सुजन गोले तामाङ सँगको छोटो भेट ।

साहित्यिक कृतिहरु मार्फत भावनामा बाँधिएका हामी अर्थात सुजन गोले तामाङ जि सँगको पहिलो रमाइलो भेट बसाइ अत्यन्तै रमाइलोमा बित्यो । यद्यपी हाम्रो त्यो पहिलो भेट थियो तर पनि कैयौ पटक भेटिसकेको जस्तो आभास मनमा थियो । निकै सहजता, अनि त्यही सहजतामा हामी आफ्ना कुराहरु साट्न आतुर थियौ । गीत संगीत प्रतिको उहाको लगाव-झुकाव देख्दा ममा पनि निकै प्रेरणा थपेको थियो । भर्खरै बजारमा आएको गीत तथा गजल सङ्ग्रह "सम्बन्ध" र अर्को एल्बम "जून" जसमा उहाको आफ्नो शब्द-रचना समाहित छन्, कोशेलि स्वरुप हात परेको छ ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।