मायामा भावनाको स्पर्श हुन्छ 

सम्पूर्ण रुपमा तिमीमै समर्पित भएपछी
यो मुटुलाई तिम्रै मायामा टसाएपछी
तिम्रो व्यबहारप्रती चासो हुने नै भो'
गुनासो पोखाउदा मन दुख्ने नै भो'
गाली गर्छु
सङ्का गर्छु
रिस पोखाउछु
घुर्की लगाउछु
हो तिमीलाई साच्चै आफ्नै ठानेर यी सब गर्छु
हो त्यसैले त अरुलाई भन्दा बढी माया गर्छु ...........||

मायामा भावनाको स्पर्श हुन्छ
त्यसमा प्राप्तिको संघर्श हुन्छ
सङका गर्नु अबिश्वास होइन
घुर्की लगाउनु रिस होइन
यी सब मायालुप्रतिको ख्याल भनी बुझेमात्र
अबिश्वासका पर्खालहरु दुबै मिली तोडेमात्र
प्राप्तिमा वास्तविक खुशीको आभास हुन्छ
हृदयभरी अतृप्त मायाको सहबाश हुन्छ ................||

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।