तामाङ महासंघको नवौ साधारण सभा तथा रामबाबु योन्जनको नयाँ एल्बम "यसपाली" बिमोचन:


असार-२६, काठमाडौं

मणिकलाल घिसिङ तामाङ
तामाङ महासंघको नवौ साधारण सभा तथा रामबाबु योन्जनको नयाँ एल्बम "यसपाली" एक भब्य समारोहका बिच बिमोचन नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न गरियो । उक्त कार्यक्रममा अहिलेका चर्चित तामाङ गायक-गायिका, तामाङ समाजका बिसिस्ट ब्यक्तिव्त्वहरु, संचार कर्मी, धर्मिक गुरु तथा समाजमा बिशेष लागि पर्ने ब्यक्तित्वहरुको उपस्थिती पाइन्थ्यो । कार्यक्रममा अनुमान गरिएको सङ्ख्या भन्दा बढी उपस्थित भैदिनाले बस्ने ठाउँ नहुँदा पछाडिपट्टिको भित्तामा अडेश लाउन वाध्य थिए ।
कार्यक्रम सन्चालन श्याम तामाङ र शान्ति थिङ तामाङले गरेका थिए । कार्यक्रमलाई बिभिन्न चरनमा बाडिएको थियो । पहिलो चरनमा अतिथिहरुलाई आशन ग्रहन र ब्याच बितरन गरिएको थियो । त्यसपछी कार्यक्रमका प्रमुख अतिथी स्थानिय बिकास मन्त्री उर्मिला अर्यालले दियो जलाई उत्घाटन गर्नुभएको थियो । अनि सम्मानित ब्यक्तित्वहरुलाई दही, दहिबाट बनेको सेतो टिका, को म्हेन्दो(टोटलाको फूल)को माला, खादार्पन र तामाङ टोपी पहिर्याइ सम्मान पत्र बितरन गरिएको  थियो ।
एल्बम बिमोचन लगत्तै रामबाबु योन्जनले त्यही एल्बमको एक गीत सुनाउदै दर्शक दिर्गलाई मनोरन्जन दिलाएका थिए । एक प्रती क्यासेट एल्बम सम्मानित अतिथि-ब्यक्तित्वहरुलाई पनि बाडिएको थियो । कार्यक्रम दौरानकै क्रममा विश्व दोङले तामाङ एकतालाई मजबुत बनाइनुपर्छ भन्ने भावनाले ओत्प्रेत भाव समेटिएको गीत "स्याररी केसाइ ह्याङ तामाङ, नुप रि केसाइ ह्याङ तामाङ" सुनाएका थिए । दर्शकको गडगडाहट तालिले साङ्गितिक माहोल नै बनेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी स्थानिय बिकास मन्त्री-उर्मिला अर्यालको ढिलो उपस्थितिले समयमै हुनुपर्ने कार्यक्रम, करिब पौने तीन घण्टापछी सुरु भएको थियो ।
कार्यक्रममा बिभिन्न क्षेत्रमा सकृय रुपमा खटिएका संचार कर्मीहरु शान्ति थिङ तामाङ, लक्ष्मी रुम्बा, शान्ति दोङ, मानव बेचबिखन बिरुद्ध काम गर्दै आएकी चरिमाया तामाङ(२०११ हिरो एक्टिङ टु इन्ड मोडर्न डे स्लेभरी अवार्ड बिजेता), नेपालमा पहिलो पटक पहिलो टेस्टयुब बेबी ओम् मणी तामाङलाई अङ्गाल्ने आमा-छोरा, समाजसेवी इमानसिह योन्जन तामाङ, रविन थिङ, कमल योन्जन, सानु वाइबा, इन्जिनियर कुलमान घिसिङ,  पेमा मोक्तान तामाङ(TYS प्रतिनिधि), तथा कलाकारहरु चन्द्र कुमार दोङ तामाङ, तुलसा वाइबा, रामबाबु योन्जन, शिलबहादुर मोक्तान, कुन्ती मोक्तान, जमुना योन्जन, विश्व दोङ, हिरा दोङ तामाङ, चन्द्रकुमार मोक्तान(लोक सम्राट), चादनि मोक्तान(नायिका), सुनिल लामा, प्रेम लोप्चन,  श्याम तामाङ लगायत अन्य बिसिस्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । प्रमुख अतितिथिको छोटो मन्तब्यपछी पहिलो चरनको कार्यक्रम सकिएको थियो ।
सम्मान कार्यक्रमपछी साङ्गितिक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमको सुरुवात गायिका जमुना योन्जनले आफ्नो सुमधुर गलाबाट सुरुवात गरेका थिए । आवाजसँगै कोही कम्मर हल्लाईको तालमेल मिलाउन ब्यस्त देखिन्थे भने कोही त्यही रमाइला द्रिश्यहरुलाई आफ्नो क्यामेरामा कैद गर्न ब्यस्त देखिन्थे ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।