गजल

मेरो हारमा तिम्रो सान्दार जित सम्झी रमाएँ
सुख दु:खलाई जीन्दगिको रित सम्झी रमाएँ

मायामा पनि फेशन भित्रिएछ चालै पाइनँ
क्षनिकमै सही, हाम्रो त्यो प्रीत सम्झी रमाएँ

कसैले बिरहि धुनमा सुनाउदै गुनगुनाउदा
आफ्नै मनको भाका लाग्ने गीत सम्झी रमाएँ

चैते हुरीले नि मेरै मन लुछेर भागीजान्छ
पीडालाई नै निकटको मित सम्झी रमाएँ

सम्बन्धमा घातको दरार उभ्याइदियौ
तिम्रै आगनमा झर्ने शित सम्झी रमाएँ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।