पुस्तक एक समिक्षा

ब्रिखेन–सन्चु ब्लोन तामाङ “सकुला”
को–म्हेन्दो के हो त वास्तवमा ?को–म्हेन्दो तामाङहरुको विशेष शुभकार्यहरुमा प्रयोग गरिने अत्यन्तै मुलायम सेतो पवित्र फूल हो । बाहिरी आवरण हेर्दा तरवार वा खुकुरी जस्तो लाग्ने तर आवरण जब पन्छाइन्छ अनि लस्करै झगडा नगरी एकले अर्काको साथ रोजेझैं गरी मिलेर बसेको लाग्छ । कडा खाले कागजको आवरण वा नरम खाले काठको बोक्रा जस्तोले फूललाई सुरक्षित राख्ने भएकोले अपवित्र चिजहरुबाट नछोईएको फूल, तसर्थ शुद्ध वा पवित्र फूल मानिन्छ । ठाउँअनुसार यसलाई फरक नामले बोलाईन्छ “कोको म्हेन्दो”, “को म्हेन्दो” र नेपालीमा “टोटलाको फूल” ।

संग्रहको नाम र यसभित्रको शब्दहरुको सम्बन्ध ःसंग्रहको नाम अत्यन्तै सुन्दर छ । पाठकहरुले नामैबाट यसभित्रको गुदीको स्वादको पुवानुभुती गर्न सक्छन् । को–म्हेन्दोको शुद्धताजस्तै, ब्रिखेनको मनको शुद्धताबाट जन्मेका उत्कृष्ट शब्दहरु कृतिको मूल तत्व मान्न सकिन्छ ।

कृतिभित्र संवोधित मुद्धा अनि विषयहरु ःब्रिखेनमा चेतनाको उच्च उचाई पाउन सकिन्छ । आफ्नो अधिकारप्रति सजग रहन आव्हान, तामाङहरुभित्र रहेका केही रिमठीमका कुराहरु, माया पिरतीका केही सुन्दर प्रसँगहरुलाई अगाडि सारिएको पाइन्छ ।

ह्युल्बादा लुसी चाबारी याप्पा जालिकादे
कुर्सीला लागिरी नागि मामाह्राङ क्राबा क्रालिकादे
थाओन्गो एनिला पेबा ज्योम्बा माबा ना लिकादे
पुख्रिला ह्राङ स्योप पोसी ब्राबा मेफ्रा जालिकादे ।।

ब्रिखेनभित्र चेतनाले राम्रै वास जमाईसकेको अवस्था छ । देशको उच्च ओहदा खोज्ने अनि त्यसको लागि हदै तलसम्म गिर्नेहरुको जमात प्रति ब्यङ्ग प्रहार भएको छ । त्यस्ता गिर्नेहरुप्रति खबरदारीको शब्दहरु यसरी पोखाउनुहुन्छ ः

ब्रन्गो एन्दा दारेम, निजी एनिला ङेबा रेकादे
पालो प्राङबो ह्युल्बाला गा दारेम ख्लागो एकादे
कुर्सिरी पेर्बा बाङ थालाउ स्युइला छिङमाला डिकादे
म्युबा दुई खाजि ह्युल्बादा सिप्सि जाङबा छिकादे ।।

ताम्सालिङ र तामाङहरुको  अधिकारको सवालहरुमा तामाङहरु जुटिसकेका छन् तर अझै केही भने नबुझेर वा अवुझपनको नाटक गरेर सुतिरहेका छन् । ती सुतिरहेका र जुट्न बाँकी तामाङहरुलाई यसरी उठाउन झकझक्याइएको छ ः

रेतोजि दारेम ब्योनदोर्जे
याङला ज्याबा रे बाबारी
यारी बाङ मुबाकादे
नाख्रुरि टाङ मुबाकादे ।।

च्यागो दरेम आरेसाम
दाङबो हेन्से नाङथान्बा
याङ तामाङला वशंदा
दोसिन याङदा नाङथान्ना ।।

अनि ताम्सालिङ के हो त बुझाउने अर्को प्रयासमा यसरी लेख्नुहुन्छ ः
तामाङला सा ताम्साललिङ
याङ्ला म्हेम्हेसे छाबालिङ
तामाङ याङला तामाङ ठिम
तामाङला सा ताम्सालिङ ।।

माया पिरतीको सवालमा ब्रिखेनको मनमा ठूलै हलचल मच्चिएको सहर्स अनुभुत गर्न सकिन्छ । उनको सम्झनामा यसरी आफूलाई प्रस्तुत गर्न रुचाउनुभएको छ ः

चु ल्हुई  थे ल्हुई थारेङ मुसाई
सेम थेन सेम ङामरी मुबा
गङस्योङसे थोईसी थान्साई
सेमला म्हेन्दो छार्वा मुबा

ए थेन ङाला सेमला जेरि
नर्खापाङ सुगो या वा
दुखरी ताइबा ङाला मिख्ली
म्हेन्दो मान्सि थुगो या वा ।।

भौतिक सम्पनताको हिसाबले समाज एक रेखा र दुई समुहमा बाँडिएको छ, एकातिर धनी र अर्कोतिर गरिव । गरिबहरु भौतिक रुपमा आफ्ना चाहनाहरुलाई दिनदहाडै मार्नुपरेको अवस्था छ त्यसमाथि धनी वर्गको अर्को थिचाई उठ्न साह्रै मुस्किल । गरिवको कथा–ब्यथा ः

चुर्से च्यासाई ओर्से च्यासाई
आरेबान आरेबाला व्हाङकादे
तिनी थुम्ला नाङगार थुम्ला विनाविनान
ङोन्छुप खाइमाई आछ्योनी
चुदेरिन सिमीत ताजी म्हाङकादे ।।

समाजका केही संस्कारहरु पुरातन रुपमा सञ्चालित छन्, केहीलाई परिवर्तनको दिशा दिनु जरुरी पनि छ । जुन संस्कारहरुले हामीलाई नराम्रैसँग किल्चिएका पनि छन् ।

बोक्टो ठिमसे नाङबा याङ
याङसे म्हाइबा याङला ताम
किन्बारी अझन छेतोला याङ
म्रातोला याङसे क्रान्तिला ल्हाम ।।

बुद्धको पवित्र जन्मस्थल भनेर चिनिन्छ हाम्रो देश नेपाल अनि त्यही लुम्बिनीको पवित्रतालाई सुन्दर ब्याख्या गरिएको पाइन्छ ः

आहा लुम्विनी लाला ल्हुङ ह्राङबा
कादे जेबा आनीकादेदा वाला गोइले ग्यान्मा
डेन्बा मुला ओम माने सिङसोर हुर्वाह्राङ
ङ्ह्यासि चिबा मुला ह्रोल्मोकादे शान्ति गोन्बान ।।

अन्तमा कृतिको संरचना र समग्रमा कृति ःसरल भाषमा सबैको पहुचमा पुग्नेगरि तयार पारिएको यो कृतिले मुख्यतः परिवर्तणको लागि नै एक स्वर मिलाएको छ । ती अल्छि र सुस्ताएकाहरुप्रति केही ब्यङ्ग पेल्दै जोशिन आव्हान गरिएको पनि पाईन्छ । त्यसैले कृतिले समग्रमा सकरात्मक समाज परिवर्तनको खातिर नै बोलेको छ भनेर मान्न सकिन्छ तर लैंगिक भिन्नता र तामाङ चेलिहरुको सवालमा भने ब्रिखेन केही अस्पष्ट देखिन्छ । विगतका दिनमा जे जस्ता रितिस्थिति थिए, तर त्यो अहिले पाउन सकिन्न । तामाङ समाजमा अरु समाजको भन्दा ठिम परम्परामा निकै भिन्नता पाईन्छ । नारीलाई विशेष संस्कारले दिएको एक शोभनिय चलन मान्न सकिन्छ । विहेपछि पनि आफ्नै माइतको थर रहनेले तामाङ नारीहरुलाई विशेष अधिकार दिएका छन् । उहिले नारीलाई पढाउनै हुन्न अरुको घरमा जानुपर्ने जात भनेर भन्ने गर्नेहरुको जमात खोज्न मुस्किल छ । पुरुषलाई भन्दा नारीलाई विभिन्न अधिकारले सुसर्जित गरिएकोले त्यसर्थमा पनि तामाङ समुदायलाई “नारीप्रधान समुदाय” भनेर नामाङ्करण गर्दा आपति नहोला नै ।

कृति सफलताको लागि ब्रिखेनलाई फेरि पनि हार्दिक शुभकामना ।।
तेबातामाङ डाजाङ
छ्योईकोम्हेन्दो न्हाङला छिगकादे
सर्वाधिकारब्रिखेनरि
कम्प्युटर सेटिङडिएन्डडि, बागबजार
संस्करणगिक्छा ःह्योई ल्हो(२०६८ बैशाख)
प्रति ः५००मुल्य ःरु.५५।–(संस्थागत रु.२००।–)
मुद्रणलुम्विनी प्रिन्टिङ हाउस प्रालि
पुतलीसडक, काठमाडौं ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।