तामाङ डाजाङको ११४ औं श्रृंखला हालै सम्पन्न ।

मंसिर–३०, काठमाडौ ।
तामाङ डाजाङले आफ्नो तामाङ ग्योईकाई गेताङको ११४ औं भाग हालै एक भब्य समाहरोहबीच सम्पन्न गरेको छ । साहित्यकार, बुद्धिजीवि, पत्रकार, समाजसेवी, समाजशास्त्री, भाषाविद, गायक–गायिका, संघसंस्थाका प्रतिनिधी तथा अन्य ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम तामाङ डाजाङका अध्यक्ष बुद्ध योञ्जनको सभापतित्व र समाजशास्त्री डा. मुक्तसिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

विगतमा झैं नियमित साहित्य वाचन कार्यक्रम गरियो । जसमा मणिकलाल घिसिङ तामाङ(गजल), ढकबहादुर घिसिङ(गीत), तेज बहादुर योञ्जन(कविता), प्रेमलाल दोङ(हाइकु), निरुभक्त वाईबा(कविता), ईश्वर थोकर(कविता) लगायतले आफ्नो साहित्यिक प्रस्तुती राख्नुभएको थियो । प्रस्तुतीहरुलाई आगामी अंकको तामाङ डाजाङमा प्रकाशित गरिनेछन् । कार्यक्रमलाई सुन्दर शैलीमा मिनदोर्जे थिङ तामाङले मातृभाषामा सञ्चान गर्नुभएको थियो ।

नियमित ग्योईकाई गेताङको साथमा समाजशास्त्री डा. मुक्तसिंह लामाले Slide Presentation गर्नुभएको थियो । उक्त Presentation केही दिनअघि डा. रमेश ढुंगेलद्वारा तामाङ ईतिहासमाथि पुर्वाग्रही रुपले लेखिएको लेखप्रति केन्द्रित रहेर तामाङ ईतिहासबारे चर्चा गरिएको थियो । “यहाँहरुलाई तामाङको ईतिहास सम्वन्धि के कुरा जान्न मन लाग्छ? दुई प्रश्नमा आफ्नो जिज्ञासा राख्नुहोला” भनी दर्शकमा प्रश्न हु¥याउनुभएको थियो । सहभागीहरुबाट तामाङ ईतिहासबारे विभिन्न प्रश्नहरुमा केन्द्रित हुँदै जिज्ञासा समाधान गर्ने प्रयास गर्नुभएको थियो । जसलाई मैले बुँदागत रुपमा तल छुट्याएर राखेको छु ।

तामाङहरु मुर्मी होइननन् :
ढुंगेलको लेख प्रति केन्द्रित हुँदै तामाङ मुर्मी होईनन् । ईतिहास देखि नै तामाङ, तामाङ नै भएको कुरा स्पष्ट शब्दमा भन्नुभयो । “मुर्मी” शब्द नेवारहरुले तामाङ लाई बोलाउने शब्द हुन् । र ढुंगेलले ब्राइन हज्सनले १९०४ मा मुर्मी शब्दको प्रयोग गरेका छन् भनी उल्लेख गरेको छ । तर उक्त ग्रन्थभित्र तामाङ भाषा र नेपाली भाषामा “चुनी तमंग रुई चोपरे” “बाह्र तामाङ जात अठार” भनी उपशिर्षक छ । खासमा यो भएको कारण हज्सनले उक्त पुस्तक एक जना शाक्यलाई सम्पादन गर्न दिएको थियो । नेवारले तामाङलाई त्यत्तिखेर “मुल्मी” अर्थात “मूल वासिन्दा” भन्नुको सट्टा “मुर्मी” भनेर जिस्केको पाईन्छ । सो क्रममा त्यो पुस्तकको तामाङको बारे लेखिएको हुनाले “मुर्मी” बाहिरी कभरमा लेखिएको भन्ने बुझिन्छ, लाई ढुंगेलले आफ्नै काल्पनिक कथा जोडेर मुर्मी भनिएको स्पष्ट हुन्छ ।


तामाङको अर्थ के हो र यसको अर्थबारेः
तामाङ शब्दको वास्तविक अर्थ के हुन्छ ? भन्ने सवाल आम तामाङको मनमा उठ्नसक्छ । यसैमा थप स्पष्ट पार्दै डा. मुक्तसिंहले थप्नुभयो, “तामाङ शब्दको अर्थ मान्छेहरु फरक फरक पाईन्छ । खासगरी “ता” अर्थ घोडा त्यसैले तामाङ शब्दको अर्थ “घोडचडी सैनिक” या “ब्यापारी” भनेर आफ्नै अनुकुल ब्याख्या गरेको पाईन्छ । तर तामाङको लागि यी शब्दहरु बिलकुल नसुहाउने र तामाङको बैकल्पिक अर्थ खोज्नुपर्ने हुन्छ जसले साच्चै तामाङ के हो भन्ने कुराको ब्याख्या गरियोस् आफ्नो  विचार ब्यक्त गर्नुभयो । “तामाङ” शब्दको अर्थ तिब्बतियान र ईतिहासमा कुनै पनि प्रमाण नभएको बताउनुभयो ।

तामाङ कहाँको भन्ने सन्दर्भमाः
तामाङहरु तिब्बत या भोटबाट आएका होइनन् । तिब्बत युद्धताका यसलाई विभिन्न सय जिल्लाहरुमा बाँडिएको थियो । सो १०० जिल्लामा ताम्सालिङ नपर्नुले तामाङ तिब्बतबाट आएका होईनन् । तिब्बतियानहरुको तामाङको जस्तो रुई प्रथा नभएको हुनाले पनि तिब्बत या भोटबाट आएको भन्न नमिल्ने स्थिती हो । अर्को कारण तिब्बतियनहरुले तामाङहरुmलाई कहिल्यै तिब्बतियन भनेर सम्वोधन गरेनन् । तामाङहरु नेपालको जनसंख्यामा पाँचौ उच्च ठुलो जनसंख्या भएको जाति एकैचोटी घ्याप्प कतैबाट आएर बसेको भन्न पनि सुहाउँदैन । लेखक बाबुराम आचार्यले स्पष्ट आफ्नो पुस्तकमा भनेका छन् “Tamangs are the earliest inhabitants of Kathmandu valley” अर्थात “तामाङहरु काठमाडौं उपत्यकका पुरानो वासिन्दाहरु हुन्” । मञ्जुश्रीले जब पानी निकाले, त्यसताका देखि तामाङहरुको उपत्यकामा बसोबास भयो भन्ने ईतिहास ज्यूँदो छ ।

मान्छेहरुले आफ्नो अनुकुल विभिन्न नश्ल(Race) छुट्याउन थालियो । जसमा आँखा चिम्से, नाक थेप्चेहरु देखियो कि अरु त्यस बाहेकका जातजातिले भोटे भनेर सम्बोधन गरियो भने युरोपियन देशहरुमा मंगोलियन भनेर सम्बोधन गर्ने गरियो । युरोपियन देशहरुमा भने यस्तो मुखाकृति देखियो भने कमजोर दिमाग, ढिला विहे गरेर जन्माएका बुढा बुढी आमाका सन्तान भनेर समेत चिन्ने गरिन्थ्यो ।

कसरी छुट्टिए तामाङ अरु जातिबाट?
१–५ औं शताब्दी संक्रमनकालिन अवस्था थियो । पाचौँ शताब्दीतिर उपत्यकामा बस्नेहरु किराँती थिए । किराँती भन्नाले यहाँका सबैभन्दा पुराना आदिम बासीहरु । राईहरुले आफू किराँती अर्थात सबैभन्दा पुरानो बासीहरु भनेर दाबी गरिएका पनि पाईन्छन् । तर त्यसबेला नेवार, राई, तामाङ वा अन्य छुट्टिएको अवस्था थिएन । ६–१२ औं शताब्दीमा शक्ति संघर्ष चल्यो । त्यो लामो शक्ति संघर्षमा आफ्नै खाले जातजातिहरु छुट्टिए । नेवारले ६४ जाति छुट्याएर जातिप्रथालाई कायम गरे भने तामाङले मात्र तामाङ जाति लेखेर आफूलाई स्थापित गर्न खोजे । शक्ति संघर्षको क्रममा तामाङहरु काठमाडौं उपत्यकाको वरिपरि रहेर आफ्नो वास्थान कायम गरे भने नेवारहरु उपत्यका भित्र नै बस्न थाले । १३–१७ औं शताब्दीमा आफ्नै जाति विशेषको समूह तयार भईसकेको अवस्थामा विभिन्न स्वायत्त प्रदेशहरुको समेत निर्माण भएको थियो ।

तामाङले तामाङ कहिलेदेखी भन्दै आए?
राणा प्रधानमन्त्री भीम शमशेरले तामाङ जात दिएका होइनन् तर तामाङ लेख्न नपाउने बन्देज मात्र हटाएका हुन् । ईस्तिहारमा स्पष्ट उल्लेख गरिएको छ कि “उप्रान्त १२ तामाङलाई लामाभोटे भन्ने चलन चलेकोमा” र अर्को ठाउँमा “हामी १२ तामाङलाई आफ्नो तामाङ भनिने लेखाइने गराईबक्से हुँदो हो” भन्ने उल्लेख गरिएको पाईन्छ । डा. मुक्तसिंह लामाले यसै क्रममा बाबुराम आचार्यले तथ्य रुपमा अध्ययण गरेर तामाङको बारे लेखिएको ईतिहास समेत पढ्न सुझाउनुभयो । ऐतिहासिक अभिलेखहरुमा पनि तामाङ नामको यथेष्ट प्रयोग गरेको पाईन्छ ।

तामाङलाई लामा या भोटे किन भनियो भन्ने सन्दर्भमा डा. मुक्तसिंहले थप्नुभयो, “गोर्खाली शासन स्थापित भएपछि उनीहरु अनुकुल शासन प्रशासन चल्न सुरु भयो । जसमा तामाङले तामाङ लेख्न नपाउने बन्देज लगाईयो । गोर्खाली डकुमेन्टमा स्पष्ट सँग तामाङलाई “भोटे” वा “लामा” लेख्नुपर्ने वाध्य गराईयो । भोटे भनेर कसैले सम्बोधन गरिन्छ भने ती सम्बोधन गर्नेहरुले कि त भोटेको अर्थ थाहा नभएर कि त हेपेर बोलेको मानिन्छ । अलि सम्मानपुर्वक भाषामा “लामा जि” भनेको पाईन्छ ।” हो त्यही गोर्खाली डकुमेन्टमा भएको लामाभोटेलाई राणा प्रधानमन्त्री भीम शमशेरले हटाएर “तामाङ” लेख्न दिएका हुन् भनेर स्पष्ट पार्नुभयो ।

गोर्खाली पुर्वका स्वायत्तता (तामाङ ग्याल्बो चुङङी)ः
गोर्खाली राज्यको विस्तारपुर्व १२ ओटा स्वायत्त क्षेत्र रहेको ईतिहासले देखाउदछ । जसमा बरपाक, सेरतुङ, बस्याली, सेमजोङ, गोमजोङ, धादिङ, ककनी, नाल्दुङ, रानीबन, त्रिशुली, ताल्च्यो, साल्गाजोङ जस्ता स्वायत्त प्रदेशहरु थिए । यी प्रदेशहरुको पुर्ण विजय प्राप्त गर्न गोर्खालीहरुलाई २५ वर्ष लामो युद्ध गर्नुपरेको थियो । यसैबाट प्रमाणित हुन्छ तामाङहरु कत्ति शक्तिशाली थिए भन्ने कुरा । तेमाल आक्रमणमा गोर्खाली ३०० को संख्यामा मारिए भनेर उल्लेख गरेको पाईन्छ । हतियार सहित आएका ३०० जना मारिँदा हतियार नभएकारु कत्ति मारिए भन्ने कुरा सामान्य आकलनबाट गर्न सकिन्छ । त्यसको दुई या तीन गुणा कम्तिमा भनेपछ ६०० देखि ९०० ले कम्तिमा पनि गोर्खालीहरुको बहादुरीताका साथ लडेको हुनुपर्छ भनी स्वःअनुमान लगाउन सकिन्छ ।

तामाङहरु कुन धर्मका अनुयायी ?
तामाङहरु Himalayan Buddhism लाई मान्ने गरेको पाईन्छ । Himalayan धर्ममा पनि आ–आफ्नो धर्म स्थापित गर्न विभिन्न ताका भिसन रुपमा संघर्ष हुँदै आएको पाईन्छ । बोन धर्म र बुद्ध धर्म बीचको लडाईँमा कसैले बोन धर्मलाई अँगालेको पाईन्छ भने कसैले बुद्ध धर्मलाई मानिएको पाईन्छ । तर “तामाङ जाति एक यस्तो जाति हो जसले यी दुवैलाई समायोजन र समन्वय गर्न सक्दछन्” भनी डेभिट होमबोर्कले आफ्नो पुस्तकमा किटान गरेको पाईन्छ । त्यसैले तामाङ जनजिब्रोमा झुन्डिन्छ, “सिमा लामा तोबा, सोमा बोन्बो तोबा” अर्थात “मर्दा लामा चाहिन्छ, ज्यँदो हुँदा झाँक्री चाहिन्छ” ।

जनसंख्या मध्येमा ९२ प्रतिशत तामाङले आफ्नो मातृभाषा बोलेको देखाउँछ भने नेपालको बुद्ध धर्म मनाउने संंख्यामा ५० प्रतिशतभन्दा बढीले बुद्ध धर्म मनाउदछन् भनी उल्ले छ ।

सातौ शताब्दीतिर बुद्ध धर्म तिब्बतमा प्रसार हुँदा यहाँका तामाङले त्यत्तिखेर देखि नै आफूलाई बुद्ध धर्मको अनुयायी मान्दै आएका थिए । गुरु पद्म संभवले नेपालका विभिन्न Ôेत्र बुढानिलकण्ठ, फर्पिङ, हलेसी जस्तामा आएर बुद्ध धर्मको प्रचार प्रसार गरेको पाईन्छ । त्यसबेला देखि नै बुद्ध धर्म मान्दै आएका तामाङहरुलाई बुद्ध धर्मका अनुयायी तामाङ हुनै सक्तैन भन्ने डा. ढुंगेलको तर्क गलत भएको औल्याउनुभयो ।

प्रस्तुतीःमणिकलाल घिसिङ तामाङ
www.ngyalalani.blogspot.com


,

2 comments

तामाङ डाजाङ परिवारको लागी मेरो शुभकामना

लासो थुजेछे गणेश जि ।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।