र्धन गर्दै अझ यसको स्तरलाई उचो पार्ने उनको उद्धेश्य

हाल नाङसाल क्लबका सल्लाहकारको रुपमा रहेर विभिन्न कार्यक्रमहरुलाई संचालन गर्दै संस्थागत रुपमा तामाङ समाजमा छाउदै आएको साहित्यिक अभियान चलाउदै नेपालको कुनाकाप्चाका तामाङहरुमा चेतनाको उज्यालो पुयाउने उनको भविष्यको योजना

छारदिङएल्बमको कन्सेप्ट कसरी आयो भन्ने हाम्रो प्रश्नमा, “गीत संगीतमा सानैदेखि रुचि भएपनि अवसर नपाएको अवस्था थियो युवा रचनाकार डुप्साङ लामाखोर, शिखर मोक्तान, विश्व दोङसँगको सुगम भेटपछि भने आफ्नो मनले गरेको निर्णयलाई साकार रुप दिने प्रयास भो सात आठ महिनाको लामो संघर्षपछि छारदिङ एल्बम बल्ल तयार भो

नाम छारदिङ नै किन भन्ने हाम्रो प्रश्नमा उनको यस्तो जवाफ थियो, “कत्तिपयलाई छारदिङको अर्थ थाहा नहुन सक्छ छारदिङ भन्नाले पुरानो सकिएर नयाँ वर्षको सुरुवात अर्थात नयाँ साल भन्ने बुझाउदछ त्यसैमा थप्दै, “नयाँ एल्बम नयाँ वर्षको सुरुवातमा नयाँ उपहारको रुपमा श्रोताहरुलाई हातमा थमाउने प्रयास हो पछिल्लो समयमा युवाहरुले आफ्नो भाषा, कला, संस्कृति विर्षदै गएको तिक्तता त्यसैले हाम्रो संस्कृतिलाई उठाउन जोगाउन आव्हान गरेका गीतहरु समावेश गर्ने प्रयास गरेको छु

भनेपछि यसमा सामाजिक चेतना भएका गीतहरुमात्र समावेश गरिएको भन्दा हुन्छ हैन भन्ने हाम्रो प्रश्नमा, “प्राथमिकता त्यस्तो गीतहरुलाई दिइएतापनि मनोरञ्जन सबैखाले जमातलाई समेट्न अरु स्वादका गीतहरु पनि राखिएको यहाँले यो एल्बमका गीतहरु सुनेपछि पक्कै भन्नुहुनेछ, यो एल्बम सबै वर्गका ब्यक्तिहरुको लागि आएको रहेछ भनी

अन्तमा के भन्न चाहनुहुन्छ ? जवाफ दिदै, “आउदै गरेको २८४९ औं डुल ल्होछारको अबसरमा देश विदेश रहनुहुने सम्पूर्ण ल्हाछारप्रेमी आदरनिय दाजुभाई तथा दिदीबहिनीहरुमा ल्होछारको ज्याबाडान्बा मेरो यो पहिलो प्रयास के कस्तो , आफ्ना सल्लाह सुझाव निर्धक्क राख्नुहोला यहाँहरुबाट माया पाएमा मैले तामाङ गीत संगीतको लागि यस्तै अन्य प्रयासहरु थाल्ने छु थुजेछे

प्रस्तुती:माणिकलाल घिसिङ तामाङ
www.ngyalalani.blogspot.com

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।