नाङ्साल क्लब नेपालको साहित्यिक अभियान

पौष-७, ओखरपौवा, नुवाकोट ।

नाङ्साल क्लब नेपालले "मोक्कोन तामाङला गिख्खेन काई, तामाङ ह्युल्बादा छोर्नालाई" नारा राख्दै "नाङ्साल साहित्यिक अभियान" को पहिलो पाइला नुवाकोटको ओखरपौवा गा.बि.स.मा चालेको छ । बिगतमा महिनाको पहिलो हप्ताको शनिबार साहित्य बाचन काठमाडौं उपत्यकाभित्र गर्दै आएको थियो । तर उपत्यकाभित्र एउटा बन्द कोठाभित्र साहित्य जस्तो महत्वपूर्ण चिजलाई सिमित राखिनुहुन्न भनेर यसपाली उपत्यका बाहिर कार्यक्रम गर्दै साहित्यिक अभियान थालेको छ । यसअघि तामाङ श्रस्टा समाजले नगरकोट, तामाङ डाजाङले ललितपुर जिल्ला र केही उपत्यका बाहिरका ठाउँहरुमा साहित्यिक अभियान चलाएको थियो ।

कार्यक्रमले प्रमुख अतिथीको हातबाट द्विप प्रज्वलन भैसकेपछि औपचारिकता पाएको थियो । भाषाबिद अमृत योन्जनको प्रमुख आतिथ्य र नाङ्साल क्लब नेपालका अध्यक्ष हिकमत सिंह वाइबाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा दर्जनभन्दा बढी तामाङ समाजका बिशिस्ट ब्यक्तित्वहरुलाई आसन ग्रहन गराइएको थियो । कार्यक्रम सन्चालन प्रबिना लो र मिकसाङ वाइबाले गर्नुभएको थियो ।

नाङसाल साहित्य बिभाग प्रमुख छत्र लामा ङेस्युरले कार्यपत्रलाई संक्षेपमा राख्नुभएको थियो । उहाँले नाङ्साल क्लब स्थापना, गठन प्रकृया, यसले बिगतमा गरेका कार्यक्रमहरु, यसको उद्धेश्य र योजनाबारे आफ्नो बिचार राख्नुभएको थियो । नाङ्साल क्लब नेपाल देशब्यापी रुपमा साहित्यिक अभियानमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । साहित्यिक अभियान मार्फत ताम्सालिङ स्थापनाको महान कार्य सम्पन्न गर्न सक्दछ भन्ने उहाँको ठहर थियो । र तामाङ भाषाको संरक्षण गर्ने एउटा गतिलो माध्यम साहित्य रहेको कुरा ब्यक्त गर्नुभयो । यो साहित्यिक अभियानमा सम्पूर्ण संघ संस्थाका ब्यक्तिहरुको साथ रहने छ भनी अपेक्षा र आह्वान गर्नुभयो ।

उपत्यका र स्थानिय साहित्यकार गरेर दुई दर्जनभन्दा बढीले आफ्नो साहित्यिक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमलाई मनोरन्जन दिन रामकुमारी ब्लोन, राजेन्द्र लामा, डुपसाङ लामा, राकेश रुम्बा, सत्तलसिंह योन्जन लगायतले सांगेतिक प्रस्तुतीका साथ मिठो स्वर संगीतमा झुमाउनुभएको थियो ।

कार्यसमितीका सदस्य सन्जु मोक्तानले सो कार्यक्रममा आउनु भएका सहभागीहरुलाई स्वागत गर्दै नाङसाल क्लब नेपाल बारे अझ स्पस्ट पार्दै यस अभियानमा साथ दिन अनुरोध गर्नुभएको थियो ।

सेमल्हेङ न्हानका अध्यक्ष बाबुलाल स्याङ्दानले साहित्य भन्नाले गीत, गजल या कुनै बिधाको नियमलाई भाषा परिवर्तन गरी अक्षर थोपर्नुलाई भनिन्न । साहित्य समाजको वास्तविक चित्र प्रस्तुत गर्ने माध्यम हो । यसैमा थप्नुहुँदै, "साहित्यले संस्कार, संस्क्रिती, बोन्बो, ताम्बालाई समेट्न सक्नुपर्छ । तामाङ समाजभित्रका हरेक चिजलाई देखाउन सक्नु नै साहित्यको वास्तविक व्याख्या हुनसक्छ ।"

कार्यक्रममा बोल्नुहुँदै तमाङ डाजाङका अध्यक्ष बुद्ध योन्जनले यसअघी यस्तै साहित्यिक अभियान तामाङ श्रस्टा समाज र तामाङ डाजाङले पनि गर्दै आएको कुरा राख्नुभयो । त्यसैको निरन्तरताको लागि नाङ्साल क्लबले गरेको यो अभियानको तारिफ गर्नुभयो । साहित्य फुलेमा तामाङ संस्कार संस्क्रिती सबै फुल्नेछन् । र आगामी केही दिन भित्र नै काभ्रेका बिभिन्न गाबिसमा तीन दिनको साहित्यिक अभियानको तयारी तामाङ डाजाङले गरेको कुराको जानकार गराउनुभयो ।

स्थानिय संघसस्थाको तर्फबाट रमेश रुम्बा, निरमाया मोक्तान, केदार घलान, सन्चु थोकर, प्रबिना लो लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो । उहाँहरुले यस्तो कार्यक्रम गाउँगाउँ सम्म पुर्‍याउनुपर्ने सुझाउनुभएको थियो । ओखरपौवामा नौ वडा रहेको र सबै वडामा नाङ्साल क्लबको उपस्थिती पुगोस् भनी कामना ब्यक्त गर्नुभयो । यस्तो कार्यक्रम हुनुपुर्ब त्यहाँका स्थानिय क्लबहरुलाई चिट्ठी काट्दा अझ कार्यक्रममा उपस्थिती बढाउन सक्ने कुराप्रतिसमेत इङ्गित गर्नुभयो ।

उपत्यकाका बिभिन्न संघसंस्था, बुद्धिजिवी, पत्रकार तथा संचारकर्मिहरु यस कार्यलाई नाङ्साल क्लब नेपालले अझ शसक्त रुपमा अगाडि बढाउनुपर्ने बिचार ब्यक्त गर्नु भयो । यस्तो कार्यक्रम गर्दा एक दिनको लागि पर्याप्त समय नभएको हुनाले स्थानिय ब्यक्तिसँग प्रत्यक्ष साक्षात्कार गर्न र त्यहाँको अवस्थाबारे बुझ्न दुई या तीन दिन दिनको समय थप्नुपर्ने तिर संकेत गर्नुभएको थियो । बिगतले हामीलाई धेरै पछाडि पारेको छ । पहिचान सहितको संघियतामा देश प्रबेश भैसकेको अवस्थामा पनि ताम्सालिङ प्राप्तिको बाधामा खडा हुनेहरुबिरुद्ध सम्पूर्ण तामाङ लाग्नुपर्ने बताउनुभयो । ताम्सालिङ प्राप्तिको निम्ती यो जनगरण अभियान पनि हुनसक्दछ भनी नाङ्साल क्लबको कार्यलाई प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्नेहरुमा गोले के आर चालिसेली, जगतमान बल, बिष्णु दोङ, तिर्थमान बल, दीपेन्द्र दोङ तामाङ, पान्डब ग्लान लगायत हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथी भाषाबिद अमृत योन्जनले आफ्नो २०४५ सालमा प्रकाशित कृतिको एक कबिता सुनाउदै त्यत्तिखेरको साहित्यिक गतिबिधिको व्याख्या गर्नुभएको थियो । तामाङ भाषालाई अन्तरराष्ट्रिय स्तर प्राप्त गर्न र राष्ट्रिय स्तरमा यसभन्दा अघी रहेका तीन चार भाषाको दाजोमा तामाङ भाषाको स्तर उकास्नुपर्छ भनी सुझाउनुभयो ।  तामाङ साहित्यको यो अभियानमा काम गर्ने संस्थाहरु एक जुट भै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमलाई प्राबिधिक रुपमा सहयोग गर्ने तिर्थ चाम्लिङ राईले स्थानिय रुपमा कार्यक्रम बोलाउने ती चेलीहरुको मुक्तकन्ठले तारिफ गर्दै ८ हजार रुपैया नगत हस्तान्तरन गर्नुभएको थियो । राजनीति शास्त्रमा मास्टर डीग्री गर्नुभएको उहाँले अहिलेसम्म १७ वटा कृति बजारमा ल्याएको र तमाङसालिङको बारेमा Research गर्दै गरेको कुरा राख्नु भयो । साहित्यको गजल, कबिता, मुक्तक, गीत बिधाको छोटो व्याख्या सहित एक एक वटा प्रस्तुती राख्नु भएको थियो ।

कार्यक्रमका सभापति नाङसाल क्लबका अध्यक्ष हिकमत सिंह वाइबाले कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण संघसस्था, बुद्धिजिवी, पत्रकार, टिमका साथीहरु लगायतलाई धन्यवाद ज्ञापन गर्नुभयो । यो अभियानलाई गाउँगाउँसम्म पुर्‍याउने प्रतिबद्धता जनाउनुभएको थियो । तामाङ साहित्य, भाषा, कला संस्क्रितीको संरक्षण र संबर्द्धनमा नाङ्साल क्लब लागि पर्ने छ । साथमा यो कार्यलाई आगामी दिनमा यस्तै र अझ यो भन्दा बढी साथ समर्थन रहने छन् भनी अपेक्षा सेमत गर्नु भयो ।

प्रस्तुती:मणिकलाल घिसिङ तामाङ
www.ngyalalani.blogspot.com

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।