कहालीलाग्दा दिनहरु

कहालीलाग्दा दिनहरु पन्छिन खोज्दै थिए
टुङ्गो नहुँदै अर्को क्रुरताले साथ माग्दै थिए ।।

शरीरलाई कष्ट दिदाँ नि पेट भर्न गाह्रो थियो
मालिकलाई आफ्नो ढुकुटी भर्न हत्तारो थियो ।।

ओल्लो छेउमा सानी नानी भोकले च्याच्या गर्दै थिई
पल्लो छेउमा पचाउन नसकी ओकल्दै फाल्दै थिई ।।



0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।