गजल:

मक्खमली चोली लिई आउँला सजाउन तिमीलाई
सजाइएको डोली लिई आउँला चढाउन तिमीलाई

पोङनाङ आइराक साथमा डाङ आस्याङलाई
भरिभराउ सोली लिई आउँला भगाउन तिमीलाई

सप्तरङ्गी भावनामा मनभरिको माया मिसाउदै
मायाको होली लिई आउँला रङ्गाउन तिमीलाई

जन्त सँगै बेहुलाको भेसमा म चिटिक्कै सजिएर
एक टोली लिई आउँला सिंदुर लगाउन तिमीलाई

रिसमा नि लठ्ठै पार्ने मुस्कान साट्न सटाउन
 मिठो बोली लिई आउँला फकाउन तिमीलाई

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।