तामाङ डाजाङको नियमित ग्योइकाइ गेताङको ११२ औँ श्रिङ्खला


अशोज-२७, काठमाडौं ।
तामाङ डाजाङको नियमित ग्योइकाइ गेताङको ११२ औँ श्रिङ्खला हालै आर.आर. क्याम्पसमा सम्पन्न भएको छ । डाजाङले आफ्नो स्थापना कालदेखी नियमित रुपमा महिनाको अन्तिम शनिबार कार्यक्रम गर्दै आइरहेको छ ।

सो कार्यक्रममा बिभिन्न साहित्यकारहरुले बिभिन्न बिधामा आफ्ना साहित्यिक रचनाहरु बाचन गर्नुभएको थियो । जसमा तेज बहादुर योन्जन(कबिता), कुमार स्याङबा(गजल), मणिकलाल घिसिङ तामाङ(गजल), निरुभक्त वाइबा(कबिता), बिना थिङ तामाङ(कबिता), सत्तल सिंह योन्जन(फाँपरे गीत), चन्द्र बहादुर जिम्बा(कबिता), प्रेमलाल तामाङ(कबिता) आफ्नो प्रस्तुती दिनुभएको थियो । बाचित रचनाहरुमा ताम्सालिङ आवाज, नारी अन्याय गर्नेहरुमाथि खबरदारी, माया पिरती र बिछोडका शब्दहरु, गरीब झुपँडिका ब्यथाहरु, तामाङहरुको संस्कार संस्कृतिका कुराहरु पाइन्थ्यो ।

कार्यक्रम सन्चालन जिम्मा गीतकार तथा साहित्यकार फुलकुमार बम्जनले लिनुभएको थियो । कार्यक्रम समापन तथा धन्यवाद ज्ञापन तामाङ डाजाङका उपाध्यक्ष सन्चू ब्लोनले गर्नुभएको थियो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।