दशैं नै हो कि यो मेरो दशा फर्किआएको


गरिबको रित्तो हातमा
ऋणको भारी थमाईदिन्छ दशैं
ऋणको भारी विसाउन बल्ल खोज्दा
समय रफ्तारले मगाईदिन्छ अर्को दशै
अनि
ऋणमाथि अर्को रिक्तता विसाइदिन्छ दशैं
मित्रताको सुमधुर सम्बन्धमा
तिक्तताको फाँटो कमाईदिन्छ दशैं................।।

रङ्गीविरङ्गी संसार देख्दा
कति मन भुलाउदो हुन्
तर
रङ्गीविरङ्गी संसारसँग साट्न
कहाँ पर्याप्त नगद छ र
त्यसैले पो भन्दा हुन् गरिबले
दशैं नै हो कि यो मेरो दशा फर्किआएको................।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।