एक्मी इन्जिनियरिङ कलेज

केही शान्ता होला जस्तो
तर अर्को होहल्ला त्यतै
केही बदलाव होला जस्तो
तर ब्यर्थ होहल्ला त्यतै ...........||

एक्मी ग्राउन्ड तातिएको झै लाग्छ
कलेज भवन ठिङ्ग्रिङ्ग उभिन्छन्
 अनि
 सबैको अनुहार चिहाउछन् ...........||

कहिले नेबिसंघको रिसमा
कहिले स्वबियुको रिसमा
कहिले क्रान्तिकारीको रिसमा
भवनले भित्ता घुमाउछन्
क्लासरूम बेन्चटेबल घुमाउछन्
सुन्दर झ्यालले सिसा घुमाउछन् ...........||

हो सबै मौन
मौनतामा मेरा शब्दहरुको चित्कारको ठक्करको आवाज
हो त्यही स्पस्ट आवाज सुनिरहन्छु
ट्वाल्ल परी हेरिरहन्छु ...........||


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।