गजल:

खुशीमा दु:खलाई अन्मायौ किन !!
एउटा गल्तिमै साथ टुटायौ किन !!

विश्वाशमा अडिएको जिन्दगीमा
बिश्वासघातलाई भित्र्यायौ किन !!

धोका दिने तिम्रो लक्ष थियो त
सातै जन्मको कसम खायौ किन !!

मनैबाट अँगाल्न चाहन्थ्यौ भने
मेरो अस्तित्वलाई लत्यायौ किन !!

मनमुटुमै सजाएकै हो तिमीलाई
भित्रभित्रै थाहै नदीई जलायौ किन !!

सहनुको नि आफ्नै सीमा हुन्छ
सहनै गाह्रो पीडा थमायौ किन !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।