दोहोरी दाजुभाईको:

कुनै बेला गफगाफमा दोहोरी नै चल्ने गर्थ्यो । सोल्टासोल्टिनिसँग गफ चल्नु एक स्वाभाबिक, तर आफ्नै दाजुभाइसँग सोल्टासोल्टिनिको बारेमा कुरा चल्दा भने छुट्टै । केही बर्षअघी लुजर ब्रोसँगको मिठो दोहोरी :
Manik Lal Ghising::
खै किन नपरेको होला मेरो नजर कसैमाथि
कसैको नजर तर परेको पो छ कि मैमाथि ..!!

हेर्नै पर्ने भो अब त, गम्भिर हुनै पर्ने भो
मन पराउने एउटिलाई रोज्नै पर्ने भो ..!!

द. लुजर ::
दुनियाँले आँखा लाइसक्यो
बुढै कन्या भईसक्यो
बेलैमा सोच,
चाङ् खोज भनी आमाले भनिसक्यो ..!!

Manik Lal Ghising::
आमालाई चाङ खोज्दै छु
त्यसैले उनैलाई रोज्दै छु
कुरा मिले त यही मङसिरमै
घरजाम गर्न कम्मर कस्दैछु ...!!

द. लुजर ::
चाउरेको गाला देखेर
जाला नि केटी भागेर
बेलैमा खोल मनको पीर
ताकेर हान मायाको तीर ...!!

Manik Lal Ghising::
बिस्तारै पठाउला मायाको तीर
ब्यर्थै लिन्छौ मनमा नभाको पीर
अलिअली मात्र त चाउरेको हो
मन त आटिलो लाउरेको हो ...!!

द. लुजर ::
जवानी छऊन्जेल लाउरिन्छ
जवानी गयो चाउरिन्छ
राम्री त ताक्ने सोच गर
घरजाम गरी मोज गर ...!!

Manik Lal Ghising::
नआँट्या होइन मैले आँटेकै हो
मायाको डोरी राम्रैसँग बाँटेकै हो
कसरी गाठो फुत्कियो कुन्नी
फेरी कसरी बाँट्ने हो कुन्नी ...!!

द. लुजर ::
मन दुख्यो यो कुरो सुनेर
मनमा कुरा गुनेर
बस्दैछु कान थुनेर
गएछ चरी उडेर
नगर चिन्ता मेरो ब्रो
केटी त हाम्लाई कत्ती हो
हामी राजा घिसिङ
गरिन्छ केटीलाई फिसिङ ...!!

Manik Lal Ghising::
मनकै कुरा गर्नु भो
हजुरले पाइला सर्नु भो
घिसिङ राजाको खान्दनमा
एउटी परी आउने भो
मायाको गीत गाउने भो ...!!

हेर त कोइली पनि गाउदै छन्
चखेवा जोडी माया लाउदै छन्
कत्ती सुन्दर धानका बाला तरेलिमा
सजाउ कि उनलाई आँखाको परेलिमा ...!!

द. लुजर ::
घुम्न जाउला बारेली
झिमािम उनको परेली
कलकत्ता दिल्ली घुम्न जाउँ
हित्तचित्त मिले माया लाउँ
हामीले भनेको माने त
चाङ् बनाएर घर लैजाउँ ...!!

Manik Lal Ghising::
मैले सोच्या' नि त्यस्तै हो
अहिले गर्ने नि यस्तै हो
मिले त खसी काट्ने हो
नपुगे सिङ्गै राँगा ढाल्ने हो ...!!

द. लुजर ::
सगुन पोङमा राखेर
आस्याङ आङि ढोगेर
खसिको साप्रो खाने हो
तीनपानी आइराक खाने हो
ब्रोको साथी बन्ने हो
म त सँगै जाने हो ...!!

Manik Lal Ghising::
ब्रोलाई नि सँगै लाने हो
ब्रोलाई नि साली ल्याउने हो
अनि त दुइटी आउने भो
एक तीर दुई सिकार हुने भो ...!!

बिनाकाम ब्यर्थै हुरीबतास पानि बर्सेको
म हुँदाहुँदै ब्रो किन पो त्यसरी तर्सेको ...!!

द. लुजर ::
त्यही बिच एक सोल्टिनी जसलाई म मोटी भनेर सम्बोधन गर्थे । त्यत्तिखेरको त्यो जिस्क्याइ उनको बुढाले अहिले थाहा पाउने हो भने शायद मैले लजाउनेपर्ने अवस्था हुन्थ्यो होला । बिहे अघी जिस्किन्थे खुब हेहे .
.::
दुइओटा चङ्गा चेट भो
मोटे र मोटिको भेट भो
अब चाँही कुरा मिल्ने भो
जन्ती जान पाउने भो ...!!

Manik Lal Ghising::
यो मोटिलाई नै आटु कि क्या'हो
मायाको डोरी नै बाटु कि क्या'हो ...!!

हाँस्दै पो छ मोटी मख्खै परेरै हो कि
मैले मायाको बिउ मनमा छरेरै हो कि ..!!

द. लुजर ::
सबजना मोटामोटी रैछ
म पो साह्रै पातलो भएछ
लौ अब कुरा मिलाउनु
मिलेर घरबार चलाऊनु ...!!

Manik Lal Ghising::
खुकुरी मात्र होइन सत्रुलाई त तरबार पनि
हेर्दा हेर्दै बन्ने भो मायाको घर दरबार पनि ...!!

चिन्ता त्यत्ती नलिनु ब्रो पनि
मिलाइदिउला नि साली नानी ...!!

द. लुजर ::
लौ ढुक्क अब मो पनि
ब्रोको हुने भो घर पनि
खुकुरी तरबार नबोकौ
सत्रुलाई पनि नठोकौ ...!!

Manik Lal Ghising::
ढुक्क तिमी-हामी दाजुभाइ
नाचौ यही खुशीमा दाजुभाइ
तरबार पनि फालौला
सकेसम्म पालौला
नसके त केही न केही गरौला ...!!

द. लुजर ::
आटेपछी त राम्रै हुन्छ नि ब्रो । अब कम्मर कसेर लाग्नु पर्‍यो नि ब्रो हैन त ?

Manik Lal Ghising::
हेहे त्यो त हो नि ब्रो ।  मैले मात्र आटेर भो त, ब्रो पनि त सिङ्गै बाँकी हुनुहुन्छ त ।

!! इतिश्री समाप्त !!

4 comments

hahaha...bro purano din haru ko yaad dilaunu bhaeko ma dherai dherai thujeche...

ती दिनहरुमा खुबै रमाइला गफैमा पो भुलिन्थ्यौ । सुस्वागत ब्रो ।

hajur ho ni bro...ti ramailo din haru man ma tajai cha bro...

अनि ब्रो लन्डनको चिसो कत्तिको फापी रा'छ त ?

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।