भत्किएको विश्वासको जग अब टेक्न सक्दिन

दुःखको पहाड खसेपछि, भो थेग्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन

भन्थ्यौ तिमीले मनमा सागरै छ मायाको
खोतल्दै जाँदा हात पर्‍यो, अँधेरी छायाको
पीडामा लुटपटिएको मुटुको गीत लेख्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन

सजाईएका सपनाहरुको, माया लागेर आउछ
सपनाहरु थुनेर कैद हुदाँ, मन थाकेर आउछ
बेहुलीको भेषमा अरुसँगै जाँदा रोक्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन

दुःखको पहाड खसेपछि, भो थेग्न सक्दिन
भत्किएको विश्वासको जग भो टेक्न सक्दिन

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।