नबंग्याइयोस तामाङहरुको ज्युँदो ईतिहास:

यो लेख मैले डाक्टर रमेश ढुङ्गेलको "भेटिएन ताम्सालिङ" शिर्शक लेखको जवाफको लागि तयार पारेको हुँ । अत्यन्तै निक्रिस्ट तरिकाले तामाङको ईतिहास सस्तो कथामा समेट्न खोजिएकोले मैले लेख्नै पर्ने बाध्यता पनि थियो । 

मलाई करिब एक हप्ता पहिले तामाङ युवा समूहका अध्यक्ष मिनदोर्जे थिङ जिले फोटो खिचेर ट्याग गरी पठाउनु भएको थियो । तर अक्षर स्पस्ट नबुझिदा र समय ब्यस्तताले गर्दा राम्रोसँग बिस्त्रितमा नजर घुमाउन नपाएको स्थिती थियो । केही अन्य साथिहरुले प्राइभेट इन्बक्समा समेत यो लेखको लिङ्क पठाउनु भएर मलाई जानकार गराउनु भएको थियो । हिजो मज्जा सँग लेखलाई नियालेर हेरेँ । अनि दँग परेँ, लाग्यो दिमाग खुस्किनेले अनेक वाइयात बकवास लेख्छन् ।

शिर्शक "भेटिएन ताम्सालिङ" राख्दै वाइयात र आधारहिन काल्पनिक कथा रच्दै लेख अगाडि बढीरहन्छ । ज्युँदो ईतिहासलाई सस्तो लोकप्रियाताको लागि कामै नलाग्ने पात्रहरु उतार्दै अन्त्यमा अर्थहिन तरिकाले लेख सकिन्छ र अलमल्लमा पढ्ने पाठक । शायद आँफैले लेखेको त्यो लेख पढ्यो भने आँफै पागल हुने र आफैले प्रयोगमा ल्याएको भाषा आँफैले नबुझ्दो हुन् । यसको ग्यारेन्टी चाँही म दिन्छु है मित्रहरु ।


तामाङ भाषा माथिको अपमान:
म तामाङ भएकोले मैले बोलिने मेरो भाषासँग खुबै प्रेम गर्छु । मैले बोलिने मेरा भाषाको एक शब्दको अर्थ गलत रुपमा प्रयोग हुँदा मेरो मन दुख्नु अत्यन्तै जायज र स्वभाबिक् छ । एउटा अर्थ लाग्ने शब्दलाई काल्पनिक अर्थ सोचेर गलत व्याख्या गरिन्छ भने त्यो सिधा भाषामाथिको आक्रमण ठान्दछु । केही शब्दहरु "तम", "मुल्मी", "तामाङ", "ताम्सालिङ", "फोला", "रुइ" र केही तिब्बतियन शब्दहरु त प्रयोगमा ल्याएका छन् तर ती शब्दहरुको काल्पनिक अनुमान लाएर गलत अर्थ लगाएर व्याख्या गरेका छन् । ती शब्दको अर्थ नै थाहा नहुनेले किन गलत व्याख्या लगाएका हुन् ? प्रश्न ढुङ्गेल जिलाई ।

तामाङ शब्दलाई बिगठन गर्दै अनेक अर्थ लाउन समेत भ्याउनुभएछ । तामाङको अर्थ "घोडा ब्यापारी" त "घोडापालक" पो बनाइदिएछन् । तामाङ कोही श्रङ्चङ गम्पोले छोडेको सैनिक थिएन न त घोडा ब्यापारी नै । यस्ता आधारहिन तर्क कुन अर्थमा उजागर गर्न खोज्नुभो, नबुझेको स्थिती । भाषा सिक्नुहुन्छ भने, आउनोस् मसँग तामाङ शब्दकोश तयार पार्ने भाषाबिद छन् । ईतिहास जान्न चाहनुहुन्छ भने, आउनोस् मसँग तामाङ ईतिहासबिद छन् । संस्क्रिती सिक्नुहुन्छ भने, आउनोस् मसँग तामाङ संस्कृतिबिद  छन्। सत्यतथ्य लेख लेख्नु छ भने, आउनोस् म सँग बैज्ञानिक आधारमा अडेर लेख्न सक्ने लेख र लेखक छन् ।

लेखको सन्दर्भमा भन्नुपर्दा:
कुनै पनि लेख लेख्दा वा सम्प्रेशित गर्दा सम्बन्धित ब्यक्ती वा समाजलाई के कस्तो असर पर्छ त्यो ख्यालमा राख्नुपर्दछ । लेख समाजको वास्तविकता उजागर गर्ने खालको तथ्यपरक हुनुपर्छ । लेखमा दर्शन र बिचारलाई ग्रहनयोग्य हुनुपर्छ । अनि लेख्नुको वास्तविक अर्थ स्पस्ट हुन्छ । तर यो "ताम्सालिङ भेटिएन" शिर्शकले भ्रम र मनगढन्ते कुराहरु बाहेक अरु सामान्य ज्ञान पनि दिदैन । मात्र शब्दहरुको लामो थुप्रो झै लाग्छ पढ्नेलाई पनि । बिल्कुल वाइयात र कुतर्क दिएर तामाङ ईतिहास बंग्याउने खालको काम अत्यन्तै घ्रिनित छ । यस खाले भ्रामक लेख लेख्नु भन्दा अघी सम्बन्धित समाज प्रती कस्तो असर पर्छ भन्ने कुरा नसोच्ने कस्तो निक्रिस्ट सोचाइको लाग्यो यी बुद्धिजिवी । उनको न लेखमा कुराको ठेगान थियो न त कसैले बुझ्ने खालका कुरा नै । तामाङहरु हिजोको जस्तो लाटा बुझ्दै नबुझ्ने नठान्नु होला । ईतिहास तामाङको हामीलाई स्पस्ट थाहा छ, तामाङ ईतिहासको बारे लेख लेख्नु छ भने हाम्लाई सोध्नोस् न ।

एक तामाङसँग दुई चार दिन संगत गरेर काल्पनिक ईतिहास लेख्ने सरासर कुचेस्टा भएको छ । दुई चार शब्द जानियो भन्दैमा पुरै संस्कार जानिन्छ, त्यो कदापी सही हुन्न । मैले लिम्बू भाषामा प्रयोग गरिएका केही शब्दहरु जानेँ अरे । मैले जानीँ भनेर के काल्पनिक ईतिहास लेख्नु ? यो त मैले त्यो समुदायप्रती गरेको सरासर अन्याय पो हुन जान्छ । मनगढन्तेको पनि सिमा हुन्छ, सिमा पार गरेर आफू खुब गर्न सक्यो भनेर हिरो बन्न खोज्नु साच्चै लाजमर्दो कुरा हो ।

लेखको सान्दर्भिकता:
तामाङ ईतिहास मेटाउदै एक सस्तो कथाभित्र समेट्न खोजिएको छ । मन्जुश्रिको पालादेखी काठमाण्डौ उपत्यकाको पानी बगाएर बस्ती सुरु गरेको तामाङ जाती प्रतिको यो अबैज्ञानीक गलत व्याख्या पहिचान सहितको सङ्घियताको बिरुद्धमा गम्भिर प्रहार हो । अबैज्ञानिक रुपमा प्रस्तुत गरिएको तर्कहरु केवल फिस्सा हासेर उडाउन मिल्ने खालको छ । अनुसन्धानभन्दा बाहिर रहेर काल्पनिक संसारभित्र आफुलाई पाउदै कलम घुमाउन भ्याएको छ । जुन शब्दलाई तामाङ शब्दमा प्रयोग हुँदा अर्कै अर्थ लाग्छ, त्यसको अर्थलाई काल्पनिक व्याख्या ज्यादा दिएर तामाङ भाषाको बिज्ञ नै ठान्ने गरी आफुलाई प्रस्तुत गरिएको छ ।

कसको कत्ती गल्ती:
हिमाल खबरपत्रिका कुनै पनि समुदाय बिरुद्धमा उभिएर आफ्नो अस्तित्व जोगाउने काममा लाग्नु हुन्न थ्यो । तर गल्ती ठुलो गरेको छ । हिमाल खबर पत्रिकाले यस्ता गलत लेखलाई जनमानसमा ल्याउन हात लम्ब्याएको छ । यसको खारेजी पनि जरुरी देख्दछु । ढुङ्गेल जि मिस्ठ भाषामा डाक्टर उपाधिको शायद घमन्डले हुनसक्छ, राम्रै छाप परोस् या जमाउन कार्यरत देखिन्छ । तर यस्तो वाइयात कुरा काही बोलेको सुनियो भने उनलाई ज्युँदै गाँढिने थियो । घाटी र टाउकोले शरीरको संपर्कमा रहने कुनै मौका नै पाइने थिएन । सिंगो ईतिहासलाई नै सस्तो अलोकप्रिय ईतिहास बनाउदै उनले आफ्नो अन्त्य किन चाडो खोजेको झै लाग्छ । आफ्नो समुदायको बारे प्रश्न तेर्स्याए अलमल्लमा पर्छ शायद,ले अरुको ज्युँदो ईतिहास किन खान खोजिएको गम्भिर प्रश्न यहाँनेर उब्जिन्छ । कि एक तामाङको रिसमा उनले सिंगो तामाङ समुदायलाई गलत देखाउन खोजिएको ।

उनले प्रयोग गरेको भाषाको सन्दर्भमा:
लेखमा वाइयात कुराहरु बढी घुसाएपनि निकै मेहेनत गरी नेपाली व्याकरण मिलाएको पाईन्छ । शायद डाक्टर नामको अगाडि थिएर पनि हुनसक्छ उनको कलालाई थोरै श्रिंगारिएको ।

 के गर्नुपर्छ?
सही कुरालाई बङ्ग्याएर गलत सन्देश दिन खोज्नु आँफैमा सरासर गलत प्रब्रित्ती सहर्श अबलम्बन गर्नु सरह हो । नेपाल तामाङ घेदुङ लगायत अन्य तामाङ संघ संस्था, तामाङ बुद्धिजिवी, पत्रकार, समाजसेवी, समाज शास्त्री, भाषाबिद, संस्कृतिबिद जो जत्ती छन् सबैको संयुक्त प्रहार यस्ता निक्रिस्ट कार्य गर्नेहरुप्रती प्रहार हुनुपर्दछ । यो सिङ्गो तामाङ समाजमाठिकै प्रहार हो। प्रतिकारमा हामी उत्रिनै पर्छ । नत्र आगामी दिनहरुमा यस्ता कार्यहरुले स्थान नलिएला भन्न सकिन्न ।


अन्तमा:
ताम्सालिङको अर्थ नबुझ्नेले ताम्सालिङ भेटिएन भन्ने कुरा गर्दा म आँफैलाई उनिप्रती निकै दया लागेको स्थिती हो । त्यसैले उनलाई तामाङ के हो? तामाङ जातिको ईतिहास के हो ? ताम्सालिङ के हो ? तामाङ शब्दकोशमा कुन शब्दको अर्थ के हुन्छ? भन्ने कुराहरुको एक स्पस्ट क्लास दिनु जरुरी लाग्यो । लेख्न पायो भन्दैमा जे पनि लेख्न पाइन्न । यी भनेका लोकतन्त्र पद्धती भित्र रहेर अलोकतान्त्रिक व्यबहार देखाउनु हो । म ढुङ्गेल जिसँग तामाङको जुनसुकै बिषयमा केन्द्रित रहेर बहस गर्न तयार छु । म जस्तो सिंगो तामाङ ईतिहास दिमागमा अटेको तामाङलाई यस्तो गलत ईतिहास लेखेर झुक्याउन नखोज्नुहोला ।

बिल्कुल मनगढन्ते, र काल्पनिक ईतिहास कसरी लेखियो भन्ने थाहा पाउन कृपया यो लिङ्कमा क्लिक गर्नुहोला ।


प्रस्तुती: मणिकलाल घिसिङ तामाङ

,

2 comments

तामाङ डाजाङका अध्यक्ष बुद्ध योन्जनको प्रतिकृया:
हिमालका लागि प्रतिक्रिया
आदरनिय सम्पादक ज्यु,
हिमाल खबरपत्रिका, मंसीर १६–३० २०६९ मा डा.रमेश ढुङ्गेलको लेख छापेर पढ्न दिनु भएको धन्यवाद । डा. जस्तो व्यक्तिले ढुङगेल जातिको इतिहास लेख्नु भएको भए धेरै राम्रो हुन्थ्यो तर तामाङ जातिको इतिहास लेखेर आफ्नो वजनलाई घटाउनु भयो । किनकि त्यो लेखमा तामाङको इतिहास भन्दा आफ्नो मनको कुरा लेखेको पाए । तामाङ मुर्मि हैनन् तामाङ तामाङ हुन् भिम सम्सेरको पालादेखि तामाङ भएको हैन तामाङ आदिम््कालदेखि तामाङ नै हुन् । इहिासलाई हेर्ने हो भने जर्ज ए. ग्रियर्सन, एच. बि. हज्सन, दोलखा भिमेश्वरको अभिलेख हेरेपनि हुन्छ । यस किसिमको लेखले हाम्रो आस्था माथि चोट लागेको छ । सम्पादक ज्यु तामाङ इतिहास ढुङगेल बाहुनलाई हैन तामाङलाई नै लेखाउदा बेश । बिगतका दिनमा पनि तपाईको पत्रिकाले तामाङ जातिको नकारात्मक पक्षमा कार्टुन छापेर आफै माफि माग्नु परेको थियो त्यो बिर्सनु भएको या तामाङ जातिमा हेर्ने दृष्टिकोण नै त्यस्तो ? प्रष्ट पार्नु होला हैन भने ताम्सालिङका तामाङले हिमाल आगो तापिन्छ ।

बुद्ध योन्जन लामा
लिसंखु, सिन्धुपाल्चोक

Mr Dhungel is one guy to understand how sallow and a clown he is - you need to watch Nepali talk show Fireside with Ramesh Dhungel episode of 16th December 2013 as broadcasted on Kantipur TV. Here he is just a mere joker trying to know everything, when he is just trying to be an expert of such loose logic and understanding. Here i see a problem, how can leading newspaper and its editor let this kind of clown to publish their irrelevant write up, this is the main question!!

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।