दशै र तामाङहरुको यसप्रतिको दृष्‍टिकोन:

नेपाली हिन्दुमात्रको महान चाड दशैं, सम्बोधन गरिएकोलाई हामीले आ–आफ्नै तरिकाले भित्र्यायौं र त्यो समयबाट हामी केही पर आईसकेका छौं । कत्तिको घरमा दशैले खुशीयालीको बास बसाए होला, कतिको घरमा  दुःखको भारी विसाए होला । जेहोस् अर्को एक दशैं हामीबाट पार भएको छ । यो लेख दशैंप्रति गलत विचार सम्प्रेशन गर्नको लागि पक्कै होइन न त ती दशैं मनाउनेहरुप्रति ब्यङ्ग नै । तामाङहरुको दशैंप्रतिको धारणा, इतिहासका कुराहरु र केही तथ्यपुरक वास्तविकतालाई उजागर गर्न खोजिएको छु । यसबाट पर्न गएको असरप्रति क्षमायाचना ।

दशैं र तामाङहरुको दशैंप्रतिको धारणाः
दशैप्रति सबैको आ–आफ्नै खाले धारणाहरु छन् । कसैको यसप्रति नैरास्यता र कसैको यसप्रति सम्मान, फरक मनभित्रको फरक विचारले गर्दा अबलम्बन गर्ने तरिकामा फरक आएको हुनसक्छ । 

विगतमा तामाङहरुले दशैंलाई आफ्नै किसिमले बुझेर वा नबुझेर मनाए । दशैंलाई तामाङहरुले “म्हेनिङ” नामले सम्बोधन गरेको पाईन्छ । तर के म्हेनिङ नै दशैं हो त ? नबुझ्नेहरुले यी दुई शब्दावलीको अर्थ एउटै हो भनेर निष्कर्ष निकाल्छन्, जुन विल्कुल गलत हो । म्हेनिङ शब्दले महिना (अशोज)लाई जनाउँदछ, भने दशैंले चाडलाई । म्हेनिङ, जुन समयमा आफ्ना सम्पुर्ण बालीहरु भित्र्याउने र रमाईलोको लागि भनेर तामाङहरुले छुट्याएको हुन्छ । तर त्यही महिनामा दशैं भन्ने चाड पर्दा, म्हेनिङलाई नै दशैं भनेर भ्रमात्मक रुपमा दशैं मनाईरहेको पाईन्छ । 

इतिहासमा तामाङहरुले के कस्ता अवस्थाहरु भोग्नुपरेको थियो, सबैमा ज्ञात भएकै कुरा हो । एकिकरणयता पृथ्वीनारायण शाहले आफुले कब्जा जमाएको ठाउँमा आफू अनुकुल शासन ब्यवस्था लाद्न थालियो । जसले गर्दा नचाहेर पनि जबर्जस्ती दशैं मनाउनै पर्ने अवस्था थियो । जसको प्रभाव आजसम्म आउदासमेत दशैं मनाउनुले देखाउँछ । भनिन्छ, इतिहासमा जुन घरमा दशैंताका बली चढाइन्नँ त्यो घरको सदस्यहरुलाई हदैसम्मको कारवाही गरिन्थ्यो । त्यसैले सक्नेले खसी राँगा काट्नै पर्ने, नसक्नेले कुखुरा भए नि मार्नै पर्ने प्रावधान थियो । 

कसरी थाहा पाउथे कुन घरमा बली चढाए/नचढाएको कुरा ? दशैं मनाईसकेपछि निरिक्षणको लागि राजा-महाराजाहरु र तिनका भरौटेहरु घरघरमा जाने गर्दथ्यो । बली चढाएको प्रमाण देखाउन कुखुरा काट्नले कुखुराको प्वाँख लगायत अन्य चिजलाई ढोकाको माथि पट्टि टाँस्नुपर्ने र खसी वा राँगा काट्नेले दुई हातमा बली चढाएको जनावरको रगत सहितको हातको छाप भित्तामा देख्नेगरि लगाउनुपर्ने । यसखाले अत्यन्तै क्रुरतालाई अबलम्बन गर्दै मनाउन लगाएको इतिहास साक्षी छ । तामाङहरुमा चेतनाको स्तर बढेको अवस्थामा भने दशैंप्रतिको धारणामा परिवर्तन भएको छ र यसलाई पुर्णरुपमा नमनाउने तयारीमा समेत जुटिसकेका छन् । विगतमा दशैंताका भरिभराउ हुने मेरै गाउँमा, आजभोलि सुन्यताको आभास गर्न सकिन्छ । 

तामाङ इतिहास, संस्कार संस्कृतिको पुस्तकहरु भेटे जति सबै जलाइदिए । आफ्नै खाले ब्यवस्थामा रमाईरहेका तामाङ राजा र तामाङहरुलाई बन्दी बनाईए । इतिहासका बहादुर तामाङ योद्धाहरुलाई नोकर–चाकरमा नियुक्ति गरियो अनि सम्पुर्ण अधिकार खोसियो । यहाँसम्म कि सिपाही र सुरक्षाका उच्च पदमा कहिल्यै अवसर दिएनन् । कि त थर नै फेरेर राई, गुरुङ लेखिनुपथ्र्यो कि त जागिरको आशा छोड्नुपथ्र्यो । त्यसैले आफ्नो वास्तविकतालाई सधैं धरापमा राखी आफ्नो जातलाई नै परिवर्तन गरी राई, गुरुङ र अन्य थर लेखेर मात्र सुरक्षा निकायका पदहरुमा आफुलाई सहभागी गर्न पाउने इतिहास जिउदो छ । 

आजको सन्दर्भमा तामाङहरुले भन्न थालिसकेका छन्, जुन इतिहासले हाम्रा सम्पूर्ण अस्तित्व लुट्यो त्यसैलाई बढावा दिएर मनाउने छैनौं दशैं ।


किन दशैंलाई तामाङ लगायत केही अन्य समुदायले मनाईदैन ?
दशै कदापी अहिंसावादीहरुको चाड हुन सक्दैन । दशैताका ती अवोध प्रानीहरुले विनाकारण आफ्नो ज्यान गुमाउनुपर्छ । तथापी सबै प्रानीहरुको दुःख पीडालाई आभास गर्ने एकै मन हुन्छ, तर हामी मानवले आफ्नो रमाईलोको लागि तिनीहरुको शरीरसँगै प्राणलाई सखाप पार्छौ । आफ्नो सिमालाई परै छोडी, तिनीहरुलाई दुःख दिंदा रमाउछौ । यसबाट हामी कतिसम्म निर्दयी रहेछौं भन्ने कुरा सहजै थाहा पाउन सक्छौं । 

एक मगर मित्रसँग दशैकै विषयमा सामान्य छलफल भएको थियो । भन्दै थियो, “के गर्नु यार दशैं नमनाउने भन्दा नि मनाउनै पर्ने वाध्यता छ । सबैको घरमा मासु पाक्दा आफ्नो घरमा नभित्र्याउने कुरै भएन ।” अनि गुनासोमा अर्को गुनासो थप्दै थियो, “दशैको लागि समय पनि गजबकै निकालेको छ । सबै बालीहरु भित्र्याएको अवस्था, फलफुल लटरम्म फलेपछिको अवस्था । दशैंको लागि यस्तो सुहाउदो समय निकाल्ने दिमागलाई चाही मान्नैपर्छ यार । हाम्रो त के छ र त्यस्तो चाड, माघे संक्रान्ति, त्यो पनि एक दिनको चाड । विदा एक दिन, तर आउदा जादा ३ दिन । त्यो पनि अरु खानको लागि हो र, त्यही काँडेभ्याकुर, तरुल–सखरखन्ड खानको लागि । त्यसमाथि जाडोको लगलग कमाई ।” म सुनिरहे, निकै सान्दर्भिक तर्कहरुमा मैले गुनासोको लागि ठाउँ पाउन मुस्किल थियो । 

तामाङले मनाईने दशैंको सन्दर्भमा ः
विगतमा दशैंलाई निकै उत्साहपूर्ण रुपमा मनाईता पनि हाल आएर यसको प्रभाव तामाङहरुमा कम देखिएकै हो । दशैंमा विशेषगरि मासुका परिकार लिने तर देवीदेवताको पूजाआजा चाहि नगर्नुले दशैं मनाएको भनेर भन्न नमिल्ला नै । दशैंमा टिका राख्ने, जमरा राख्ने र अन्य देवीदेवतालाई सम्झेर पुजा गर्नुलाई मूख्य प्राथमिकतामा राखिन्छ तर यी सम्पुर्ण चिजहरुलाई तामाङहरुले दशैंताका गर्दैनन् । मासु खानु वा रक्सी पिउनुलाई दशैं भनिन्छ भने, तामाङहरुले त बाह्रै महिना दशैंलाई मनाइने पो रहेछ । यसर्थमा तामाङहरुले दशैं मनाउने गर्छन् भनेर भन्दा सायद असुहाउदो तर्क नै हुन्छ । 

विदाको सवालमा ः
नेपाली चाडहरुमध्ये सबैभन्दा लामो समयसम्म विदा दिने चाड दशैं नै हो । सरकारी कार्यलयदेखि लिएर सम्पुर्ण निजी अफिस तथा विद्यालय समेत बन्द हुने हुँदा सुनसान छाउनु एक स्वभाविक हो । कम्तिमा पनि १५ दिनसम्म विदा मनाउनुपर्दा जाने ठाउँ नभएर मान्छेहरुको ओइरो आफ्नै गाउँठाउँमा हुनु अस्वभाविक होइन । 

असत्य माथि सत्यको जितको अवसरमा मनाईन्छ भन्दा पनि हामी आफ्नो चाड होइन भन्छौं ः
कहिलेकाही दशैं मनाइन्न भन्दा मनमा प्रश्न उब्जिन्छ । असत्यमाथिको जितमा पो मनाईन्छ त दशैं, के उसो भए हामीले असत्यको पक्षमा उभिएर बोलेका हौं त? प्रश्न उब्जिनु स्वभाविक हो तर प्रश्नको जवाफ निकै सजिलो छ । हामी दशैंको विरोधी होइनौं पक्कै तर यसलाई अबलम्बन गर्ने तरिकाले गर्दा हामीले दशैंलाई आफ्नो भन्न नसकिरहेको अवस्था मात्र हो । कुनैपनि धर्म वा देवी देवताले बली चढाउनु भनेर भनेका छैनन् न त यो कुरा धर्मग्रन्थहरुमा नै लेखिएका छन् । तर मान्छेले यसलाई यस्तो होला है भन्ने आधारमा कल्पना गर्दै संस्कारको रुपमा विकास गरेको पाईन्छ । 


दशैंप्रति मान्छेको नैरास्यता ः
विगतमा दशैंलाई सभ्य र भब्य तरिकाले मनाईने गरिन्थ्यो तर पछिल्लो समयमा आईपुग्दा त्यसमा केही परिवर्तन भएको छ । पहिले दशैं रमाईलो र आफन्तहरुसँग सम्बन्ध गाँढा बनाउन मनाईन्थ्यो भने हाल आएर यसलाई पहुचवाला हुँ भनेर देखाउन मनाईने गरेको पाईन्छ । धनीको घरमा राँगा खसी ढालिन्छ भने गरिवको घरमा चुलोमा आँगो बल्न मुस्किल हुन्छ । अरुलाई देखाउनकै लागि भएपनि अरुसरह अघि बढ्न खोज्दा वर्षदिनको कमाई साहुको ६ महिनाको ऋण तिर्न पुग्दैन अनि अर्को ६ महिनापछि फेरि दशैं दैलोमै आइपुग्छ । साहुलाई महासाहु र गरिबलाई महागरिब बनाउने चाडको रुपमा दशैं विकास हुनु एक नकरात्मक दिशातिर डोहोरिनु हो ।  

दशैंमा फुर्सद हुने हुँदा मान्छेको खाली दिमागमा अनेक खाले कुराहरु खेल्दछन् । जुवाँतास, जाँडरक्सी जस्ता चीजहरुको बढी प्रयोग हुँदा धेरै नभए नि अलिकति विकृति ल्याएकै हुन्छ । होस गुमिसकेको मान्छेले गरिने ब्यबाहारले परिवार तथा छरछिमेकीमा भाडभैलो मच्चिने निश्चित हुन्छ । 

के दशैं हिन्दुमात्रको चाड हो त ?
दशैंलाई हिन्दुमात्रको एक महान चाड भनेर भन्ने गरेको पाइन्छ । के साँच्चै हिन्दुमात्रको महान चाड नै हो त दशैं ? प्रश्न निकै जटिल छ । यसलाई मान्छेहरुले आफ्नै तरिकाले ब्याख्या पनि गर्ने गरिन्छ । मोजमस्ती गर्ने, फरक शरीर तर एउटै आत्मा भएका प्राणीहरुको जिउदै हत्या गरेर रमाउने जस्ता क्रियाकलाप देख्दा लाग्छ दशैं मनाउनेहरु शासकियहरु हुन् । त्यसैले यो हिन्दुहरुको चाड नभएर शासकियहरुको चाड भन्दा अत्युक्ति नहोला नै । सायद हिन्दु र शासक बिचको भिन्नता छुट्याईराख्नुनपर्ला नै । 

भारतीय लेखक रजनीकान्त शास्त्रीले आफ्नो पुस्तकमा हिन्दु शब्दको परिभाषा दिदै भनेका छन् ःहिन्दु हुनका लागि दुईवटा सर्त पुरा हुनुपर्छ, पहिलो–भारतवर्षलाई आफ्नो पुर्वजको मातृभूमि मान्नु र दोश्रो–कुनै पनि भारतीय धर्मको अनुयायी हुनु । यसैबाट प्रष्ट हुन्छ कि हिन्दु धर्म नेपाल र नेपालीको राष्ट्रिय धर्म होइन, वनारसी धर्म हो । नेपालमा भन्दा भारतमा हिन्दुहरुको जमात स्वभाविकैले धेरै छन् । तर भारतमा दशैं भन्ने के हो नै थाहा छैन(यदाकदा फाट्टफुट्ट मनाउने बाहेक) अनि दशैंलाई मनाईने भने कुरै हुन्न किनभने दशैं हिन्दुहरुको चाड हुन सक्तैन । उसो भए  दशै त नेपाली हिन्दुमात्रको मात्र पो चाड रहेछ, यसो भन्दा नसुहाउने पक्कै होइन । 


अन्तमा ः
दशैंलाई समयअनुसार परिमार्जन गर्दै लानुपर्ने देखिन्छ । दशैं सम्पुर्ण नेपालीहरुको चाड जब भन्न मिल्छ तब सबैले दशैलाई आफ्नो भनी मनाउन पाउनेछन्, महसुस गर्न पाउनेछन् । यसभित्रका कुतत्वहरुलाई सर्लक्क निकालेर सभ्य भब्य तरिकाले मनाउने हो भने दशैं हामी सबैको चाड हो भन्न कोही हिच्किने छैन । 

प्रस्तुती ःमणिकलाल घिसिङ तामाङ

10 comments

Tej Rai तेज राई said:
दशैं कस्को चाड हो ? हिन्दूको की नेपालीको ?

मेरो बाजे (जो २००७ सालको क्राँन्तीमा मुक्तीसेनामा आवद्ध हुनु हुन्थ्यो) ले सुनाउनु भए अनुसार राणा शासन कालमा हिन्दू, गैर-हिन्दू सबैको घरमा दशैं मान्नै पर्ने र मार (बली) हान्नै पर्ने उर्दी लगाइन्थ्यो रे । मार हानिसके पछी त्यस्को खुनमा खुट्टा र हात भिजाएर आफ्नो दैलो (ढोका) को दा
ँयाँ-बायाँ पञ्जा र पैतालाको छाप लगाउन अनिवार्य थियो रे । दशैं पछी राणाका सिपाहीँहरु प्रत्येक् घरमा निरिक्षणमा आउँदा यदी यो उर्दी कसैले उल्लंघन् गरेको पाईएमा 'सर्खारको गादी ताकेको' अपराधमा मृत्‍युडण्ड सम्मको सजाय सुनाइन्थ्यो रे ।

२०४७ सालमा निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य सँगै केही स्वतन्त्रताको प्रत्याभुतीले शायद 'दशैं बहिस्कार' अभियान सुरु भयो । त्यही बेला देखि अधिकांस किराती (राई, लिम्बु, याक्खा, सुनुवार)हरुले दशैँको टिका नलगाए पनि लामो छुट्टी हुने भएकोले परिवारमा भेट-घाट हुने र खान्-पान, रमाइलो गर्ने प्रचलन यथावत छ । प्रत्येक् बर्ष दशैंको बेलामा 'दशैंको शुभ कामना' संगै आउने 'दशैं बहिस्कार' अभियानले मेरो मनमा यो प्रश्न खट्किने गर्छ, "दशैं कस्को चाड हो ?"

यदी हिन्दू धर्म मान्नेहरुको हो भने :
नेपालमा मात्रै किन ? जब हिन्दूस्तानमा मानिँदैन (दुर्गा पूजा मात्रै गर्छन् तर टिका लगाउँदैनन) ।
आफ्नो चाडमा बिदा नपाउने गैर-हिन्दूहरुले समेत् किन लामो छुट्टीमा बस्नु पर्ने ?
कुन धर्म शास्त्रमा के प्रसंगमा निधार भरी 'रातो टिका' लगाईनु पर्ने उल्लेखित छ ?
'स्वतन्त्र' भनिन रुचाउने मिडियाले किन अरु धर्मका चाड भन्दा यसलाई बिशेष महत्व दिएर प्रचार-प्रसार गर्छ ?
'दशैं बहिस्कार' को सन्दर्भमा हिन्दू धर्मका पंडितहरुको भनाई के छ ?

यदी नेपालीको राष्ट्रिय चाड हो भने :
राष्ट्रियता सँग के प्रसंगमा कसरी संबन्धित छ ?
ईतिहाँसको कुन घटनाक्रम सँग सम्बद्ध छ ?
कस्ले किन सुरु गरे ? र सुरु गर्नुको औचित्य के ?
के लिगलिग कोटका राजा द्रब्य शाहले गोर्खाका घले राजाको टाउको ठुन्क्याएकै खुशीयालीमा सुरु गरिएको हो त ?
दशैं बहिस्कार' को सन्दर्भमा राष्ट्रिय नेताहरु र सरकारको धारणा के छ ?

दिग्गज मित्रहरुको बिचार पढ्न पाए जिज्ञासा मेटिन्थ्यो की ? अनविज्ञताको लागि माफि चाहन्छु ।

Ram Rai said::
दशैको टिका लगाउनको लागि राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजातिको बंश रामलि हाङ र रिदमा लिम्बुलाई झुण्डाएर हत्या गरेको हो । दशै भारतबाट आयत गरेको चाड हो । के नेपालको भूभागसंग र नेपाल आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि पढनु भएको छ ? काठमाडौ उपत्याक नेवारमाथी विजय गरेको प्रतिक गोरखा दरबारबाट काठमाडौमा फुलपाती भित्राईन्छ । पृथ्वी नारायण शाहको आदेश अनुसार गुरुङहरुले दशैमा अनिवार्य बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाँ र बाँया लगाउन बाध्य बनायो । २४० वर्ष देखि जबरजस्ति लादेको हिन्दुको धर्म, भाषा र सँस्कृतिलाई नेपालका आदिवासी जनजातिहरुले छोडने क्रम बढेकोछ । अहिले तामाङ, राई, लिम्बु, नेवार, थारु, गुरुङ, मगर लगायतले दशै मान्न छाडी सकेकोछन् । तपाई र मैले पनि छोडौ

मुश्लीमले लखेटे पछि नेपाल पसेका वाहुनहरुको हातमा हिन्दुको धार्मिक ग्रन्थ थियो र हाम्रो हातमा जमिन, जल र जंगल थियो र हामी सकेला, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघी मानउद थियौ । अहिले २४० वर्षको हिन्दु शासन पछि हाम्रो हातमा हिन्दुको धार्मिक ग्रन्थ र वाहुनको हातमा हाम्रो जमिन, जंगल र जल छ अनि हामी हाम्रो मौलिक चाडहरु सकेला, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघी छाडेर दशै मनाउन थाल्यौ । हाम्रो पहिचान, भाष, धर्म, सस्कृति आफ्नै आदिथालोमा हराउन थाले ।

Jb Rai said:
शर्मा जी, तपाईले मान्ने राष्टिय चाँड हामीले नमान्दा हामी अनेपाली हुने? त्यो चाँड कुनै पनि समुदायले कुनै पनि कालखण्डबाट शुरूवात गरेको सँस्कृती होस् त्यसमा हाम्रो टाउको दुखाइ होइन। तपाईको चाँड मान्दाको फाइदा र बेफाईदाहरू पनि आफ्नै ठाँउमा छाड्नोस् किनभने सबैका पर्वका धेरै फाइदाहरू हुन सक्दछन् र पशुहत्याको बिरोध पनि यो बेला वा कुनै समुदाय बिशेषले गाई काटेर खाने बेलामा मात्र निकालिने बिषय होइन।

हामी सबै नेपाली समुदायहरूको धेरै पर्वहरू छन् र हाम्रो मूख्य मुद्दा चाँहि राज्यले सबैको पर्वहरूलाई समान दृष्टि र ब्यबहार गर्नु वा सबैको पर्वलाई समान कोष दिइनु पर्दछ, यदि बिदा र कोष नदिई नछाड्ने हो भने।

तर फेरी सबैको पर्वहरूलाई समान बिदाका दिनहरू र समान कोष प्रदान गर्दा बर्षभरि नै बिदा हुने र देशको सम्पूर्ण कोषमध्ये धेरै खर्च हुने हो भने कुनै एउटा समुदायको पर्व लाई मात्र जबरजस्त राष्टिय बनाएर सधैँ गलत तर्कहरू सारेर जस्तै यो चाँड त सबै नेपालीको राष्टिय पो हो वा यो चाँड त मगर जातिको हो, वा कहिले चाँहि किराँत समुदायहरूको पो हो भन्ने नक्कली तर्कहरू घोकाएर साँस्कृतीक दमन गरिरहिन्छ भने त्यसको बिरूद्धमा सबैले बेलैमा कडा भन्दा कडा कदम चाल्नु अत्यावश्यक बुझ्दछु, त्यो कदम भनेको सरकार र तिन्का अनुयायीहरूको साँस्कृतिक दमन बिरूद्ध हुने हो किनभने त्यसमा कुनै आदिबासीहरूको १२ पुस्ता अगाडी पुर्खाहरूको टाउकोहरू मात्र होइन, बाँकि सबै समुदायहरूको सँस्कृतीहरूको टाउको मात्र होइन र अहिले सबै आदिबासी, मुस्लीम, कृश्चियन, बौद्ध इत्यादी समुदायहरूको टेक्ने साँस्कृतिक आधार नै ध्वस्त बनाउन चाहिरहेको छन्।

अनि सामाजीक हिसाबले यसो शुभकामना समेत पनि बाड्न नहुने यदि बाँड्यो भने त्यो शुभकामना बाँड्नेहरूको सँख्यालाई समेत उसको धर्मालम्बीको सँख्यामा लगेर जोडेर ७०% वा ८०% छ भनेर जबरजस्त ठूलो देखाउने - एउटा गलत कार्य रोक्नको सट्टा हज्जार गलत कार्य वा तर्क तेर्साउछन् र त्यो चाँड उसैको भएको कारणले मात्र पो बिरोध गरेको भन्ठान्छन्।

Switch On said:
दशैँ गैरहिन्दु र तल्लोबर्ग तथा दलित हिन्दुको लागि दशा हो । दशैँ आदिवासी-जनजाति बिरुद्धको बिजय उत्सब र तल्लोबर्ग तथा दलित हिन्दुलाई दबाईरहनको लागि बाहुनवादीहरुले सत्ताको बलमा अझै सुनियोजित ढंगले बढाईरहेका छन् ।

Kharrang Hangkhim Rai Bastabma said:
dasai nepaliko mul chad hoina ma yaha lekhna chaje jati nasakula tara 6oto nepalka ghale rajako ghati reteykai khusiyali purbaka ollo kirat majhakirat pallo kirat harulai tahas nahas pardai aafno adhinma pardaiko khusiyali....ho kinaki tes paschat
23 October at 18:52 · Like · 1
Kharrang Hangkhim Rai Sabaile mannai parne hindubadi bahunbadi saasak harule urdi jari gardai dhankutaka 2 daju vai jo 8 pahariya gauka ramli hang&ridamale bahiskar garda 1867ma goli thoke mare diy asto ati tito etihas koreko yo kalo din ho tesaile hami ahinduko hoina..

Birodh Subedi said::
yeslai dharmaik bhanda samajik rupma here kaso hola??uhileka sasak harule gareka daman ka kahani haru ta kahali lagda nai chhan...tara dasaiko sandharbhama chai yo 10 dinko bida lai samajik rupma herera jasari hamile manairakhya chhau tyasarinai aghi bade kaso hola..bhetghat,juwataas(samajik,aarthik asar napugne gari),hasomajak,ramailo garera...Dasaiko suruwat bare ta yekin koi bhanna sakdaina karan yeslai bibhinna kal khndama bibhinna lekhak haru afna dharmik grantha haruma affai hisable bayan garya chhan,anek ghatana sanga jodeka chhan...ABA YO SAMAYEKO BIDA HATAYERA /UBHAULIKO SAMAYEMA 10 DINKO BIDA ANI RATO HOINA SETO TIKA LAGAUNE GARI PARIMARJEET GARIYO BHANE MANYA HUNCHHA TAPAI HARULAI????ma ta marx chintan bata thorai prerit bhako manchhe dharmik rupma kunai chadlai pani herdina chahe tyo junsukai samudayako hos,yesko samajik pravav herda malai chai yesailai banauna thik hola jasto lagya thyo...jaha samma yesko arthik asar chha tyo bhane sochaniya bisaya nai ho..

Kharrang Hangkhim Rai Mr birodh g samajik heraile herneho vane k hami kiratiko chad 6aina k yaha tharu haruko chad 6aina k yaha tamang serpako gurungko chad 6aina kunchai jatiko chad aauda npl sarkharle sarkhari bida deko6 batauna saknu hun6 yo nepal atihindu badi haruko hali.

Kharrang Hangkhim Rai Garne thalo yahaka sojhasajha mulvasi harumathi sadayamtar
Purna tarikale aafno adhinma liyko khusiyali ho tesaile bijay utsab bijay dasami manayka hun.tesaile yo ak jati bisesko namma lakhauko sarkari dhukuti ritauna painna bida pani katauti hunuparda6.

Birodh Subedi said::
yeti materialistik kura garne harule ta sachai chad parwa namanayekai jati hunchha....yo sansarma bhagwan bhetidaina tyasaile bhagwan sanga jodiyeka kunai utsav ko artha ni bhetidaina.....@kharaang hangkhim g Nepal ma birtamode,damak,biratnagar pani chhan kathmandu kina rajdhani wa sanghiyata bhayepachhi pani headquater ta autai hunccha..sabai ga.bi.sa. lai kina headquater nabanaune bhanne prasnako uttar kina awayak ni chhaina.....tyasatai barsai bhari chad parwa hune hamro muluk ma ki ta 365 din harsoullas garnu paryo ki ta 365 din chup chap afnu afnu kaam garnu paryo bhanne khalko bichar tapaiko rahechha yesma mero chintan ali farak chha...kunai auta chad lai samajikaran garera 10-15 din hasau gau khelau....TYASO BHAYE udhauli/ubhauli/loshar/budhha purnima wa aru kunai chad ma garau na ta bhaanu hunchha bhane mero bhanai chha 85% le manaune chadlai samajik nabanayera 6% le manaule chadlai samajik banaunu ko k auchitya???AJHA KO SAMAYA PANI THIK RAHANCHHA PRAKRITILE PANI SATH DINCHHA.BHOLI DAMAKLAI LIMBUWANKO SADARMUKAM BANAUDA TAPLEJUNG,PANCHTHAR,BIRTAMODE.BHOJPUR KA JANATALAI TAPAI HARU J UTTAR DINU HUNCHHA MERO NI TAI UTTAR HO TAPAI HARULAI....uhile ka sasak harule samman nagare pani aba ta harek chadbadma bida hunchha,manaune batabaran banainchha,subhakamanaka sandesh haru auchan sarkarpramukh,rastra pramukh bata,hami sabai subhakamana aadanpradhan garchhau...aba deshka 400-500 chad lai rastriya stharma manauna lai ta sayad ali sasambhav hola ni hoina ra????jaha samma samman saha astitwo ko kura chha tyo ta hunu nai parchha bhaane mero manyata ho...ABA ITIHASKA GHAU KOTYAYERA AILE KHI KAAM CHHAINA...ABA YUWA PUSTALE NAYA DANGA BATA SOCHNU PARCHHA.....DHARMA AFNA THAUMA CHHA...SAMAJ TYO BHANDA MATHI CHHA,TYO BHANDA SUNDAR CHHA...TAPAI RA MA AUTAI SAMAJKA HAU...DASAI MERO HOINA HAMRO SAMAJKO HO...KHAI KUN DHARMAKO HO YO CHAI MAILE SOCHEKO CHHAINA RA SOCHDINA...MA 2 BARSA KO HUDA DEKHI MALAI YAD CHHA MA RATO TIKA LAUTHE MERO LIMBU RA RAI SATHI SETO TIKA LAUTHE THORAI RANGMA FARAK TA THYO TARA HAMRO KHUSI AUTAI THYO,LINGE PINGMA BARABAR JHADKA HANTHYAU...TARA AJA TYO SATHI MATURE BHAYECHHA ALI DHERAI SOCHNE BHAYECHHA,U AJA AUDAINA LINGE PING KHELNA...SAYAD USLE DHARMA KO PARIBHASA KHOJNA THALYO HOLA

Kharrang Hangkhim Rai said:
Subedi g jatiy pahichan sahitko sanghiyta ma sabai 6etra barga jati vasa dharma mahila dalit pi6ada barga muslim kirsan budis je pani jasko pani rajeko harek nikay parakirtik sorot sadhan haruma saman pahuch pugnu ho ta ki ahile ko bahunbadi akatmak chinta

N jasto hoina hami sanghiyta badi je jati 6aw hamro chahana pirthak6 beglai 6 alag6 yo ati hindacd jasto hoina sabai2 ataine khalko hamro parikalpana ho yo samayko mag pani ho tapaile bujhe hun6 aaja nepalmai matra navayra bisokai95%janajati harule aaaafno

Pahichan khoji raheko abasthama churifuri nagarau 21 satabdika janajati to 22se 24se jasto nasocha

रमेश'रोदीत' तामाङ said:
वीजया भन्ने बितिकै एकपक्षले अर्को पक्षमाथी हासील गरिएको विजयको खुशीयालीमा मनाउन शुरु गरिएको पर्व हो 'विजयादशमी' भन्ने स्पस्ट हुन आउँछ।

यस पर्वमा-
रावण र रामको
दुर्गा र मैसासुरको
वा घलेराजा र द्रब्य शाहको मध्ये
जुनसुकै कथा जोडिन आए पनि ती बरबर खुनी हत्याहिँसा र रक्तपात सम्बन्धीत नै थिए भन्ने बुझिन्छ। यसर्थ यसलाई राजनैतिक खुनी पर्व भन्न सकिने ठाउँ मिल्छ।

ती ऐतिहासीक कालखण्डहरुमा हार्ने र जित्ने दुवैपक्षका सन्तान वंशहरु मिलेर बसेको आजको समाजमा विजयादशमी भनेर एकोहोरो हर्ष बड्याँई गरिरहनु भनेको सामाजिक सद्भाव खलबल्याउनु मात्रै हो।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।