बश:यत्ती भए पुग्छ मलाई......


मायाको सुन्दर कोशेली
सबैसँग बाड्न पाइयोस्
मनको दुःखाई पीडाहरु
मनैसँग साट्न पाइयोस् ।

फक्रेका गुराँस जस्तै
फुलेर बाँच्न पाइयोस्
डाँफे–मयुर चरीजस्तै
खुलेर नाच्न पाइयोस् ।

किसानले आफ्नो खेत
जोत्न, खन्न पाइयोस्
स्वाभिमानको साथमा
नेपाली भन्न पाइयोस् ।

सारा हामी नेपालीलाई
एकतामा उन्न पाइयोस्
गरिबले पनि महलको
सपना बुन्न पाइयोस् ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।