कुर्सी भो प्यारो तिनलाई सिंहदरबारको

चौरासी ब्यन्जन पकाउछन्
खान्छन् र भूँडी अघाउछन्
भोकाएका भूँडीहरुको सानो गफ हाँक्छन्
क्षनिक चिन्ता बिलाउँछ, अर्को दाउ ताक्छन्.............।।

कुर्सी भो प्यारो तिनलाई सिंहदरबारको
चासो छैन, चिन्ता शून्य जन-घरबारको
ठड्याइदिन्छ जनतालाई सपनाको महल
उभ्याइदिन्छ आशामात्र, केही हुन्न पहल ..............।।

पार्न, पर्न दिन हुन्नथ्यो' हात भ्रस्टको
लथालिङ्ग, भताभुङ्ग बेहाल राष्ट्रको
सुक्छन् र लुक्छन् बिकासका योजनाहरु
खोक्रो देशमा बन्छन् नेताका खजानाहरु..............।।

कुर्सीसत्ता नेपालको भारतबाटै चल्छ
सिमानाका बाँधहरु सिमानामै ढल्छ
बैध यहाँ भए पनि अबैध हुनुपर्छ
आफ्नो भूमिमा अरुको कैद हुनुपर्छ.................।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।