बैद्य उफ्रिएका छन्, गर्जिएका छन्, सुन्यतामा परीनत हुन हो कि?

अहिले बैद्य आफ्नै खाले सिद्धान्त लिएर छुट्टै समुह बनाउने तयारीमा जुटिरहेका छन् । कत्ती सही वा कत्ती गलत भन्ने कुरा बिश्लेशकले बिश्लेशन गर्ने कुरा । तर माओवादीमा साच्चै फुट आएमा आउनसक्ने भयानक खतरापूर्ण द्रिश्यको भने सबैले अनुमान गर्न सकिन्छ । अहिले लाखौं जनताको समर्थन पाउने माओवादी, फुटपछी भने जनतामा निरश आउछन् पक्कै । त्यसर्थ आफ्नो बिचार र समर्थनमा जनता जुराउन कठिन हुनेछन् । जनताले स्वाभाबिक रुपमा फुटेको पार्टिको समर्थनमा आफुलाई होम्याउनु पूर्व सोच्दछन् ।

यस्तै परिस्थितीहरुले माओवादीमा २०५१-५२ पूर्वको माओवादीमा परिनत गर्नेछन् । जुन ठुलो पार्टी हुँ भनेर भन्ने गरेको  सानो पार्टिमा झर्दा माओवादी समर्थकहरु पनि आफुलाई माओवादी भन्न हिच्किचाउछन् । 

के गर्नुपर्छ? 
हजारौ जनतालाई बोलिकै भरमा मर्न मार्न तयार पार्नसक्ने क्षमता भएका प्रचन्डको काधमा ठुलो जिम्मेवारि थपेको छ । पहिले जनतालाई आफ्नो समर्थनमा जुराउन सक्ने मान्छेले अब कार्यकर्तालाई समर्थनमा जुराउनुपर्छ । ठुलो पार्टिको अस्तित्व बचाउन सहमत गराएर वा रजिनामा दिएर वा अरु कुनै उपाय अपनाउन ढिलाई गर्नुहुन्न । उनले अङ्गाल्ने रणनिती हेर्न बाँकी ।

बैद्य कत्ती जिम्मेवार? 
एकै पार्टिमा रहदा फरक मत राख्न पाउनु अधिकारको कुरा हो । तर आफ्नै स्वार्थी र आँफै सर्बेसर्बा ठान्नु र सङ्गठन आफ्नो स्वार्थको लागि प्रयोग गर्नु बिल्कुल गलत हो । उग्र हुनु स्वभाव मानिन्छ, महा उग्रताले भने आफ्नै बिनास निम्त्याउछ जुन पछील्लो बैद्यको व्यबहारमा देख्न सकिन्छ । बैद्यले यसबारे बेलैमा सोच पुर्‍याउनुपर्छ । अहिले गरेको उनको उग्रताले भबिस्यमा आफ्नै बिनास निम्त्याउछ भन्ने कुराको ख्याल गर्नुपर्छ । 

पार्टी फुटे के हुन्छ? 
लाखौं जनता स्व-स्फुर्त रुपमा माओवादीको पक्षमा उभेरै माओवादी आज देशको ठुलो पार्टिको रुपमा उभिएको छ । हजारौले बलिदान दिएका थिए । कसैले चाहेर कसैले नचाहेर प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकै थिए । त्यही जनताको काध टेकी आएका माओवादी फुटे त्यो उपलब्धिको अर्थ के रह्यो र? सर्बाहारा गरीब जनताको आवाज कसले उठाउने भबिस्यमा ? हो जनजाती र सङ्घियताको मुद्धाहरुलाई माओवादीले यो उचाइ दिएको छ, त्यही पार्टिको अस्तित्व नरहे के होला ? सामान्य दिमागले सोच्न भ्याउने कुरा । जब कि एमाले कङ्रेश लगायतका पार्टिहरुले जनताको अधिकार सुनिश्चित गर्न सक्दैनन् भनेर नै माओवादीलाई ठुलो पार्टी बनाए । 

सर्बाहारा गरीब जनता, पिछडिएका जनताहरुको माग सम्बोधन गर्छु भनेर थालेको १२ बर्से जनयुद्ध फुस्सा तुहिदा जनतामा निरश आउनेछन् । माओवादी अर्को १२ बर्ष युद्ध गर्न सबैलाई होम्याउन पनि सक्दैनन् । किनभने युद्ध गरेर आखिर टुट्नु फुट्नु त रहेछ नि भन्ने छाप दिमागमा परिसक्छ । सहिदहरुले गरेको बलिदानको कुनै अर्थ रहन्न भने अर्को सहिद् बन्न तयार हुन्नन् । त्यसपछी एकादेशमा माओवादी भन्ने पार्टी थियो को कथा बन्छ । 

माओवादी आज बैद्यले गर्दा बैद्य पक्षमा छुट्टीएला, भोली बैद्य भित्रै बादल पक्ष निस्केला, बाबुराम पक्ष निस्केला । खन्डखन्डमा बिभाजन हुँदा समर्थकहरु बाडिन्छ । अनि नेपालको राजनीति फेरी अर्को थप कैयौ बर्षसम्म अलमल्लिन्छ । जनतामा निरश आउँदा र आफ्नो अधिकार सुनिश्चित नहुँदा पार्टी र नेताहरुको झोला बोक्न छाड्नेछन् । संबिधान बन्ने टुङ्गो हुन्न । संबिधान नै नभएको देशमा अधिकार खोज्नु जनताले मुर्खता अङ्गाल्नु मानिन्छ । 

एक मित्र जाग्रित रायमाझिले लेखेको गजलमा समेटिएका कुराहरुमा माओवादी ऐक्यबद्धता हुने हो भने माओवादीको अस्तित्व अझै रहन्छ । 
'प्रचन्ड' छलाङ अलमलिनुहुन्न 
'किरण' निस्ठा खलबलिनुहुन्न 

खाचो बिकाशे बेगवान यात्राको 
'बाबुराम' बिद्वता छलबलिनुहुन्न 

बिचार, दृष्‍टिको क्या अनिकाल 
'प्रकाश' प्रस्टता हलबलिनुहुन्न 

बिगबिगी छ शहरमा श्यालहरुको 
'बादल' गर्जन ढल्मलिनुहुन्न 
By Jagrit Raymajhi

अनि के हुन्छ? 
नेपालीले नेपाली हुँ भनेर भन्न पनि लाज लाग्ने दिन आउछ । आफ्नै देशमा आँफै अधिकार बिहिन हुँदा देशप्रतिको माया मोह रहन्न । निम्त्याउने नैराश्यता, नैराश्यता र बिल्कुल नैराश्यता । 

(नोट:माथि पोखाइएका बिचारहरु मेरा बिल्कुल ब्यक्तिगत बिचारहरु हुन् । यसमा सहमत हुने नहुने ब्यक्तिमा भर पर्छ । यहाँहरुको जस्तोसुकै प्रतिकृयाको स्वागत । )

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।