आँखाका नानीभित्र, सजाईदिन्छु तिमीलाई

आँखाका यी नानी मै सजाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई

दिन सुरु रमाईलो मै, आउछौ जब कल्पनिमा
रात झनै प्यारो हुन्छ, आउछौ जब सपनिमा
नदेख्नेगरी मनमुटु मै, लुकाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई

तिम्रै रुपको चर्चा छ, जताततै शहर बजारमा
लाग्छ तिमीमात्र एक विशेष, हजारौ हजारमा
सहमती तिम्रो पाएँ, भगाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई

आँखाका यी नानी मै सजाईदिउला तिमीलाई
संसारका सारा खुशी, मगाईदिउला तिमीलाई


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।