पाएको छ राम्रै काम


नेताहरुले भत्ता पचाउन
पाएको छ राम्रै काम
त्यही मौकामा कमाउन
पाएको छ राम्रै दाम ।।

जनताको श्रमलाई सोशी
खान पाएको छ माम
बुद्धिमा राम्रै बिर्को लागी
भएको छ दिमाग जाम ।।

भ्रस्टहरुको नामलिस्टमा
थप्न सफल अर्को नाम
कहिले झुल्किएला खोइ
यिनिहरुको बुद्धिमा घाम !?

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।