स्युक्पा तामाङको प्रतिक्रिया हिमाललाई

डा. ढुङ्गेलसाग प्राज्ञिक नैतिकता छ भने ?
म डा. रमेश ढुङ्गेलको लेख (हिमाल खबरपत्रिका, मंसीर १६–३० २०६९) मा केन्द्रित हुन्छु विशेष गरी तामाङ नाममा । अन्य विषयवस्तुमा म प्रवेश गर्दिन अहिले । तामाङ जातिले जहिले पनि आफ्नो परिचय तामाङ नामबाटै दिने गरेको छ र दिने गर्दथे, मुर्मी नामबाट होइन । तामाङ जातिलाई मुर्मी शब्दको प्रयोग गर्नु शाह–राणा शासक र बेलायती लेखकहरूको कुनियतको अभिव्यक्ति थियो । अरु समुदायले दिएका नाम पनि हुनसक्दछ । वास्तवमा तामाङहरूले मुर्मी शब्द सुनेका पनि छैनन् । यस सम्वन्धमा तपाईकै कार्यालय, सिनासबाटै प्रकाशित ब्रायन वारेनकाम (१९९६) को तामाङ ताम : अ सोसिओलिङ्ग्युस्टिक स्टडी अफ इस्टर्न तामाङ डायलेक्ट (इन नेपाल) हेर्नु भए हुन्छ ।

इतिहासमा तामाङहरूले जहिले पनि र जहाा पनि तामाङ नै भनेका छन्, लेखेका छन् र त्यस्तै लेख्न लगाएका पनि छन् । केही कतै अपवाद हुन सक्तछ । अपवादबाट सिद्धान्त स्थापित हुनसक्दैन । त्यो हामी सबैलाई थाहा भएकै कुरो हो ।

राणाप्रधान मन्त्री भीम शम्सेरले त वि.सं. १९८९ भदौ ६ गते तामाङ नाममा लागेको बन्देजलाई एउटा इस्तिहार मार्फत् हटाएका मात्र हुन् । तामाङलाई जात दिएका होइनन् । डा. ढुङ्गेलले यो इस्तिहार पुन: अध्ययन गर्नु होला । कहिलेकाही लेख्न हतार भएको बेला पढन पनि भुलिन्छ ।

निवेदक जंगबीर तामाङलाई उल्लेख गर्दै उक्त इस्तिहारको दुइ ठाउामा (१) ‘उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा’ र (२) ‘हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराई बक्से हुादो हो’ भन्ने उल्लेख छ । यी वाक्यांशले तामाङहरूले आफुलाई तामाङ नै भन्दा रहेछन् र अन्य समुदायले पो उनीहरूलाई लामाभोटे भन्दा रहेछन् भन्ने प्रष्ट हुन्छ । निवेदक जंगबीर तामाङले प्रष्ट शब्दमा हामीले तामाङ भन्न पाउनु पर्छ, तामाङ लेख्न पाउनु पर्छ भनेका छन् ।

‘हाम्रा नेपाल सरहद गोरखाराज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउादा तामाङ भनी लेख्ने लेखाउने गर्नु’ भन्ने जस्ता वाक्यांशबाट पनि ‘तामाङ जातिले उहिलेदेखि नै तामाङ लेख्दै आएको हो, तामाङ नै लेख्न चाहेको छ, लेख्न दे’ भनेको प्रष्टै छ । निवेदकको उपनाउ ‘तामाङ’ भएबाट पनि प्रष्ट हुन्छ । यस्ता प्रष्ट पदावलीलाई नेपालका वकिलले कानुनको व्याख्या आफ्नो अनुकुलको गरे झै डा. ढुङ्गेलजस्ता नाम चलेका इतिहासकारले पनि आफ्नो प्रतिष्ठामा नै आाच आउने गरी किन त्यस्तो ठोकुवा गरेर तामाङ इतिहासको अपव्याख्या गरेका होलान् ? थाहा नभएर त भन्ने मिल्दैन ।

तामाङ नामको यथेष्ट प्रयोग १९८९ (इ. १९३२) भन्दा अगाडिका अनगिन्ती अभिलेखहरूमा पनि हेर्न पाइन्छ । डा. साहेबले छैन भनेर कहाा हुन्छ र ? नोर्थे (१९२८), रिस्ले (१८९१) आदि विद्वानहरुले तामाङ नाम शब्दको प्रयोग गरेका छन् । अझ अगाडि जाने हो भने जर्ज ए. ग्रियर्सन (१९०९) ले लिङ्ग्वस्टिक सर्वे अफ इन्डियामा पनि भाषावैज्ञानिक उच्चारण अनुरुप ‘तामाङ’ भन्छन् भनेर किटेर लेखेका छन् । अझै अगाडि जान सकिन्छ – एच. बि. हज्सनसम्म । डा. ढुङ्गेल आफै हज्सनविद् हुन् । यसै विषयको सूचीकरणमा उनले लण्डनमा पााच वर्ष बिताएका हुन् । उनले आफ्नो लेखमा धनकृष्ण योन्जनको नाउा लिनु भएकै छ । इ. १८४७ को हज्सन पेपर ‘मुर्मीहरूको कुलाचार’ को पहिलो पृष्ठको दाहिनेतिर तामाङ भाषामा ‘चुनि तमंग रुइ चोपरे’ र मुनितिर नेपाली अनुवाद ‘बाह्र तमंग जात अठार’ लेखेकै छ । नेपालको अभिलेखको सन्दर्भमा हेर्ने हो पनि वि.सं. १८६३ मा स्वयम्भूका थर्ची लामालाई काठमाडौं उपत्यका वरिपरिका १२ घ्याङको अधिकारसहित १८ नाल १२ तामाङको थितिसमेत कायम गर्न पाउने अधिकार प्राप्त भएको अभिलेखमा तामाङ शब्द प्रयोग भएको छ । यस्तै दोलखा भिमेश्वर भण्डारको वि.सं. १८५० को अभिलेखमा जोगिराम तामाङको सन्तानको उल्लेख गर्दा तामाङ नाम शब्द प्रयोग भएको छ ।

यी सबैले तामाङ नामको प्रयोग १९८९ (इ. १९३२) भन्दा धेरै अगाडिदेखि प्रयोग हुादै आएको हो भन्ने प्रमाण होइन र ? यी तामाङ नामको आधिकारिक प्रयोग भएको अभिलेख होइनन् र ? डा. साहेबले भीम शम्सेरको इस्तिहार अगडि सार्दै ‘तामाङ नामको आधिकारिक प्रयोग श्री ३ को भीमशम्सेरको पालादेखि भएको देखिन्छ’ भनेर ठोकुवा गर्नु भएको हो ? अब डा. साहेबको इतिहासको ज्ञानमाथि शंका गर्ने कि कुनियतमाथि ?
एकात्मक राज्यव्यवस्था भएको देशमा आफ्नो घरमा छ भन्दैमा, नेपालमा संघीयता मन पर्दैन भन्दैमा, गणतन्त्र मन पदैन भन्दैमा डा. ढुङ्गेलले जनजातीय इतिहासलाई यसरी ‘फायर’ गर्नु सुहाउाछ र ? सिनास जस्ता संस्थामा कार्यरत् विद्वान्हरूको प्राज्ञिक नैतिकता हुन्न र ? गफको क्रममा एक जना मेरा मैनाली मित्रले भन्नु भएको थियो – ‘नैतिक शिक्षा विषयमा चिट चोरेर पास भएका हुन्छन् हाम्रा राजनीतिक नेताहरू, के को नैतिकता, के को नैतिक शिक्षाको कुरा गर्ने ?’ डा. रमेश ढुङ्गेल पनि त्यसै पथका विद्वान् हुन् कसरी भनुा म ? होइनन् भन्ने आधार पनि त उनले दिएन् नि ?’

उपनिवेशवादीहरूले जहिले पनि र जहाा पनि आदिवासी जनजाति र पाखा लगाइएका समुदायमाथि आफ्नो विचार थोपर्द छन् र सांस्कतिक पहिचानको दमन गर्दछन् भन्ने एउटा सिद्धान्त छ । डा. ढुङ्गेल सोही राष्ट्रिय मुलधारका वर्चश्वशाली जातिका सन्तान हुन् । पहिचान दमनकै लागि हिमाल खबरपत्रिकाले यस्तै १३ ओटा लेख लेख्न लगाएको छ भन्ने कुरा तपाई आफैंले सार्वजनिक गरिसक्नु भएकै हो, एउटा भव्य समारोहमा । हो रहेछ भन्ने प्रमाण ‘भेटिएन ताम्सालिङ’ शीर्षक लेखबाट प्रष्ट भएको छ । दिक्षितहरूको त तीन पुस्ते इतिहास नै त्यस्तो छ । तपाई पनि मुछिनु क्रममा देखियो । अबउप्रान्त डा. साहेबले आफ्नो प्राज्ञिक नैतिकता र प्रतिष्ठामा दाग नलाग्ने गरी आउादो १० ओटा लेख कुनै पनि नेपाली जाति र समुदायको आत्मसम्मानमा चोट नपुग्ने गरी प्राज्ञिक लेख्नु भएमा सबै नेपालीको, सबै समुदायको भलो हुनेछ । नयाा नेपाल बनाउनमा सहयोग पुग्नेछ । नत्र हामीले तपाईलाई राममणि आचार्य दिक्षितको ‘भलो कुराको नमुना’ कै तथाकथित प्राज्ञिक अवतार रहेछन् भनेर ठान्नु पर्ने हुन्छ । प्रभुको जो विचार ।

स्युक्पा तामाङ
काठमाडौं ।
मङ्सिर २६, २०६९ ।

,

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।