गजल

संबिधान आउँला कि भन्ने जनताको आश कठै
जनताकै आँखा सामु मृत्त संबिधानको लास कठै

एकात्मक एकल हैकमबादिको अन्त्य खोज्दा
जातजातीको भात्किएको पहिचानको बास कठै

पुरानो ब्यबस्थाको अन्त्यमा उर्लेको जनसागर
त्यही जनसागरको मर्मको यहाँ उपहास कठै

केही पहिले नै फुटिसके, केही फुट्न बाँकी
प्रतिकुल परिस्थिती, अर्को फुटको त्रास कठै

असमानताको खाडल पुरिन्छ भन्थे, पुरिएन
भोकाएका गरीबले खान पा'छैन गाँस कठै

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।