गजल

मनलाई आफ्नै मनसँग साटेर हेरे
दुख्दा पनि मनले मनलाई ढाटेर हेरे

कहिले दु:खको बरै आउथ्यो भेल,
गुलियोसँगै तिक्ततालाई चाटेर हेरे

सबैमा खुशीको राम्रै साटगाठ देख्थे
मनको खुशी सारा उनिसँगै बाडेर हेरे

खेप्ने आदत परिसक्यो अब मलाई
पीडाको भारी बोकी एक्लै मातेर हेरे

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।