राष्ट्रचिन्ता

बन्दै छन् रे संबिधान "पहिचान रहितको"
झुन्ड तयार हुँदै छन् रे "गुण्डा सहितको"
अनि
फेरि चर्किन्छ
चर्किन्छ र फेरि पुरानै नेपालमा फर्किन्छ
हिजो साथमै हिंड्ने साथी भेट्दा तर्किन्छ
सुमधुर सम्बन्धमा अर्को दरार .................।।

कोही "दिनु हुन्न" भन्छन्
कोही "नलिई हुन्न" भन्छन्
लाग्छ माग्ने उत्तम समय यहीजस्तो
एकलाई उछिन्न अर्कोले माग्छन्
माग पुरा नभए सडक ताक्छन्
अनि बन्द
समस्याको चाङ थुप्रिएर
फोहोरको झै गन्ध
राष्ट्रको चिन्ता गरेजस्तो गरी
टिक्नलाई आश्वासन दिइन्छ भने
क्षनिकमै आश्वासन खिइन्छ भने
टिक्नलाई बिक्नेहरु
मिठा बोली झिक्नेहरु
लघारिन्छन् पक्कै जनताबाट
उम्किने छैनन् आँफैले उनेको सड्यन्त्रका फन्दाबाट ..................... ।।

कोही "थिचिरहन्छ" यहाँ
कोही "किचिरहन्छ" यहाँ
कसैले थिच्ने कसैलाई किच्ने, गर्नुहुन्न अब
नाच्न बाँच्न पाउनुपर्छ, कोही मर्नुहुन्न अब
एक फूलको फूलबारी भन्दा
सबै फुलेको फूलबारी राम्रो
भन्नलाई नि गर्ब होस् न
सबैको साझा नेपाल हाम्रो .................... ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।