छाडि जानु थियो त, माया लायौ किन


छाडि जानु थियो त, माया लायौ किन
बाचाकसम सातै जन्मको, खायौ किन

देखिएका घाउ भन्दा, नदेखिएका चोट धेरै
तिम्रो मायामा पाएँ, विश्वासभन्दा खोट धेरै
ओतै नलाग्ने मायाको घर छायौ किन
बाचाकसम सातै जन्मको, खायौ किन

छेवै बसी पिरतीका शब्द ओकल्थ्यौ
यो जुनी केवल तिम्रै भनी टोपल्थ्यौ
माया लाएर अरुसँगै तिमी धायौ किन
बाचाकसम सातै जन्मको, खायौ किन

छाडि जानु थियो त, माया लायौ किन
बाचाकसम सातै जन्मको खायौ किन

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।