गजल

जसलाई आफ्नो भन्थे, उनैलाई आँट्न सकिन
दुनियाँलाई ढाँटे, आफ्नै मनलाई ढाँट्न सकिन

साँचेको थिए सारा माया, केवल उनको लागि
हृदयको माया हृदयमै, उनीसँग साट्न सकिन

कैयन रात कल्पनामा उनको साथमै दौडिहिड्थे
न्यानो अँगालोको स्पर्श, उनीसँग बाड्न सकिन

मुटु भित्र केवल, उनकै तस्बिर अचलअटल
हनुमानले चिरेर देखाए झैं, मुटु फाट्न सकिन

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।