गजल:

सभासदले जानाजान लाज पचा'को देखेँ
संबिधान नबनाई चार बर्ष निदा'को देखेँ

 सबैलाई आफु चोखो बन्नमा आतुर यहाँ
 एकले अर्कालाई प्रत्यारोप लगा'को देखेँ

ढुकुटी सिद्धियो, जनताको आश रित्तियो
सङ्गिन बिहानी आउनुअघी टुटा'को देखेँ

 देला-देला गर्दा आउँला-आउँला जस्तो हुने
संबिधान तिनिहरुको जेबमा लुका'को देखेँ 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।