राजेन्द्र लामाको प्रस्तुती छारदिङ चाडै बजारमा

केही दिन अघि तामाङ चौतारी समूहले नव आशलाग्दा प्रतिभाशाली गायक राजेन्द्र लामासँग प्रत्यक्ष कुराकानी गरिएको थियो । सानै उमेरदेखी गीत संगीतमा खुबै रमाउने गायक राजेन्द्र लामाले अन्ततः “छारदिङ” नामक एल्बम बजारमा ल्याएको छ । पछिल्लो समयमा तामाङ गीत संगीतमा थोरै धेरैले पाईला चालेको अवस्थामा गायक राजेन्द्र लामा पनि आफ्नो नयाँ एल्बम विल्कुल नयाँ स्वाद नयाँ पन नयाँ स्वरले परिचित हुन प्रयास गर्दै छन् ।
 
यस एल्बममा नयाँ प्रतिभाहरुलाई स्थान दिर्ईएको छ । डुप्साङ लामा, पेमा लामा र राजेन्द्र लामा स्वयंको शब्द रहेको यस एल्बममा संगीत विश्व दोङ र शिखर मोक्तानले दिएका छन् । र स्वर स्वयं राजेन्द्र लामाको र इन्दिरा गोले गुरुङको रहेको छ । यसलाई श्री म्यूजिक प्रालिले बजारमा ल्याएको हो । यसमा चार गीतहरुलाई समावेश गरिएको छ भने टुँडिखेलको बृहत ल्होछार कार्यक्रममा यसको विमोचन गरिने राजेन्द्र लामाले बताएका छन् ।

काभ्रे तिमाल चापाखोरी, धुल्खुमा जन्मेर निमावि स्तरको पढाई गाउँमा पुरा गर्दै काठमाडौं प्रवेश गरेका थिए । पढाईको महत्व अत्यन्तै रहेको हुनाले उनले काठमाडौंको नन्दीरात्री माविमा रात्री अध्ययण गर्दै प्रवेशिका परिक्षा उत्तिर्ण गरेका थिए । काठमाडौंको महंगी, त्यसैले आफूलाई आफैले बचाउन र यही वातावरणमा घुलाउन–भुलाउन पर्यटन ब्यबासायीलाई अँगालेका थिए ।

हामीसँगको कुराकानीमा “तामाङ गीत सगीत आफैमा एक उत्कृष्ट मानिन्छ । त्यसैले यो उत्कृष्ट तामाङ गीत संगीतमा मैले पनि एक पाइला चालेको हुँ ।” र उनको भनाई थियोे “साहित्यको विभिन्न विधामध्ये गीत एउटा राम्रो विधा हो र संगीतको धुनसँगै गुञ्जित स्वर शब्द सबैभन्दा चाडो प्रशारित हुने गर्दछन् ।” तामाङ गीतसंगीतको माध्यमबाट तामाङ संस्कार संस्कृतिलाई संरक्षण, संवद्र्धन गर्दै अझ यसको स्तरलाई उचो पार्ने उनको उद्धेश्य छ ।

हाल नाङसाल क्लबका सल्लाहकारको रुपमा रहेर विभिन्न कार्यक्रमहरुलाई संचालन गर्दै संस्थागत रुपमा तामाङ समाजमा छाउदै आएको छ । साहित्यिक अभियान चलाउदै नेपालको कुनाकाप्चाका तामाङहरुमा चेतनाको उज्यालो पु–याउने उनको भविष्यको योजना छ ।

“छारदिङ” एल्बमको कन्सेप्ट कसरी आयो भन्ने हाम्रो प्रश्नमा, “गीत संगीतमा सानैदेखि रुचि भएपनि अवसर नपाएको अवस्था थियो । युवा रचनाकार डुप्साङ लामाखोर, शिखर मोक्तान, विश्व दोङसँगको सुगम भेटपछि भने आफ्नो मनले गरेको निर्णयलाई साकार रुप दिने प्रयास भो । सात आठ महिनाको लामो संघर्षपछि छारदिङ एल्बम बल्ल तयार भो ।”

नाम छारदिङ नै किन भन्ने हाम्रो प्रश्नमा उनको यस्तो जवाफ थियो, “कत्तिपयलाई छारदिङको अर्थ थाहा नहुन सक्छ । छारदिङ भन्नाले पुरानो सकिएर नयाँ वर्षको सुरुवात अर्थात नयाँ साल भन्ने बुझाउदछ ।” त्यसैमा थप्दै, “नयाँ एल्बम नयाँ वर्षको सुरुवातमा नयाँ उपहारको रुपमा श्रोताहरुलाई हातमा थमाउने प्रयास हो । पछिल्लो समयमा युवाहरुले आफ्नो भाषा, कला, संस्कृति विर्षदै गएको तिक्तता छ । त्यसैले हाम्रो संस्कृतिलाई उठाउन जोगाउन आव्हान गरेका गीतहरु समावेश गर्ने प्रयास गरेको छु ।”

भनेपछि यसमा सामाजिक चेतना भएका गीतहरुमात्र समावेश गरिएको छ भन्दा हुन्छ हैन त भन्ने हाम्रो प्रश्नमा, “प्राथमिकता त्यस्तो गीतहरुलाई दिइएतापनि मनोरञ्जन र सबैखाले जमातलाई समेट्न अरु स्वादका गीतहरु पनि राखिएको छ । यहाँले यो एल्बमका गीतहरु सुनेपछि पक्कै भन्नुहुनेछ, यो एल्बम सबै वर्गका ब्यक्तिहरुको लागि आएको रहेछ भनी ।”

अन्तमा के भन्न चाहनुहुन्छ ? जवाफ दिदै, “आउदै गरेको २८४९ औं डुल ल्होछारको अबसरमा देश विदेश रहनुहुने सम्पूर्ण ल्हाछारप्रेमी आदरनिय दाजुभाई तथा दिदीबहिनीहरुमा ल्होछारको ज्याबाडान्बा । मेरो यो पहिलो प्रयास के कस्तो छ, आफ्ना सल्लाह सुझाव निर्धक्क राख्नुहोला । यहाँहरुबाट माया पाएमा मैले तामाङ गीत संगीतको लागि यस्तै अन्य प्रयासहरु थाल्ने छु । थुजेछे ।”

प्रस्तुती:माणिकलाल घिसिङ तामाङ
www.ngyalalani.blogspot.com

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।